Wednesday, January 27, 2010

विहीबारदेखि दैनिक ११ घण्टा लोडसेडिङ


दैनिक १२ घण्टा भन्दा बढी लोडसेडिङ नबढाउने लक्ष्य लिएपनि पानीको वहावमा कमि आए लोडसेडिङ थप बढ्न सक्ने -अब चै साच्चै नयाँ नेपाल बन्ला जस्तो छ
कान्तिपुर दैनिकका अनुसार नेपाल विद्युत प्राधिकरणले विहीबारदेखि दैनिक ११ घण्टा लोडसेडिङ गर्ने भएको छ । यो सँगै सातामा अब ७७ घण्टा लोडसेडिङ हुनेछ । नदी र जलाशयमा जलस्तर घट्दै गएकाले विद्युत उत्पादनमा कमि आएको भन्दै प्राधिकरणले थप दुई घण्टा लोडसेडिङ बढ्ने जनाएको छ ।

प्राधिकरणले अहिले दैनिक ९ घण्टा लोडसेडिङ गर्दै आएको छ । दैनिक १२ घण्टा भन्दा बढी लोडसेडिङ नबढाउने लक्ष्य लिएपनि पानीको वहावमा कमि आए लोडसेडिङ थप बढ्न सक्ने प्राधिकरण भार सम्प्रेषण केन्द्रका निर्देशक शेरसिंह भाटले जानकारी दिए ।

Friday, January 15, 2010

मेरो पहिलो टेलिभिजन रिपोटिङ

विहान ८ बजेको गाडी छ । त्यसैले विहान अबेरसम्म सुत्ने बानि भएपनि सबेरै उठेको छु । बसाई कपन गाडी पकि्रन पुरानो बसपार्क जानुपर्ने करिव ८ किलोमिटरको दूरी छ । तर सवारी साधन भनेको बेलामा नपाईने समस्या छ । त्यसैले विहन ६ बजे नै उठेको छु ।  
असारको पहिलो साता बर्षाको संकेत विहानै देखि देखिएको छ । सिमसिम पानी अनि धुम्मिएको आकाशले आजको यात्रा रोमााचक हुने छनक दिइरहेको छ । अरनिको राजमार्गमा यस अघि पनि मैले दोलखासम्मको यात्रा गरिसकेको छु । तर रामेछापको यात्रा मेरो लागि पहिलो अनुभव थियो । यात्रामा मेरो साथ दिदैछन सहयात्रि जीवन पाण्डेले । हामी २ जनाको टोलि अनि एउटा मूभि क्यामरा यसको ट्राइपोर्ट र २ थान रुक्स्याक । यात्रा हलुंगो छैन । अझ त्यसमाथि गरीवि सम्वन्धिको विशेष रिपोर्टिंङ ।

जनयुद्धको उदगम थलोमा पुग्दा


जहिले पनि फिल्ड जाने दिन हतार हतारमै हुन्छौ हामी । कहिले डिभी क्यासेट आइपुग्दैन अनि कहिले खर्चको ब्यवस्थापन भइसकेको हुदैन । फिल्डको सबै कार्यक्रम तयार गर्ने देखि अफिस ब्यवस्थापनले गर्नु पर्ने सबै काम पनि आफैले गर्नु पर्छ । त्यसैले कुनै फिल्ड जाने कार्यक्रम छ भने म यस्ता सम्भावित चूनौतिका लागि पहिला नै मानसिक रुपमा तयार भइसकेको हुन्थे । यसपटक रुकुम जिल्ला जानु छ । रुकुम मेरो लागि नितान्तै नयाँ जिल्ला हो । 
 माओवादी जनयुद्धको उद्गम थलो भएकोले मिडियामा धेरै चर्चामा आएको यो जिल्ला जान म निकै उत्सुक छु । म सँगै क्यामरापस्रन डोलेन्द्र कटुवाल यो फिल्ड जाँदैछन । तर यस पटकको यात्राले पनि विगतकै यात्राकै निरन्तरता पायो । हतार हतारमै यो यात्रा शुरु भयो । हामीले हतारको यात्राका क्रममा २ पटक बस छुटाएका छौ । एक पटक कलंकिसम्म पुगेर बस भेट्टायौ । अर्का पटक काठमाण्डौबाट छुटेको हाम्रो बसलाई कन्चनपुरको महेन्द्रनगर पुगेर मात्रै भेट्यौ ।