Friday, August 31, 2012

Why Nepal?


Surasak Mahasukon
"He told me it was a must for him to visit Nepal before he died because he had dreams of good dreams that he was born a Nepalese in his past life! And that was 8 years ago !"
Lots of people whom I know were so much surprised when I told them I was planning to visit Nepal for a month. After that, hundreds of questions were plunging in: Where on earth is it exactly? What is the weather like there? Is it a developed country? What do most people do for a living? What type of food do people eat? What language do they speak? Aren’t you afraid of Maoist? Will you be so sure that you are safe enough to travel in that country? And many more. Frankly speaking, I told them I just didn’t have any clue, but one thing I was so sure of – I believed in people. So I thought I would be alright during my trip there. And I was absolutely right. 

Tuesday, August 28, 2012

यात्रा ३१ घण्टाको [The Journey of 31 hour]

बाख्रा फर्ममाँ हाम्रा साथिहरू 
"हिलाम्य पहिरन हिलाम्य बाइक र केहि थकित शरिर तर एउटा फरक र रमाइलो अनुभव समेटेर मध्यान्ह १२ बजे हाम्रो टोली गोदाम झर्यो ।" 

यात्रा भनेको सायद हतार हतारमै तय हुन्छ । अरुको सवालमा त थाहा छैन तर मेरो र मेरा केहि साथीहरुको सवालमा चै यो कुरा लागु हुन्छ । खासगरी साथीहरुसँग मैले जति पनि यात्रा गरेको छु ती सबै नै हतार हतार र विना तयारी गरिएका छन् । यस पटक पनि त्यहि कुराले निरन्तरता पायो । २०६९ को नयाँ वर्षमा घ्याम्पे डाँडा हाइकिङ गएपछि साथीहरुसँग कतै गइएको थिएन । भदौ ९ गते शुक्रवार विहान १० बजे कन्चनको म्यासेज आएपछि योजना बन्यो ।

Monday, August 20, 2012

नाममा के छैन ?

यो संसारमा नाम विनाको केहि छ मलाई त सम्झना छैन ।               तपाईलाई थाहा छ ?
नामको कुरा गर्दा विगत एक महिना देखि म कृषि क्षेत्रलाई जनाउने एउटा राम्रो नामको खोजीमा छु । मनमा आएका जति नाम टिपोट गरियो साथीहरुबाट सल्लाह लिइयो । सामाजिक संजालमा नाम सुल्झाउन साथीहरुलाई अनुरोध गरियो । केहि साथीहरुले सुझाव पनि दिएका हुन तर ती कुनै नाम खोजेको जस्तो भएनन् । केहि नाम मन परेका थिए तर पनि चाहेको कामका लागि त्यो नाम राख्न मिलेन । 

राम्रो शब्दको छनौट अर्थपूर्ण र केहि पृथक सायद धेरैले नाम खोज्दा यस्तै कुरालाई ध्यान दिन्छन् । सायद मैले पनि यहि कुरालाई ध्यान दिन्छु । तर अहिले अलि र्झरो  र परम्परागत शब्दको खोजी गर्दैछु म । एक महिना वित्यो तर अहिलेसम्म त्यो नाम जुरेको छैन ।

Monday, August 6, 2012

युवासंघको गाइजात्रा

विहानै विद्यालय जाने नानीहरु आज दाईहरुले जात्रा देखाए पछि
११ बजे विद्यालय जाने तयारी गर्दै रानीपाखरी अगाडी
राजनीतिक दल जनता प्रति उतरदायि हुन्छन् । नेताहरु जनता प्रति वफादार हुन्छन् तब न मूलुकले प्रगति गर्छ । तर जुन देशका राजनीतिक दल र नेताहरुले नैतिकता पोलेर खाइसकेका छन् । त्यस्ता नेताहरुबाट जनता सींगो मूलुकले के अपेक्षा गर्ने । केहि दिन अघि गाइजात्रा महोत्सव मनाएको राजधानी अहिले हास्यकलाकारको सप्ताहव्यापि जात्रा हेरेर हाँसिरहेका छन् । फेरी एमालेको युवा संघले अर्को  जात्रा शुरु गरेको छ आइतवार देखि । तर यो गाइजात्राले राजधानीवासिलाई हसाएन बरु रुवाएको छ ।
विहान ६ देखि १० बजेसम्मको सावारी साधन बन्द गर्ने कार्यक्रमले विद्यालयमा पठनपाठन संचालन गर्न समस्या परेको छ । जसलेगर्दा यी बालबालिकाले विद्यालय जान पाएनन ।

Sunday, August 5, 2012

काठमाण्डौ कि जलमाण्डौ ?

