"आफ्नो अधिकारको प्रयोग गर्दा अरुको पनि अधिकारको सम्मान गर्नु पर्छ भन्ने लोकतन्त्रको मर्म सायद बन्दकर्ताले बिर्सीए ।"
सुक्रबार जनजाति महासंघले गरेको बन्द शान्तिपूर्ण देखियो । बन्दका क्रममा कतै टायर बलेको देखिएन न त ढुंगामुढा नै गरेको देखियो । राजनीतिक दलका नेताहरुको अक्षमताले तीन तीन बर्षमा पनि बन्न नसकेको संविधान २ हप्ता भित्र बनाउनु पर्ने माग राख्दै गरिएको यो आन्दोलनको अर्थ खासै नरहे पनि विगतमा जस्तो हिमसात्मक बन्द रहेन । जसलाइ सकरात्मक मान्न सकिन्छ । तर लोकतान्त्रिक मुलुकमा लोकले आज साह्रै दुख पाए । आफ्नो अधिकारको प्रयोग गर्दा अरुको पनि अधिकारको सम्मान गर्नु पर्छ भन्ने लोकतन्त्रको मर्म सायद बन्दकर्ताले बिर्सीए ।
ती श्रमजीविलाई यस्ता बन्दको के अर्थ तैपनि ती श्रमजीविका टाउको गनि गनि हामी अल्पसंख्यक भन्दै जनजाति महासंघले बन्दको आयोजना गरि छाड्यो । तर विचारा ती श्रमजीवीलाई के थाहा उ पनि यो बन्दको आयोजक हो भनेर । अनि के थाहा उसले आफनो भोको पेटमा आफैले लात हानेको थियो भनेर ।
No comments:
Post a Comment