शिवानीका धेरैजसो ट्वीट राजनीतिक र सामाजिक कुरीतिसँग जोडिएका हुन्छन्, त्यसमा 'ह्युमर' (हास्य) भन्दा पनि आक्रोश, असन्तुष्टि र विरोधभाव बढी देखिन्छ। उनको बुझाइ छ, "समाज र व्यवस्थाप्रति मानिसमा धेरै आक्रोश छ। कसैले त्यो विषय उठाइदेओस् र ताली पिट्न पाइयोस् भन्ने सोच्छन् उनीहरू।" सायद त्यसैले पनि हो, धेरै नसोची लेखिएका ट्वीटले बढी प्रतिक्रिया पाइरहेका हुन्छन्। सकारात्मक कुरा उठान गरिएका विषय भने त्यति धेरै बहसमा नआउने उनको अनुभव छ। आगामी वर्ष उपन्यास निकाल्ने गृहकार्यमा रहेकी उनी ट्वीटरमा आएपछि लेख्ने कलाको पनि विकास भएको अनुभव सुनाउँछिन्। भन्छिन्, "गणितीय रूपमा शब्दलाई खेलाउन ट्वीटरबाट सिकिरहेकी छु।"
सोसल मिडियामा के लोकपि्रय बन्छ भन्ने कुरा व्यक्तिको शैली, समूहदेखि लिएर कुन सन्दर्भमा कस्ता विषयको उठान गरिएको छ भन्ने कुराले समेत अर्थ राख्छ। जस्तो: पत्रकार लेनिन बन्जाडेले उद्योगपति विनोद चौधरीलाई अमेरिकी म्यागेजिन फोब्र्सले डलर अर्बपतिको सूचीमा पारेको सन्दर्भमा अरब मुलुकहरूमा पसिना बगाउने नेपालीसँग जोडेर ट्वीटेका थिए, 'नेपालमा एउटा होइन, हजारौँ अर्बपति छन्, जो हरेक दिन पेटको राँको बोकेर कतार एयरवेज चढ्छन् र वर्षभरि अरबको तातो ओछ्यानमा सुत्छन्।' यही भनाइलाई रि-ट्वीट र फेवरेट्स गरेर दुई सयभन्दा बढीले रुचाएनन् मात्र, चौधरीलाई बधाई दिन व्यस्त ट्वीटर टाइम लाइनमा त्यसको अर्को पक्षबारे पनि बहस सुरु भयो।
त्यसो त पाँच हजार व्यक्तिले पछ्याइरहेका लेनिन ह्युमरस ट्वीट गर्नेमा चिनिन्छन्। मूल घर दाङ भएका उनका ट्वीटमा औपचारकिभन्दा पनि गाउँघरतिरको भाषिक शैलीको झल्को पाइन्छ। झन्डै चार वर्षअघि नै उनले ट्वीटर एकाउन्ट खोले पनि त्यसले खासै तान्न नसकेपछि उनी अर्को लोकपि्रय सामाजिक सञ्जाल फेसबुकमै रमाइरहेका थिए। तर, गत वर्ष उनले घरबेटीसम्बन्धी ट्वीट सिरजि के थालेका थिए, उनलाई सोसल मिडियामा लोकपि्रय हुन धेरै बेर लागेन। डेरावाल मध्यमवर्गीय जमात ठूलो रहेको र लेनिनले त्यससम्बन्धी ट्वीट गर्दा सायद धेरैले आफ्नै पीरमर्का बोलिदिएको सोचे। घरबेटी ट्वीट शृंखला अन्तर्गत उनको एउटा ट्वीट यस्तो थियो, 'काठमाडौँका ९० प्रतिशत घरबेटी आफू डेरावाल हुँदाको पीडा बिर्सन्छन्। उनीहरूलाई लाग्छ, दुःख-कष्ट उनीहरूले मात्र बेहोरेका छन्, हामी हनिमुन मनाउन आएका हौँ।' कहिले उनले काठमाडौँका घरबेटीलाई शनिग्रहबाट आएका एलियनसँग जोडे त कहिले डेरावाललाई भुटानी शरणार्थीभन्दा बढी पीडामा रहेको विम्ब बनाए।
