औलामा गन्न सकिने घर खेतको फाँट र बाँजो जमिन थोर बहुत विकासका पूर्वाधार अँनामनगरलाई चिनाउने यस्तै कुरा मात्रै थिए । तर करिव २ दशकको अवधिमा यो ठाउँ राजधानी काठमाण्डुका उच्च जनघनत्व भएका ठाउँहरुको पंक्तिमा उभिएको छ । यो ठाउँसँग मेरो करिव १८ वर्ष अघिको चिनजान हो ।
अनामनगर
मैले मेरा बालशखासँग बुर्कुसी मारेका चौरहरुको अस्तित्व सकिएको छ । साइकलबाट लडेका ती कान्लाहरु डोजर लगाएर समथर मैदानमा परिणत भएका छन् । जहाँ अहिले लाखौ मूल्यका भव्य महल ठडिएका छन् ।
बि सं २०४९ सालमा अध्ययनका सिलसिलामा स परिवार काठमाण्डौ आइयो । अँनामनगरका फाँटमा जाहाँ अहिले अग्ला अग्ला घर ठडिएका छन् ती ठाउँमा बाल्यवस्थामा मैले थुपै्र खेलहरु खेलेको छु । साइकल सिक्दा दाइहरुले कान्लाबाट झारेका अनुभव ताजै छन।
अँनामनगर पारि पट्टिको थापा गाउँमा बसाई थियो । काठमाण्डौमा आफनो घर थिएन । भाडामा बस्दा कहिले के नमिल्ने कहिले के अनि बसाइ सरिरहनु पर्ने बाध्यता । करिव एक वर्षको बसाई पछि थापा गाउँ छाडियो । त्यसपिछ मध्य बानेश्वर नयाँ बानेश्वर संखमुल मिनभवन थुप्रै ठाउँमा अस्थायी बसाई सरियो । यो करिव करिव विरालोले बच्चा सारे जस्तै अवस्था थियो । थापागाउँबाट बसाई सरेपछि अँनामनगरसँग मेरो खासै निकटता भएन । कहिले काहि यहि आसपास भएर हिडडुल गरियो तैपनि त्यतिधेरै नजिक भइएन । अध्ययनको क्रममा साथीहरुसँगको जमघटको सिलसिलामा विगत एक महिना देखि फेरी म अँनामनगरसँग नजिकिएको छु ।
जसले ती पुराना यादहरु फेरी एक पटक यो मष्तिष्कमा पुर्नजीवित गरिदिएको छ । तर अहिले अँनामनगर त्यो पुरानो अवस्थामा छैन । उ बेला औलामा गन्न सकिने घर थिए । दाहालको दैलो अर्थात यज्ञनिधी दाहालको घर भएको ठाउँबाट हामी बस्ने थापा गाउँको घर स्पष्ट देखिन्थ्यो । तर अहिले त्यो अवस्था छैन ।
अँनामनगर देशभरका मान्छेहरुको अस्थायी र स्थायी आवास क्षेत्र बनेको छ ।
कंकि्रटमय बनेको अनामनगर |
भनिन्छ नि समय परिवर्तनशिल छ अनि यसले परिवर्तनका लहरहरु छाडेर जान्छ । सुनामीले झै आएको समयको त्यो लहरले अँनामनगर पनि परिवर्तन गरि छाड्यो । अहिले यो उ बेलाको अँनामनगर रहेन । याहुको सिङ्गो नक्सा फेरियो । बाटाघाटा फेरिए । अन्य पूर्वाधार थपिए । अनि याहाँ बस्ने मान्छे अदलबदल भैरहे समग्रमा याहाँका सबै कुरा फेरिए । तर पनि यसको पहिचान अहिले पनि फेरिएको छैन । त्यो हो यसको नाम अर्थात " अँनामनगर" नामै नभएको नगर ।
(यस ब्लगमा प्रकाशित कुनै पनि रचना साभार गरेर लिन सकिने छ)
मैले मेरा बालशखासँग बुर्कुसी मारेका चौरहरुको अस्तित्व सकिएको छ । साइकलबाट लडेका ती कान्लाहरु डोजर लगाएर समथर मैदानमा परिणत भएका छन् । जहाँ अहिले लाखौ मूल्यका भव्य महल ठडिएका छन् ।
ReplyDeleteAafno bigat lai nabirshinu bhaneko ramro kura ho. sangai samaya ko parivartan le bigat ka ramra pakshya ma layeka bikriti bisangati lai sudharna pahal garna sake ajha ramro hunechha.
ReplyDeleteCool and interesting man......i did live in annamnagar for some 10 years begining from 2051.....yea.....your article ...really reminded me ...of those past years that i spent in annamanager…. likely same experiences ……..
ReplyDeleteke ho sathi aajkal ta darho lekhna thale ko raichha ni ta ? je hos ramro 6 yar keep it up.
ReplyDelete-Binod khadka