Written by: -शान्ता झाँक्री
ए हरिलण्ठुहरु हो !
कति दलको नोकर बन्छौ ?
कति स्वार्थमा प्रयोग गरिन्छौ ?
बालक हैनौ, तर किन सोच्दैनौ ?
आफु ढाल बनेको कुरा,
समयको बर्बादी भएको कुरा
अबोध हैनौ तर किन बुझ्दैनौ?
सर्बसाधारणको भोगाई
पिडितको पिडा
आखिर बन्द केका लागि ?
कुर्सि, सत्ता वा अरु केहि ?
यहाँ,
झिङाको श्रापले डिङा मर्ने भए
जनता भन्दा नेता बढि भएको देशमा
शासकबाट शासित हुनेलाई कठिन हुन्थेनँ होला ।
बिंड तातेर मात्र केहि हुने भए
खुला भन्दा बन्द धेरै भएको देशमा
कुर्सिकै लागि आन्दोलन गर्नेलाई यस्तो टन्टो हुन्थेनँ होला।
काउँकुतिले गैडा हसाउँन सकिने भए
खु:शि भन्दा दु:खि धेरै भएको देशमा
जनतालाई असल राजनेता खोजीको रन्को हुन्थेन होला ।
मुर्तिमा माला लगाई शहिदको सपना पुरा हुने भए
शहिदै-शहिद भएको देशमा
उन्कै रगतको निम्ति फेरि रगत बगाउनु पर्ने थिएन होला
त्यसैले,
छाड अब
मसाल निकाल्न
बन्द गर्न
आन्दोलन गर्न
किनकि, यो सब गर्नु भनेको
जनतालाई थप पिडा दिनु हो
देशलाई उधोगतिमा धकेल्नु हो
समयको बर्बादी गर्नु हो
समयमा संविधान बन्न नदिनु हो
बरु खोज-
सहमति
सहकार्य
र बन्दको विकल्प
अनि, संविधान बनाउने बाटो ।
बन्द ! अब बन्द गरौं
हाम्रो भबिष्यको बाटो खोलौं ।
Friday, March 5, 2010
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment