Showing posts with label Communication. Show all posts
Showing posts with label Communication. Show all posts

Friday, January 3, 2014

संसारका प्रत्येक ठूला शहरमा एक लाईन टेलिफोन हुनेछ...

सन १८७५ मा टेलिफोनको आविष्कार भैसकेपछि चर्चित पत्रिका टेलिग्राफमा पहिलोपल्ट यस सम्बन्धि सम्पादकीय प्रकाशित भएको थियो जसमा सर एड्विन आर्नोल्डले लेखेका थिए... "टेलिफोनको आविष्कारले टाढाटाढाका मानिससमक्ष पनि सन्देश पुर्‍याउन सकिने भएकोले अबका दिनमा मानवजीवन अझै सजिलो बन्दै जानेछ । अहिले यसो भन्दा अपत्यारिलो लाग्न सक्छ तर अब त्यो दिन छिट्टै आउने जब संसारका प्रत्येक ठूला शहरमा एक लाईन टेलिफोन हुनेछ ।"

Friday, November 2, 2012

रेडियो राज (Radio)

(गुणराज लुइँटेलले लेख्नु भएको  यो लेख नागरिक डट कम बाट साभार गरिएको हो ।)

 लोकतन्त्र जनताका लागि जनताद्वारा गरिने जनताको शासन हो भने पत्रकारिता जनताबारे गरिने काम हो। त्यसैले अहिलेको नयाँ मिडियामा जनताको प्रतिनिधित्व हेर्ने प्रयास भइरहेको छ। परम्परागत मिडियाले पनि जनताकै बारेमा लेख्ने वा बोल्ने हो भने नयाँ मिडियाले झन् व्यक्तिलाई समेत बोल्ने मञ्च दिन्छन्। 

परम्परागत हुन् वा नयाँ मिडिया पत्रकारिताको आधारभूत स्वरुप भने उही हो। पत्रकारिताको काम नागरिकलाई जानकार बनाउने हो। त्यो पनि तिनकै बारेमा बोलेर वा लेखेर। माध्यमका बारेमा धेरै अल्मिलिनु भन्दा पनि प्राप्त माध्यमको अधिकतम उपयोग सुसूचनाका लागि हो। फरक यति हो नयाँ माध्यममा जस्तोसुकै सूचना बेरोकतोक जान सक्छ। तर, परम्परागत मिडियाको सुन्दरता भनेको यसको 'गेटकिपिङ'को काम हो। यसले सूचनालाई सार्वजनिक उपभोगका निम्ति पठाउनु अघि त्यसको शुद्धताको परीक्षामात्र गर्दैन त्यो सूचना दिनु हुन्छ वा हुँदैन भन्ने विचारसमेत गर्छ। 

अचेल फेसबुक, टि्वटरजस्ता सामाजिक सञ्जालको चर्चा धेरै छ। तिनले मानवीय सेवादेखि अपराध कर्ममा समेत प्रभाव पार्ने गरेका छन्। हालैमात्र प्रश्नपत्र फेसबुकमा राखेका कारण त्यसका दोषीसम्म पुग्न प्रहरीले सफलता हासिल गरेको थियो। इन्डोनेसियामा गरिएको एउटा अनुसन्धानमा फेसबुकका कारण किशोरकिशोरीले चाँडो बिहा गर्न थालेको तथ्य फेला परेको छ। 
हाम्रो भूभौगोलिक यथार्थ र इन्टरनेटको पहुँचका आधारमा भने अझै यस्ता सामाजिक सञ्जाल प्रभाव सबैतिर पुगिसकेको छैन। रेडियो अझै हाम्रो सूचनाको महत्वपूर्ण माध्यम हो। इन्टरनेटमा इपेपर पढ्नसक्ने क्षमता धेरैको छैन। तर, हामीकहाँ रेडियोमा पढिने समाचार दुर्गम गाउँमा बस्नेका निम्ति समेत सूचनाको राम्रो स्रोत हो।

Thursday, July 12, 2012

छेपारे प्रवृत्ति उन्मुख नेपाली मिडिया [ Media Trend in Nepal]