अन्तरक्रियात्मक शैलीमा ट्वीट गर्ने लेनिनको बुझाइमा ट्वीटमा आउने विचारका भाषा मौलिक वा भिन्न होलान् तर परिवेश र सन्दर्भ यही समाजबाटै लिने हो। "धेरैको मर्म समेटिने विषय समातियो भने त्यो हिट भइहाल्छ। विषय जेहोस्, धेरै मानिसको सेन्टिमेन्ट समात्ने न हो," उनी थप्छन्, "परिवेश मिल्यो भने ट्वीटरमा लेखिएका कुरा कहाँसम्म फैलिरहेको हुन्छ भन्ने हामीले कल्पनासम्म गरेका हुँदैनौँ।"
चाहे त्यो आक्रोश होस् या व्यंग्य, सोसल मिडियामा धेरै चर्चा आयो वा प्रभाव देखियो भने 'भर्चुअल' (मित्थ्या) नै सही, सम्बन्धित निकायले समेत आफूमाथि दबाब आइपरेको सोच्छन्। फेसबुकमा 'हाँस्नुपर्ने कारण धेरै छन्' शृंखला अन्तर्गत स्ट्याटस लेखेर चर्चित बनेका बीबीसी साझा सवालका कार्यक्रम उत्पादक दीपक भट्टराईसँग त्यस्तै अनुभव छ। सरकारले मेसिन रिडेबल पासपोर्ट (एमआरपी) बाँड्न थालेपछि काठमाडौँको केन्द्रीय राहदानी विभागअगाडि अव्यवस्थित भीड मात्र बढेन, त्यो क्षेत्र निकै फोहरसमेत बन्यो। दीपकले त्यसबारे स्ट्याटस लेखे, 'कस्तो साला सरकार ! देशमा रोजगारी दिन्नस्, विदेशमा काम गर्न जान चाहिने पासपोर्ट काठमाडाँैबाट मात्र बाँड्छस्। पासपोर्ट लिन मन्त्रालयमा बिहान ४ बजेदेखि लाइनमा बस्नुपर्छ। न मन्त्रालय, न नगरपालिका कसैले त्यहाँ शौचालय बनाउँछन्। नारायणहिटी भित्तामा मन नलागी नलागी पिसाब फेर्नुपर्छ। अहिले अरू केही काम नपाएपछि मन्त्रालयको भित्तामा भगवान्का फोटो टाँस्छन् र भगवान्लाई पिसाब खुवाउँछन्।' त्यसको प्रभावले हो/होइन, दीपकलाई थाहा त छैन। तर, एक सातामै त्यहाँ नगरपालिकाले घुम्ती शौचालय लगेर राख्यो।
गम्भीरभन्दा गम्भीर विषयलाई व्यंग्यात्मक रूपमा प्रस्तुत गर्ने उनको शैली यतिधेरै फैलियो कि वास्तविक जीवनमा भेट्दा समेत मानिसहरू दीपक गम्भीर हुनै सक्दैनन् जसरी प्रस्तुत हुन थाले, जुन उनी रुचाउँछन् पनि। काठमाडौँको एक प्रतिष्ठित प्रकाशन गृहले त उनका फेसबुक स्ट्याटसको संग्रह नै निकाल्ने प्रस्ताव राखेको थियो। जसमा केही समय उनले काम त गरे तर पछि त्यसरी संग्रहमै जान ठीक ठानेनन्। बरू कलिटाइम्सडटकम नामको वेबसाइट खोलेर त्यसमा ती स्ट्याटसहरू संग्रह गरेका छन्। टुँडिखेलमा एमाले अध्यक्ष झलनाथ खनालले दूरबिन नै नखोली हेरेपछि उनले तस्बिरसँगै स्ट्याटस लेखेका थिए, 'त्यसै झल्लु हुन कहाँ पाइन्छ र ?' उनका स्ट्याटस रमाइला लाग्नुमा विषयवस्तु र व्यंग्य मात्र कारण होइन, त्यसमा प्रयोग हुने गण्डकी र धवलागिरिमा बोलिने भाषाशैली पनि हो। उनले अपलोड गर्ने तस्बिरसमेत उस्तै व्यंग्यजडित हुन्छन्।