करिव आधाघण्टा पानी पर्दा काठमाण्डौका सडक पुरै जलमग्न हुन्छन् । जमल पुतलिसडक माइतिघर लगायतका सडकले खोलाको रुप लिन्छन् । सडकमा सवारी कम चल्छन् । चलेका सवारी पानी खाएर सडकमै अलपत्र पर्छन । बटुवा हातमा जुत्ता चप्पल बोकेर गन्तब्य तिर लम्किन्छन् । साउन २१ गते आइतवार  आधाघण्टा पानी पर्दा राजधानी शहरका सडक यस्तो  देखियो । 
पुतलिसडकमा जलमग्न सडकमा बाइक कुदाउदै 



Tuesday, July 31, 2012

यातयात व्यवस्था कार्यालयको सास्ति

मिती २०६९ साउन १५ गते सोमवार

स्थानः यातयात व्यवस्था कार्यालय
समयः मध्यान्ह १२: ३० बजे 


सावरीकर तिर्ने र लाइसेन्सको नविकरण गर्ने वेला भइसकेको थियो । फुस्रद नमिलेर तिर्न जान भ्याएकै होइन । यी दुवै कामका लागि माथि उल्लेखित मितीमा साइत जुर्यो । साथी आर। आर। को पनि लाइसेन्स नविकरण गर्ने बेला भइसकेको रहेछ । दुबैजनाले सल्लाह गरेर यातयात व्यवस्था विभाग हिडियो । यातयात व्यवस्था विभागमा हुने अनियमितता र ढिलासुस्तिका बारेमा केहि जानकार हुँदा हुँदै पनि हामी त्याहाँ मध्यान्ह  १२: ३० बजे मात्रै त्याहाँ पुग्यौ । पार्किङमा मोटरसाइकल रोक्नासाथ दलालले हामीलाई घेरे । ल दाई के काम गर्ने हो मिलाएर गरिदिन्छौं प्रायः सबैदलालहरु यस्तै अफर दिइरहेका थिए । हामी उनीहरुका कुरा सुनेको नसुनै गरि यातयात बेबस्था कार्यालय भित्र छिर्यौ । साँढे एक बजेसम्म मात्रै लाइसेन्सको नविकरण हुने रहेछ । हामीले दलाल नलगाई काम गर्ने निधो गर् यौ । आर. आर. जीलाई फारम बुझाउने लाईनमा राखेर म फारम लिन गए । यसपछि शुरु भयो सास्ति । 
एउटा लाईसेन्स नविकरण फारमको दुई रुपैयाँ पर्दोरहेछ । मैले दुईवटा नविकरण फारम मागे अनि पाँच रुपैयाँ दिए । फारम दिने कर्मचारिले खुल्ला छैन भन्दै एक रुपैयाँ फिर्ता गरेनन् । खुल्ला पैसा नलिइ सरकारी कार्यालय आएर मैले गल्ति गरे त म सोच्दै थिए । अर्का एक व्यक्तिले एउटा फारम मागे र उनले पनि पाँच रुपैयाँ दिए । ती कर्मचारीले उनलाई पनि मलाई दिएकै जवाफ दिए । याहाँको त यो रेडिमेड जवाफ पो रहेछ । अब खुल्ला पैसा खोज्न कता जाने फारम बुझाउने समय ढल्किदै थियो । मैले त्यो एक रुपैया छाडिदिए । नजिकै रहेको अर्काे टहरोमा गएर हुलाक टिकट किने । फारममा मेडिकल जाँच गराउनु पर्ने फारम पनि रहेछ । गेटमा रहेको स्वास्थ्य परिक्षण लेखिएको ठाउँमा गएर फारम दिए । फारम भरेर आउनुस भन्ने जवाफ पाए । करिव एक बजिसकेको छ । दौडदै आर आर जी भएका ठाउँमा पुगे । उनी त फारम बुझाउने ठाउँमै पुगीसकेका रहेछन । लाईन छाडेर फारम भर्न थाल्यौ । छेवैमा २ वटी केटी बसिरहेका थिए । तपाईहरुले भ्याउनुहुन्न । साँढे एक बजे काउन्टर बन्द हुन्छ भन्दै हामीलाई विचलित गराउन खोज्दै थिए । उनीहरु दलाल प्रतिनिधि रहेछन् पछि थाहा भयो ।

Wednesday, July 25, 2012

देशलाई फेरी जंगबहादुर चाहियो [Nepal]

नेपाली कांग्रेसका नेता  तथा पूर्व प्रधानमन्त्री  
शेरबहादुर देउवाको बुढानिलकण्ठ स्थित महल 