हिजो तीनै बाबुरामको जयजयकार गरिरहेका संचार माध्याम आज फेरी तीनै बाबुरामको उछित्तो काडिरहेका छन् । र दिनहुँ उनको सरकार इतिहासकै अलोकपि्रय सरकार भन्ने आशायका समाचार समागि्र पस्किरहेका छन् । यो त छेपारे प्रवृति भएन र ?  
नेपालमा विगत एक दशकमा आम संचार र पत्रकारिता क्षेत्रले सोच्दै नसोचेको गति लिएको छ । एउटा संचारकर्मीका नाताले यसबाट म पनि खुसि छु । संख्यात्मक रुपमा मूलधारे संचार माध्यामको यो विकास राम्रो थियो । तर गुणात्मक रुपमा यो विकासले खासै अर्थ राखेन । त्यसैले होला अहिले संचार माध्यामहरुमा आम नागरिकको आस्था र विश्वास दिन प्रतिदिन खस्किदै गइरहेको छ ।
हुन पनि पछिल्लो समयमा नेपाली संचार माध्यामले यस्ता थुप्रै हत्कण्डा देखाए जुन संचार माध्यामको इथिक्सको वर्खिलाप थियो । अनि केहि घटनालाई यति धेरै बढाइ चढाँइ गरे । नेपालीमा एउटा उखान छ नि हेर्नेलाई देख्नेलाई लाज भन्ने । नेपाली मिडियामा यस्ता प्रवृत्तिहरु धेरै पटक दोहोरिय अनि तेहेरिए । यस्ता प्रवृतिको म खुलेरै आलोचना गरिरहन्छु । त्यसैले केहि साथीहरु मलाई पत्रकार भएर पत्रकारकै विरोध गरिरहन्छस भनेर गालि पनि गर्छन । प्रसंग बाबुराम भट्टराई प्रधानमन्त्री नियुक्त भएपछि नेपाली संचार माध्यामले गरेको उनको बखानको हो । 

Tuesday, July 10, 2012

मूलधारे संचार माध्याममा सामाजिक संजालका समाचार [Social Media]

मानिसको आफनो व्यक्तिगत स्वतन्त्रता हुन्छ । तर धेरैको नजरमा पर्ने मानिसले गर्ने व्यक्तिगत कि्रयाकलाप सबैका लागि चासोका विषय बन्छ । प्रचण्ड पुत्र प्रकाशको पछिल्लो हत्कण्डा पनि यसैको उदाहरण बन्यो । घरमा श्रीमती र एक छोरा समेत रहेका उनले अर्काकी श्रीमति भगाए । उनको यो तेश्रो विवाहा थियो । जुन घटनाका बारेमा फेसबुक र टवीटर जस्ता सामाजिक संजालमा निकै बहस भयो । सामाजिक संजालमा हुने यस्ता बहसलाई पछिल्लो समयमा नेपाली मुलधारे संचार माध्यामले समेत प्राथमिकता दिने चलन शुरु भएको छ । सामाजिक संजालका प्र्रयोगकर्ताहरुका लागि यो पक्कै पनि खुसिको कुरा हो ।

Wednesday, May 30, 2012

सावधान ! फेसबुककै कारण जेल परिएला

रोसन पुरी/उज्यालो, काठमाडौं, जेठ १७ - तपाईको फेसबुकलगायत सामाजिक संजालमा कसैलाई अपमानित गरेर कसैले फोटो वा अरु सामग्री ट्याग गरिदिएको छ भने आजै हटाइहाल्नुस् । नत्र अरुले रमाइलोका लागि तपाईको फेसबुकको वालमा ट्याग गरिदिएको फोटो वा सामग्रीका कारण तपाई जेल जानुपर्ने पनि हुन सक्छ ।
पछिल्लो समयमा सामाजिक सञ्जाल मार्फत राजनीतिक दलका नेता, कलाकार लगायतलाई अशिष्ट शव्दमा गाली गलौज गर्ने,  एनिमेसन गरेर बनाइएका फोटो हाल्ने क्रम बढेपछि त्यस्ता व्यक्तिको पहिचान गरी कारवाही गर्ने गोप्य तयारी सरकारले गरेको हो ।
केहि महिनायता राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु र राजनीतिक दलका शीर्ष नेताहरुको फोटो एनिमेशन गरेर अपमानित रुपमा फेसबुक, ट्वीटर मार्फत सार्वजनिक गर्ने क्रम बढेपछि सरकारले त्यसको अनुसन्धान गरिरहेको श्रोतको भनाई छ । त्यस्तै कलाकार, पत्रकारलगायतलाई पनि सामाजिक संजाल मार्फत बेईज्जतीपूर्ण रुपमा टिप्पणी गर्ने र अश्लिल फोटो ट्याग गर्ने प्रवृत्ति बढेपछि त्यसलाई नियन्त्रण गर्ने प्रयास सुरु गरिएको गृह मन्त्रालय श्रोतको भनाई छ ।
सार्वजनिक नैतिकता, शिष्टाचार, सम्मान र सार्वजनिक जीवनयापन विरुद्ध तथा अश्लिता एवं सार्वजनिक जीवनमा कुनैपनि किसिमले अपमानित गर्ने काम विरुद्ध यसअघि उजुरी मार्फत कारवाहीको तयारी गरिएको थियो । तर पछिल्लो समय त्यस्ता घटना अनियन्त्रीत ढंगमा बढेको ठहर गर्दै अनुसन्धान गरी विद्युतीय कारोबार ऐन २०६३ अनुसार कारबाही गर्दै त्यसलाई नियन्त्रण गर्नुपर्ने निश्कर्षमा सरकार पुगेको हो ।