"सुरुसुरुमा हावादारी गफदेखि राजनीतिक बहससम्म गरियो," आकार सुनाउँछन्, "तर, अहिले मेरा थुप्रै फलोअर्स आईटी क्षेत्रका छन्, मैले अन्य विधामा धेरै ट्वीट गर्नु भनेको उनीहरूप्रतिको अपमान हो।" उनले ट्वीटर प्रोफाइलमा सोसल मिडिया, टेक, स्टार्टअप, नेपालजस्ता विषयमा ट्वीट गर्छु भनेर उल्लेख गरेका छन्। उनलाई प्रविधि क्षेत्रका थुप्रै चर्चित व्यक्ति (केही भेरिफाइड एकाउन्ट भएकाले पनि) फलो गरेका छन्। इन्टरनेटमा पाइरेसीसम्बन्धी अमेरिकी संसद्मा प्रस्तुत विधयेक (सोपा)बारे विश्वभर चर्चा हुँदा सोपा र पिपा ह्यासट्यागमा उनले 'गुगलले आफ्ना प्रयोगकर्तालाई वेबमाथि सेन्सर नलगाउन कंग्रेसलाई आग्रह गर्न भनेको छ' भनेर एउटा लिंकसहितको ट्वीट गर्दा त्यो समय र उनको फलोअर्सको ट्युनिङ् यसरी मिल्यो कि १ हजार १ सयभन्दा बढीले त्यसलाई रि-ट्वीट गरेका थिए। ट्वीटरका विभिन्न चरणमा त्यसलाई बहुमुखी रूपबाट प्रयोग गरेकाले अहिले उनको व्यावसायिक जीवनसमेत यसैसँग जोडिएको छ। उनी क्राउड-सोर्सिङ् कम्पनी क्लाउड फ्याक्ट्रीमा सोसल मिडियामा कम्पनीको अवस्था अनुगमन गर्छन्।
राजनीति, देशप्रेमजस्ता विषय सोसल मिडियामा बढी बिकाउ विषय हुन्। तर, सविना कार्कीको हकमा भने त्यो लागू हुँदैन। उनका प्रेम जोडिएका स्ट्याटसलाई मन पराएर फेसबुकमा फ्यान बन्नेहरूको संख्या मात्र ८५ हजार पुगिसकेको छ। कान्तिपुर एफएममा रेडियो कार्यक्रम 'द ह्युमन फेस' चलाउँदा उनका एक जना सहकर्मीले एक हजार त कसो नपुग्लान् भनेर रहरै रहरमा पेज खोलिदिएका थिए। तर, उनको अर्को लोकपि्रय कार्यक्रम 'यो माया भन्ने चीजै यस्तै हो'का फ्यानहरू त्यतातिर ओइरनि थाले। त्यसपछि ती फ्यानले उक्त पेजको एडमिन सविनालाई नै जिम्मा लगाए। उनले नसोचेको तरकिाबाट त्यसपछि पत्रहरू हुलाकबाट नभई फेसबुकमा आउन थाले। एकतर्फी रेडियो कार्यक्रमलाई त्यही फेसबुकले दोहोरो बनाइदियो। सविना भन्छिन्, "यता रेडियोमा लाइभ भइरहँदा उता फेसबुकमा त्यसको चर्चा भइरहन्छ।" सबैभन्दा धेरै फ्यान बढ्ने भनेको बिहीबार कार्यक्रम भइरहँदा हो। सुरुसुरुमा फेसबुकमा उनलाई लभगुरु जसरी प्रेमका समस्या समाधान गर्न भन्दै म्यासेजका ओइरो लाग्न थाले, जुन सम्हालिनसक्नु भए। अहिले उनी पेजमा स्ट्याटस मात्र पोख्छिन्। कहिलेकाहीँ यति धेरै कमेन्ट आउँछन् कि ती सबै पढ्न पनि भ्याउँदिनन्।
