ताज अगाडी हामी चार भाई भवानी, म , नेत्र र सिताराम |
दिल्ली आग्रा जयपुर बृन्द्धाबन सेड्युलमा यस्ता थुप्रै ठाउँका नाम छन् । एक हप्ताको अवधि छ । यी सबै ठाउँ घुम्ने उदेश्य लिएका छौ । तर हाम्रो यात्रालाई डोहोर्याउने कुनै गाइड छैनन् । सबै ठाउँमा अग्रेजिको पनि काम छैन हिन्दि भाषामा हामी दक्ष छैनौ । अरुले बोलको धेरै जसो कुरा बुझ्ने तर सबै कुरा बोल्न नआउने । त्यसैले भारत यात्रामा हामीले नेपाली मैथिली र हिन्दीको फयुजन भाषा प्रयोग गर् यौं । जसले हाम्रो यो भ्रमणलाई निकै रमाइलो र अविष्मरणिय पनि बनायो । कतिपय साथीहरुले यो एक हप्ते भारत भ्रमणलाई सामान्य हिन्दी भाषाको कक्षा लिए जस्तै ठाने टुटे फुटेको केहि हिन्दी समेत सिकेर आए ।
ताजमहल अगाडी तस्वीर खिचाउँदै हाम्रो गौरवशाली पार्टीका सदस्यहरु |
हाम्रो गन्तब्य उत्तरी र दक्षिणि धु्रव जस्तै नमिलेको रुट र दूरीका हिसावले पनि निकै टाढा । गाढीमा ती ठाउँको रुट मिलाउन पनि निकै कठिन । विहान ५ बजे देखि शुरु हुने हाम्रो यात्रा मध्य रात वा भोलिपल्ट विहानसम्म एक वजेसम्म पनि चलिरहन्थ्यो । यात्रामा १९ जना साथीहरु छौ । करिव करिव एउटा फुटबल टिम जत्रै । यत्रो टोलीलाई एकै ठाउँमा खाने वस्ने र यातयातको साधनमा व्यवस्था मिलाउन निकै कठिन । त्यसैले यात्रा त्यत्ति सहज भने थिएन । तर पनि हरेक कुरालाई रमाइलोको रुपमा लिने हाम्रा साथीहरुको वानीले निष्कर्षमा यात्रा सोचे भन्दा रमाइलो भयो ।
यात्रामा जाने मध्ये अधिकांशका लागि भारत र रेलयात्रा दुवै पहिलो अनुभव नै थियो । गोरखपुरबाट दिउसो ३ बजे हाम्रो रेल दिल्लीका लागि छुट्यो । लगातार १६ घण्टाको रेल यात्रा । अनिन्द्रा थकान अनि भोक तर पनि नयाँ ठाउँ र नयाँ अनुभव । यात्रा साँच्चै रमाइलो हुँदै थियो । यात्राको तेश्रो दिन हामी नयाँ दिल्ली झरयौ ।
दिल्ली गेटमा मुकुन्दको पोज दामी छैन त ? |
दिल्लीबाट जयपुर आग्रा मथुरा र बृन्द्धाबनको साताव्यापि भ्रमण सकेर हामी नेपाल फर्कियौं । हामी जाहाँ जान्थ्यौ त्याहा निकै रमाइलो गथ्र्याै । मथुरामा आरपि जी र बिकास जीको भजनमा नाचियो दिल्लीमा सन्तोष जीको फेसियले हाँसियो मेट्रो चडियो । मेरा लागि यो यात्रा जीवनको एउटा रमाइलो र अविष्मरणिय क्षण थियो सायद अरु साथीहरुका लागि पनि ।
यात्रा घुमफिर मात्रै होइन । नयाँ ठाउँ त्याहाँको कला संस्कृति र जीवन शैलीलाई नजिकबाट नियाल्ने एउटा अवसर पनि हो ।
रातको समयमा दिल्लीको पहाडगन्जमा घुम्दै हामीहरु |
नेपाल फर्किनेक्रममा भैरहवाको बसाईमा नाच गान समेत गरियो । यात्रको बारेमा विष्लेषण पनि भयो । भोलिपल्ट विहान रिर्जभ गाडी चढेर हामी काठमाण्डौका लागि रवाना भयौ । आज हाम्रो यात्राको अन्तिम दिन थियो तर धेरै साथीहरुलाई यात्रा अझै नसकिए हुन्थ्यो भन्ने लागि रहेको थियो ।
यात्रा घुमफिर मात्रै होइन । नयाँ ठाउँ त्याहाँको कला संस्कृति र जीवन शैलीलाई नजिकबाट नियाल्ने एउटा अवसर पनि हो । यो दिल्लीको यो एक साता लामो यात्राका क्रममा मैले व्यक्तिगत रुपमा यस्तै कुरा देखे अनुभव गरे र केहि सिके । भृकुटि मण्डपको चिया गफबाट शुरु भएको त्यो योजनालाई हामीले मूर्त रुप दियौ ।
AjIta Tias RiJal Says : tour jane plan gare dekhi farkeko din samma ko yad dilaune khal ko chha !!!! :) :)
ReplyDeleteAbdullah Miya Says: Good Story yar Sumu
ReplyDeletethe euphoria is still on........and on.....and on....
ReplyDeleteमेरो पनि फोटो ? ल ल समावेशी छ
ReplyDeletesamghana dilayo pharai............good story
ReplyDeletelekhai ramro lagiyo...keep it up
ReplyDeleteयात्रा घुमफिर मात्रै होइन sachhai ho यात्रा घुमफिर मात्रै होइन ....
ReplyDelete