विहान ८ बजेको गाडी छ । त्यसैले विहान अबेरसम्म सुत्ने बानि भएपनि सबेरै उठेको छु । बसाई कपन गाडी पकि्रन पुरानो बसपार्क जानुपर्ने करिव ८ किलोमिटरको दूरी छ । तर सवारी साधन भनेको बेलामा नपाईने समस्या छ । त्यसैले विहन ६ बजे नै उठेको छु ।
असारको पहिलो साता बर्षाको संकेत विहानै देखि देखिएको छ । सिमसिम पानी अनि धुम्मिएको आकाशले आजको यात्रा रोमााचक हुने छनक दिइरहेको छ । अरनिको राजमार्गमा यस अघि पनि मैले दोलखासम्मको यात्रा गरिसकेको छु । तर रामेछापको यात्रा मेरो लागि पहिलो अनुभव थियो । यात्रामा मेरो साथ दिदैछन सहयात्रि जीवन पाण्डेले । हामी २ जनाको टोलि अनि एउटा मूभि क्यामरा यसको ट्राइपोर्ट र २ थान रुक्स्याक । यात्रा हलुंगो छैन । अझ त्यसमाथि गरीवि सम्वन्धिको विशेष रिपोर्टिंङ ।
मसँग छापा पत्रकारीताको करिव ५ बर्षे अनुभव त छ । तर टेलिभिजन पत्रकारिता मेरो लागि विल्कुलै नयाँ अभ्यास थियो । याहाँ सम्म कि क्यामराको बुम अर्थात माइक कसरी समात्ने भन्ने कुरा पनि मैले पछि मात्रै थाहा पाएको थिए । नेपालमा सिकेर वा पढेर भन्दा पनि गरेर पत्रकारीता गर्नु पर्ने अवस्था थियो । हुन त म पत्रकारीताको विद्यार्थी तर नत मैले टेलिभिजन पत्रकारीता सम्वन्धि विशेष अध्यायन गर्ने अवसर पाए । न त मैले काम गर्ने मिडियाले नै मलाई यस सम्बन्धि विशेष तालिम दिएरै रिपोर्टिंङमा पठायो । त्यसैले काम गर्दै सिक्दै जानुको विकल्प मसँग थिएन । यसले मेरो काममा चुनौति त थप्यो नै तर ती चुनौतिलाई पुरा गर्दा मैले धेरै राम्रा अनुभव पनि हासिल गरे । अरुले भनेको आधारमा काम गर्नु भन्दा यसरी आफैले सिक्दै काम गर्दाको अनुभव साँच्चै रमाइलो थियो । अहिले पनि ती क्षण सम्झिदा म निकै रोमांचित हुन्छु । सहकर्मीहरुसँग पनि यसको ताज अनुभव होला । जानेर र सिकेर गरेको कामको भन्दा आफैले सिक्दै काममा निखार ल्याउदाको अनुभव बर्णन गरिसाध्य छैन ।

टेलिभिजन पत्रकारीताको अभ्यासमा राम्ररी हात नवसिकनै मैले गरीवि निवारण कोषले विभिन्न जिल्लामा साचालन गरेको कार्यक्रमको रिर्पाेटिङ गर्न नेपालका कुना कन्दरा चाहार्नु पर्ने भयो । यसरी नेपाल घुम्न पाउनु मेरा लागि एउटा अवसर त थियो नै त्यो अवसरलाई टेलिभिजन रिपोर्टिंङको जिम्बेबारीले चुनौति थपेको थियो । तर मैले यो चुनौतिलाई स्विकार गरे ।
No comments:
Post a Comment