उनले लेखेका सामान्यभन्दा सामान्य कुरामा पनि एक हजारभन्दा बढी लाइक्स र कमेन्ट आउँछन्। लाग्छ, उनी एउटा राम्रो ब्रान्ड बनिसकेकी छन्। यतिसम्म कि, सविनाले आफ्नो वालमा नमस्ते गरेको आफ्नो तस्बिरसहित अभिवादनको अर्थबारे लेखेको एउटा स्ट्याटसमा आठ हजारभन्दा बढी लाइक्स छन्। उनले 'शिक्षा नेपाल अभियान'का लागि नेपालका दुर्गम भेगमा स्कुले विद्यार्थीलाई बाँड्न सचित्र पुस्तक सहयोग गर्न आग्रह गरेर एउटा स्ट्याटस के लेखेकी थिइन्, एक सातामै १० हजार पुस्तक जम्मा भए। उनको प्रभाव जान्ने अर्को संकेत के पनि हो भने त्यही प्रभाव देखेका थुप्रै कम्पनी, ब्रान्ड वा कार्यक्रम आयोजकले आफ्नाबारे केही लेखिदिन उनलाई दिनहुँ इमेल गरेर वा भेटेरै आग्रह गर्छन्। भन्छिन्, "मलाई पछ्याउनेहरूलाई प्रयोग गरेर म त्यसरी व्यावसायिक हुन त्यति रुचाउँदिनँ। तर, सामाजिक उद्देश्यका काममा भने सक्दो सहयोग गर्छु।"
सामाजिक उद्देश्यकै लागि आफ्नो फेसबुक प्रोफाइल सबैभन्दा राम्ररी प्रयोग गर्नेमा पर्छन् बीबीसी नेपाली सेवाका प्रमुख रवीन्द्र मिश्र। दुई वर्षअघि एकाउन्टलाई पेजमा रूपान्तरण गरेका रवीन्द्रले आफ्नो १० करोड रुपियाँको परोपकारी अक्षय कोष बनाउने अभियानलाई फेसबुकमार्फत नै अगाडि बढाइरहेका छन्। उनले फेसबुकमार्फत रकम संकलनका लागि आह्वान गर्नेदेखि सहयोग गर्ने हरेक व्यक्तिलाई धन्यवाद दिने र देश-विदेशमा नेपालका लागि भएका परोपकारी अभियानका उदाहरण बाँड्ने गरेका छन्। उनका झन्डै ६४ हजार फेसबुक फ्यान छन् भने पोस्टहरू धेरै सेयर हुनेमध्ये पर्छन्। यसले के छनक दिन्छ भने उनका फ्यानहरू सक्रिय फेसबुक प्रयोगकर्ता छन्।
त्यसो त ट्वीटरमा ट्वीटरबाटै संगठित युवाको पहलमा ट्वीट फर कज -टीएफसी) अभियान बन्यो। जसले अनाथ र निःसहाय बालबालिकालाई सहयोग जुटाउने गर्छ। टीएफसीका सक्रिय सदस्य न्यौपाने थप्छन्, "यस्ता अभियानका छुट्टै ट्वीटर ह्यान्डल भए पनि आखिर त्यसलाई सक्रिय बनाउने व्यक्तिगत ह्यान्डलबाटै हो।" सोसल मिडियालाई नजिकबाट नियाल्नेहरू सोसल मिडियाको सहायताले ठूला अभियान वा आन्दोलन गर्नुपरे त्यसको नेतृत्वकर्ता थाहा नहुनु आन्दोलनको सफलताका लागि हितकर हुने ठान्छन्। यद्यपि, सामाजिक उद्देश्यका कार्यक्रमका हकमा भने सोसल मिडियाका प्रभावशाली व्यक्तिको भूमिकाले सकारात्मक भूमिका ल्याउन सक्छ। जस्तो ः एक जना सञ्चारकर्मीले क्यान्सर रोगबाट थलिएका नेपाली डाक्टर चित्रप्रसाद वाग्लेको उपचारका लागि फेसबुकमार्फत सहयोग अपिल गर्दा तीन सातामा कम्तीमा १५ लाख रुपियाँ सहयोग जुट्यो। यसरी नै सोसल मिडियाबाट सेवाकर्म गर्दै