म जुन रफ्तारमा हिन्दि चलचित्र हेर्छु त्यो रफ्तारमा नेपाली चलचित्र हेर्दिन । त्यसैले मैले भन्नै पर्छ कि म नेपाली चलचित्रको असल दर्शक होइन । हलमा गएर नेपाली फिल्म नहेरेको करिव ६ बर्ष त भयो होला । तर लुट, ब्याच नंम्बर १६ लगायतका कोहि फिल्म घरमै बसेर हेरेको छु । चलचित्र नहेरी त्यसको आलोचना गर्नु गलत हो । त्यसैले नेपाली चलचित्र यस्तो बन्यो उस्तो बन्यो भनेर म आलोचना गर्दिन ।
"म धेरै वर्ष पछि नेपाली फिल्म हलसम्म गएर हेर्दैछु । हाइवेको हल्लाखल्लाले मलाई हलसम्म त तान्यो तर हल्ला अनुसार चलचित्र रहेन छ भने केहि वर्षसम्म फेरी हलमा गएर नेपाली चलचित्र हेरिन्न यो चै टुंगो हो ।"

नागरिक पत्रिकाले हाइवेलाई एउटा राम्रो चलचित्रका रुपमा समिक्षा गर् यो । हाइवे हेरेर मन नपराएका साथीहरुले आरोप लगाए नागरिक त हाइवेको मिडिया पार्टनर हो । त्यसैले यसले सकरात्मक समिक्षा लेख्यो । केहि ब्लग र अनलाईनले हाइवे हल्ला गरे अनुसार नभएको भन्दै बढी हल्ला गरेर फिल्म चलाउने प्रपंच रचेको आरोप लगाए । केहिले हाइवेले प्रचार प्रसारको राम्रो तरिका अपनाएको भन्दै ब्यंग्य पनि गरे ।
यी सबै समिक्षा र सामाजिक संजालमा देखिएका कमेन्ट हेर्दा लाग्छ कि हाइवेका बारेमा कोहि निकै बढाई चढाई गरिरहेका छन अनि कोहि चाहि निकै बायस भएका छन् । एउटा आम दर्शकका नाताले त्यो फिल्मको व्यालेन्स समिक्षा पढ्नै पाइएन । आखिर फिल्म चै बनेको छ कस्तो अब यो कुरा पत्तालगाउनकै लागि पनि एक पटक हाइवे हेर्न हलसम्म त पुग्नै पर्ने भयो । म धेरै वर्ष पछि नेपाली फिल्म हलसम्म गएर हेर्दैछु । हाइवेको हल्लाखल्लाले मलाई हलसम्म त तान्यो तर हल्ला अनुसार चलचित्र रहेन छ भने केहि वर्षसम्म फेरी हलमा गएर नेपाली चलचित्र हेरिन्न यो चै टुंगो हो ।
I think you should write a top-down, neutral review.
ReplyDelete:)