|
हाई .....हाई ....हाइकिङ.... |
बाँसघारिको ओरालो झरेर सानो खोल्सा हुँदै केहि उकालो चढियो । शिवहरी
बनकाइलाको ठटयौलो गितमा मस्ति मार्दै हरियो जंगलको फेदमा लमतन्न फैलिएको
वस्ति हेर्दै हाम्रो यात्रा जारी थियो ।
हामी हतारका यात्री हौ । त्यसैले हाम्रो यात्रा पूर्व निर्धारित भन्दा पनि
हतारमा तय हुन्छ । यस पटक नयाँ वर्षको कार्यक्रम पनि त्यस्तै भयो । पहिला
त्रिशुलीको -र्याफ्टिङ हाम्रो सेड्युलमा थियो । अचानक त्यो कार्यक्रम पछि
सरयो र घ्याम्पेडाँडा हाइकिङ तय भयो । नयाँ वर्षको दिन १६ जना साथीहरु
हाइकिङ र हल्का ड्राइ पिकनिकका लागि तयार भइयो । साधन हुने साथीहरु साधन
लिएर जाने अरु चै बसबाट भक्तपुरको दधिकोट पुगियो । अनिलको घरमा भाउजु
निर्मला विदेशी मित्र सौगात र अनिलको परिवारको सहृदयी आतित्थ्य सत्कार
पाइयो । उसिनेको आलु छोडाएर इरादा र रजनीको सकि्रयतामा अचार तयार भयो
हाम्रो यात्राका लागि । न्यौपाने परिवारसँग शुभकामना आदान प्रदान गरेर
करिव साँढे आठ बजे हामीले गुण्डु गाविस-३ स्थित घ्याम्पेडाँडाको यात्रा शुरु गर्यौ ।
|
घ्याम्पेडाँडा |
बाँसघारिको ओरालो झरेर सानो खोल्सा हुँदै केहि उकालो चढियो । शिवहरी
बनकाइलाको ठटयौलो गितमा मस्ति मार्दै हरियो जंगलको फेदमा लमतन्न फैलिएको
वस्ति हेर्दै हाम्रो यात्रा जारी थियो । 'पुरै गाउँ घरको झझल्को दियो' मित्र अब्दुल्लाह जन्म थलो गोरखा सम्झिदै थिए । म यात्राको सम्झनाका लागि
दृष्य क्यामरामा कैद गर्दै थिए । बेला बेलामा कन्चनले मलाई सघाइरहेको थियो ।
मुकुन्द इरादा विष्णु अनिता अनि अर्चना आ आफना क्यामरामा तस्विर उर्तादै
थिए ।
भवानी र बनकाइलाको गितमा अनिल र अब्दुल्लाह साथ दिइरहेका थिए ।
उत्तरा तारा निर्मला भाउजु पनि यात्रामा रमाइलो गर्दै थिए । विदेशी साथी
सौगातलाई अर्चना गाइड गर्दै थिइन । करिव ४५ मिनेटको हिडाइ पछि
घ्याम्पेडाँडाको फेदिमा पुग्यौ । उकालोको यात्रा भए पनि जंगलका कारण
गर्मिको खासै महशुस थिएन । हामीले हल्का नास्ता लियौ र उकालो नाप्न थाल्यौ
।
|
हाइकिङमा साथीहरु |
|
उकालो चढ्दै |
कन्चनको स्पिकरमा गित घन्किन थाल्यो । उकालो बाटो भए नि गितको रन्कोमा
साथीहरुले मन थाम्नै सकेनन नाच गान शुरु भो । बाटोका आस पासमा रहेका अमिला
काफल माथि आक्रमण गरियो ।
|
ऐशेलु टिप्दै कंचन |
करिव आधा घण्टा उकालो चढेपछि हामी घ्याम्पेडाँडाको शिखरमा पुग्यौ जहाँ
पाइलटबाबाको आलिसान आश्रम निर्माणको अन्तिम चरणमा रहेछ । काठमाण्डृ र
भक्तपुरको दृष्य क्यामरामा कैद गर्दै हामी अझै माथि रहेको थुम्को चढ्यौ ।
बाटोमा ऐशेलुको स्वाद चाख्ने अवसर पनि मिल्यो ।
थुम्कोमा साचालनमा नआएको
एउटा रिसा्रेट रहेछ । सायद हामी जस्तै घुमन्तेलाई रमाइलो गर्नकै लागि यो
डाँडाँको टुप्पामा यतिको व्यवस्था गरिएको थियो । रिसा्रेटकै एउटा हटमा
हामिले आसन जमायौ । भक्तपुरमा किनेको कुखुराको बार्विक्यू बन्यो । खाजा
खाइयो नाच गान अनि अनगिन्ति फोटो सेसन भयो । साथीहरुलाई रमाइलो गर्ने रहरै
पुगेको थिएन तर घडिको सुइले तीन बजाइ सकेको थियो । त्यसैले हाम्रो यात्रा
फेरी काठमाण्डु मोडियो ।
Looks like you had fun!
ReplyDelete