आइरहेकी र यसबाटै सकारात्मक छवि बनाएकी कास्की, लुम्लेकी सरिता गुरुङ भन्छिन् "सामाजिक सञ्जालका साइटलाई रमाइलोसँगै सदुपयोग गर्न पनि जानियो भने धेरै व्यक्ति लाभान्वित हुन्छन् ।" यति हुँदाहुँदै पनि भर्चुअल दुनियाँमा ताली, गाली, क्रिया-प्रतिक्रिया, भावना र अनुभव-अनुभूतिको अलग्गै खालको परिदृश्य अनुभूत गर्न सकिन्छ। दिनप्रतिदिन थपिँदै गएका नयाँ ट्वीटर र फेसबुक एकाउन्टहरूमाझ आफूलाई अरूभन्दा फरक र विशिष्ट देखाउनु अनि उनीहरूलाई आफूतर्फ आकषिर्त गर्नु मामुली कुरा भने होइन।
प्रभावशालीहरू
ट्वीटर फलोअर्ससहित
प्रबल गुरुङ: १,११,८३७
@prabalgurung
भूपेन्द्र खनाल: ५३,७००
@leplan
बाबुराम भट्टराई: ३८,५५७
@brb_laaldhwoj
मनीषा कोइराला: ३१,८७८
@mkoirala
दीप शेरचन: २२,०६२
@bexdeep
रवीन्द्र मिश्र: १९,५२९
@MishraRabindra
लक्ष्मी खतिवडा: १८,१०८
@lkhatiwada
नारायण वाग्ले: १६,४६९
@narayanwagle
गगन थापा: १६,३६२
@thapagk
मञ्जुश्री थापा: १०,१८८
@manjushreethapa
फेसबुक फ्यान संख्यासहित
हरिवंश आचार्य: २,८१,८३२
hari.bamsha.acharya
यम बुद्ध: १,९०,५३४
YamaBuddhaOfficial
माल्भिका सुब्बा: १,७८,५७९
malvikasubba
नम्रता श्रेष्ठ: १,७४,९१३
namratashrestha.org
राजेश हमाल: ९३,३८०
RAJESH-HAMAL
सविना कार्की: ८३,७६२
Sabeena-Karki
गगन थापा: ८१,७७२
Gagan-Thapa
प्रबल गुरुङ: ७५,०९३
PrabalGurung
रवीन्द्र मिश्र: ६३,५५९
rabindramishra.nepal
बाबुराम भट्टराई: २८,६३१
DrBaburamBhattarai
राजनीतिक नेता पनि यता
ट्वीटरमा बढेको छ। उता सद्भावना पार्टी अध्यक्ष सरिता गिरी ट्वीटरमा पछिल्लो समय निकै सक्रिय हुँदै विशेष गरी राष्ट्रियता र मधेस जोडिएका विषयमा धेरै युवासँग अन्तरक्रिया नै गर्छिन्। उनको ट्वीट संख्या मात्रै तीन हजारभन्दा बढी छ। छोटो समयमै उनका झन्डै ६ हजार ५ सय नाघिसकेको फलोअर्स संख्याले पनि उनको लोकपि्रयताको एउटा राम्रो छनक दिन्छ।
कांग्रेस नेता गगन थापाको फेसबुकमा थुप्रै एकाउन्ट छन्। ट्वीटर भने उनी आफैँले चलाउँछन्, जसमा उनलाई पछ्याउनेहरू १६ हजारभन्दा बढी छन्। तर, त्यसको तुलनामा उनको ट्वीट संख्या र गुणस्तर भने निकै कमजोर छ। एमालेका रवीन्द्र अधिकारीको फेसबुक एकाउन्ट तुलनात्मक रूपमा केही बढी व्यवस्थित भए पनि ट्वीटरमा भने कमजोर उपस्थिति छ। त्यसैगरी नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले त आफ्नो पेज लोकपि्रय बनाउन फेसबुकलाई रकम तिरेरै विज्ञापन गराएका छन्।
सोसल मिडिया के हो ?