प्रधानमन्त्रीको सपथ लिइसकेपछि मिडियामा बोल्दै गर्दा डा। बाबुराम भट्टराईले भ्रष्टचारमा शुन्य सहनसिलता र मितब्ययी मन्त्रि परिषद बनाउने अभिब्यक्ति दिए । विगतका सरकार प्रमुखहरुका रबैयाबाट दिक्क भएका नेपाली जनताले डा। भट्टराईबाट निकै अपेक्षा गरेका कारण उनको यो अभिब्यक्तिको सर्बत्र स्वागत भयो । लगत्तै उनले विगतका सरकार प्रमुखहरुका विलासी गाडी चढ्ने परम्परा तोड्दै मेड इन नेपाल मुस्ताङ म्याक्स चढे । यसले उनको तारिफ झनै बढ्यो । यो उनी प्रधानमन्त्री भएपछिका प्रारम्भिक परिघटना थिए । 
"गरिब राज्यको अर्थतन्त्रले धान्न नसक्ने गरी पूर्वराष्ट्रपतिदेखि पूर्वगृहमन्त्रीसम्मका पूर्वपदाधिकारीलाई आजीवन गाडी, इन्धन, मर्मत खर्च, आवास र सचिवालय सुविधा प्रदान गर्नु मुलुकको हितमा छैन त्यसलाई खारेज गर्न माग गर्दै आन्दोलन  गरौ"

Monday, July 23, 2012

हाइवे हंगामा

जुन रफ्तारमा हिन्दि चलचित्र हेर्छु त्यो रफ्तारमा नेपाली चलचित्र हेर्दिन । त्यसैले मैले भन्नै पर्छ कि म नेपाली चलचित्रको असल दर्शक होइन । हलमा गएर नेपाली फिल्म नहेरेको करिव ६ बर्ष त भयो होला । तर लुट, ब्याच नंम्बर १६ लगायतका कोहि फिल्म घरमै बसेर हेरेको छु । चलचित्र नहेरी त्यसको आलोचना गर्नु गलत हो । त्यसैले नेपाली चलचित्र यस्तो बन्यो उस्तो बन्यो भनेर म आलोचना गर्दिन । 

"म धेरै वर्ष पछि नेपाली फिल्म हलसम्म गएर हेर्दैछु । हाइवेको हल्लाखल्लाले मलाई हलसम्म त तान्यो तर हल्ला अनुसार चलचित्र रहेन छ भने केहि वर्षसम्म फेरी हलमा गएर नेपाली चलचित्र हेरिन्न यो चै टुंगो हो ।" 
यो ब्लग चलचित्र हाइवेको कारण लेख्दैछु । सम्भवत चलचित्रका बारेमा मैले लेखेको यो पहिलो ब्लग हो । हाइवेको चर्चा अहिले चलचित्र बजारमा मात्रै होइन सामाजिक संजालहरुमा पनि ब्यापक रुपमा चलेको छ । हल्ला सकरात्मक होस वा नकरात्मक यसको प्रत्यक्ष असर देखिन्छ नै । केहि साथीहरुले हाइवे हेरे पछि निकै सकरात्मक प्रतिकि्रया दिए । नयाँ धारको चलचित्र बनेछ भने । अनि केहि साथीहरु वित्थै पैसा तिरेर हेरिएछ यस्तो नि फिल्म हुन्छ भन्दै आलोचनामा उत्रिए । 

Thursday, July 12, 2012

छेपारे प्रवृत्ति उन्मुख नेपाली मिडिया [ Media Trend in Nepal]

हिजो तीनै बाबुरामको जयजयकार गरिरहेका संचार माध्याम आज फेरी तीनै बाबुरामको उछित्तो काडिरहेका छन् । र दिनहुँ उनको सरकार इतिहासकै अलोकपि्रय सरकार भन्ने आशायका समाचार समागि्र पस्किरहेका छन् । यो त छेपारे प्रवृति भएन र ?  
नेपालमा विगत एक दशकमा आम संचार र पत्रकारिता क्षेत्रले सोच्दै नसोचेको गति लिएको छ । एउटा संचारकर्मीका नाताले यसबाट म पनि खुसि छु । संख्यात्मक रुपमा मूलधारे संचार माध्यामको यो विकास राम्रो थियो । तर गुणात्मक रुपमा यो विकासले खासै अर्थ राखेन । त्यसैले होला अहिले संचार माध्यामहरुमा आम नागरिकको आस्था र विश्वास दिन प्रतिदिन खस्किदै गइरहेको छ ।
हुन पनि पछिल्लो समयमा नेपाली संचार माध्यामले यस्ता थुप्रै हत्कण्डा देखाए जुन संचार माध्यामको इथिक्सको वर्खिलाप थियो । अनि केहि घटनालाई यति धेरै बढाइ चढाँइ गरे । नेपालीमा एउटा उखान छ नि हेर्नेलाई देख्नेलाई लाज भन्ने । नेपाली मिडियामा यस्ता प्रवृत्तिहरु धेरै पटक दोहोरिय अनि तेहेरिए । यस्ता प्रवृतिको म खुलेरै आलोचना गरिरहन्छु । त्यसैले केहि साथीहरु मलाई पत्रकार भएर पत्रकारकै विरोध गरिरहन्छस भनेर गालि पनि गर्छन । प्रसंग बाबुराम भट्टराई प्रधानमन्त्री नियुक्त भएपछि नेपाली संचार माध्यामले गरेको उनको बखानको हो ।