2069 @ Kapan, Kathmandu (Photo by: Dad) |
कामले गर्दा प्रायः म घर फिर्न अबेला हुन्छ । विहान ६ बजे घरबाट निस्केपछि
बेलुकाको आठ बजे तिर मात्रै म घर पुग्छु । यहि सेरोफेरोमा हरेक दिन बेलुका
मेरो मोवाइलमा घरबाट फोन आइरहन्छ । बाबु त कति खेर घर आउँछस प्रायः मेरो
आमाले सोध्नुहुन्छ । यो मेरो दैनिकी नै हो । आमालाई पनि थाहा छ । तर पनि
उहाँले दिनहुँ फोन गर्नु हुन्छ । सायद यो नै आमाको माया हो ।
मेरा हरेक अफ्ठयारा समयमा आमाको चिन्ता र चासो बढी नै हुन्छ । यसो भनेर
मैले बुबाले मलाई माया गर्नु हुन्न भन्न खोजेको चै पक्कै पनि होइन ।
उहाँलाई पनि मेरो चिन्ता छ । मेरो पढाई काम अनि उन्नति प्रगतिका बारेमा
बुबाको चासो र चिन्ता रहन्छ । तर आमाको चिन्ता मेरा दैनिकीका हरेक
गतिविधिसँग जोडिएका हुन्छन् । मेरो खानपिन देखि स्वास्थ्य यात्रा
साथीभाईसँग्ाको सम्बन्ध लगायतका गतिविधि आमाले नजिकबाट नियालिरहनु हुन्छ । म
मात्रै होइन परिवारका हामी तीन सन्तान राजेश दा र बैनि सुस्मिताका सवालमा
पनि आमाको चासो समान छ । सदैव यस्तै ममता मिलिरहोस् । म पुर्नः जन्ममा त
विश्वास राख्दिन यदि त्यसो हुन्छ भने सदैव तपाईकै कोखबाट जन्मिन पाउँ यहि
प्रार्थना ।
No comments:
Post a Comment