ट्वीटरका रहस्यमयी आइकन
ट्वीटरमा युसाफ्टलाई चिन्नेहरू धेरै छन्। कोही उनीसँग बहस गर्न रुचाउँछन् त कोही उनका कुरा मन पराउँदै रि-ट्वीट गर्छन्। उनले लेख्ने धेरैजसो विषयबारे पनि उनलाई पछ्याउनेहरू जानकार नै हुन्छन्। इन्टरनेटमा सर्च सफ्टवेरको सहायताले हेर्दा उनका ट्वीटमा नेपाल, माओवादी, समाज, स्वतन्त्रता, मिडिया र व्यापार शब्द बढी जोडिन्छन्। खासमा युसाफ्ट को हुन्, कसैलाई थाहा छैन। कसैले पत्रकार त कसैले नागरकि अधिकारकर्मी त कसैले विदेशमा कतै पढिरहेका विद्यार्थी होलान् भन्ने लख काट्छन्।
"आफ्नो विचारसँग आफू नजोडिएको हुँदा आफूले सोच्नेभन्दा फरक विचारहरू पनि प्रवाहित गर्न पाइन्छ र अरूको प्रतिक्रिया जाँच्न पाइन्छ," नेपालसँगको इमेल वार्तामा उनी छद्मभेषी भएर ट्वीट्नुको कारण भन्छन्, "यसरी प्रस्तुत हुँदा सामान्यजसरी हुने व्यक्तिगत आक्रमण र गालीहरूको बचाउमा समय खर्च गररिहनु पर्दैन।"
विचार व्यक्त गर्दा पनि भौतिक खतरा रहने गरेकाले छद्मभेषी रूप रुचाएको उनको तर्क छ। भन्छन्, "सुरक्षाको खतरा यहाँ अझै छ किनभने नेपालमा हिंसालाई लक्ष्य प्राप्तिको सबैभन्दा राम्रो उपाय मान्ने जमात ठूलो र सर्वशक्तिशाली छ। उसले भविष्यमा कुनै पनि समय आफ्नो अनुकूलता मिलेको समयमा विचार मन नपर्नेहरूमाथि भौतिक कारबाहीको पुनरावृत्ति गर्न सक्छ।"
हालै उनले 'यो ट्वीटर खाता छिट्टै बन्द हुँदै छ' भनेर एउटा ट्वीट गर्दा उनलाई त्यसो नगर्न भन्दै केही बेर बहस नै चलेको थियो। उनले त्यसो गर्नुमा आफैँसँग धेरैपटक 'के म अति गररिहेको त छैन ?', 'के यो आवश्यक छ ?' जस्ता प्रश्नमाझ घेरएिको आफ्नो ब्लगमा लेखेका छन्। सायद छद्मभेषी भएकै कारण हुन सक्छ उनी लेख्दा कुनै सीमामा बाँधिएका हुँदैनन्।
'सोसल मिडियाको शक्ति अन्तरक्रिया’
- दीप शेरचन
सह-संस्थापक, सिम्प्लिफाई ३६०
को हुन् सोसल मिडिया सेलिबि्रटी ?
वास्तविक जीवनमा विभिन्न विधामा अगाडि वा प्रभावशाली भएर सेलिबि्रटी हुन्छन्। तर, सोसल मिडियामा धेरै क्षमता नभईकन पनि थुप्रै मानिसलाई विभिन्न तरिकाले आफूतिर आकषिर्त गरेर र अन्तरक्रिया गर्न सक्नेहरू सेलिबि्रटी बन्छन्। जस्तो: कुनै विषयमा व्यवस्थित रूपमा सूचनाहरू वा मौलिक दृष्टिकोण र शैलीमार्फत सेलिबि्रटी बन्न सकिन्छ। किनभने, सोसल मिडियाको शक्ति भनेकै अन्तरक्रियामा निर्भर हुन्छ।
कसरी बनिन्छ सेलिबि्रटी ?
यसको धेरैजसो उत्तरचाहिँ वास्तविक जीवनमा सेलिबि्रटी बन्न मिहिनेत परेझैँ नै हुन्छ। चालू राजनीतिक घटनामा पक्ष वा विपक्षमा आफ्नो तर्क दिँदा मानिसहरू आकषिर्त हुन्छन्, जसलाई लामो समय आकषिर्त गर्न सकियो भने भइहाल्यो। अर्कोतर्फ दैवी विपत्तिका बेला, आतंकवादी घटनाका बेला वा सामान्य रूपमा नै किन नहोस्, एउटा क्षेत्र समातेर त्यसबारे जानकारी दिन पनि सकिन्छ। यी सबै भईकन पनि आफ्नो विषयप्रतिको लगाव, निरन्तरता र इमानदारी भएन भने उसको सेलिबि्रटी स्ट्याटस लामो समयसम्म रहँदैन।
सोसल मिडिया सेलिबि्रटीलाई व्यक्तिगत फाइदा के हुन्छ त ?
भारतकै अनुभवलाई हेर्ने हो भने ठूल्ठूला ब्रान्ड वा कम्पनीले आफ्ना उत्पादन सुरु गर्दा आमसञ्चारलाई जत्तिकै सोसल मिडियाका सेलिबि्रटीलाई पनि निम्त्याउँछन्। राजनीतिक विचारदेखि फिल्म प्रचार-प्रसारसम्ममा उनीहरूको भूमिका हेरन्िछ। किनभने, उनीहरूको ट्वीट, स्ट्याटस वा ब्लगको प्रभाव ठूलो हुन्छ। तर, त्यसो भन्दैमा सेलिबि्रटी स्वयंले आफ्नो ब्रान्ड भ्यालुसमेत बिग्रन सक्नेमा सचेत हुनुपर्छ, जसका लागि उसले आफैँ विभिन्न शैली अपनाउन सक्छ।
सोसल मिडियामा कस्ता कुरा छिट्टै फैलिएको पाउनुहुन्छ ?
जुनकुनै देशमा राजनीति नै प्रमुख बिकाउ विषय हो। त्यसबाहेक धर्म, दैनिक अर्थतन्त्र, मनोरञ्जन बढी लोकपि्रय छन्।
सेलिबि्रटी केमा चनाखो हुनुपर्छ ?
सोसल मिडिया भनेकै ठूलो समूहमा सूचनाको आदानप्रदान हो। त्यसैले सबैभन्दा मुख्य कुरा उसमार्फत गलत सूचना बजारमा जानु भएन। जस्तो: अमेरिकाको बोस्टनमा भएको बम विस्फोटमा त्यहाँका प्रभावशाली केही सोसल मिडियाकर्मीले हचुवाका भरमा बोलिदिँदा केही कसूर नभएका व्यक्तिसमेत पक्राउ परेका थिए।
युट्युबमा नेपाली मन
उक्त च्यानलमा झन्डै एक सयवटा भिडियो छन्, जसमा उनले आफैँले विभिन्न नेपाली सेलिबि्रटीसँग गरेका गफगाफदेखि लिएर म्युजिक भिडियो एवं फिल्मका ट्रेलरसम्म राखेका छन्। नेपाली फिल्म र मनोरञ्जन क्षेत्रका फ्यान उनले पछिल्लोपटक नेपाल आउँदा आफ्नो च्यानलका लागि 'लेक्स इन नेपाल' शृंखलामा ६ वटा भिडियो राखेका थिए।
उनले सबैभन्दा प्रसिद्धि बटुलेको चाहिँ सन् २००८/९ ताका हो, जतिखेर उनले बुद्धको जन्मस्थलबारे बलिउड फिल्म चाँदनी चोक टू चाइनाले गरेको दुष्प्रचारदेखि अभिनेत्री नम्रता श्रेष्ठको यौन भिडियो काण्डबारे बहस चलाएका थिए। त्यससँगै बढेको प्रसिद्धिका कारण उनी त्यसपछि झन् सक्रिय भएर लागे। उनको युट्युब च्यानलको उच्च ट्राफिक रेटकै कारण थुप्रै विषयमा नेपालीहरू सोही च्यानलमार्फत आउन खोज्छन्। गायक कुमार कान्छाको उपचारका लागि समेत उनको च्यानलले अभियान चलाएको थियो। भन्छन्, "मैले युट्युब च्यानल सुरु गर्दा धेरै कम नेपालीले युट्युबमा च्यानल बनाएका थिए, जसले गर्दा मेरो च्यानल चर्चित भयो।" अहिले कुनै नेपालीको व्यक्तिगत युट्युब च्यानल त्यतिधेरै चर्चित छ भने त्यो लेक्सकै हो।
ट्वीट डिक्सनरी
ट्वीट गर्ने सक्रिय समूहबीच अन्तरक्रिया हुँदा प्रयोग हुने केही शब्द र अर्थ:
ड्याम्नु: डाइरेक्ट मेसेज गर्नु ।
ट्वीट्नु: ट्वीट गर्नु । स्ट्याटस लेख्नु ।
लिंक्नु - प्रकाशित सामग्रीको लिङ्क सेयर गर्नु ।
फल्नु/अन्फल्नु: कसैलाई फलो गर्नु/अनफलो गर्नु ।
ब्लक्नु: कसैलाई ब्लक गर्नु ।
फुनाउनु: फोन गर्नु ।
बतासे हान्नु: मेन्सन नगरी कुनै फलोअरलाई जवाफ दिनु वा उसका विषयमा टिप्पणी गर्नु ।
(आवरणसहित तस्बिरहरू: रवि मानन्धर)
यो लेख कान्तिपुर मिडिया ग्रुपको नेपाल साप्ताहिकको आवरणबाट साभार गरिएको हो
No comments:
Post a Comment