एक निजी टेलिजिजन च्यानलका प्रमुख कार्यकारी अधिकृतले अनौपचारिक कफी गफको सिलसिलामा भने, …पत्रकारितामा मास्टर्स गरेकाहरूले टिभीमा पहिलो दिन रिपोर्टिङ गर्न सक्दैनन्।' उनले निकै गम्भीरतापूर्वक उठाएका थिए यो प्रश्न। त्यो गम्भीरभावले मलाई सोच्न बाध्य पार्यो, …किन सक्दैनन् त टिभीमा रिपोर्टिङ गर्न?'
करिब एक दशकदेखि नेपालका त्रिभुवन र पूर्वाञ्चल विश्वविद्यालयहरूले आमसञ्चार तथा पत्रकारिता विषयमा मास्टर्स डिग्री अध्यापन गराइरहेका छन्। त्यहा“ …ब्रोडकाष्ट जर्नालिजम' जस्ता विषयहरू पनि पढाइन्छ। तर, किन, किन सक्दैनन् त्यहा“का उत्पादकहरूले बजारको मागबमोजिम काम गर्न?
त्रिभुवन र पूर्वाञ्चल विश्वविद्यालयले स्नातक तहमा पनि आम सञ्चार र पत्रकारिता विषय पढाउ“छन्। त्यसैगरी काठमाडौ“ विश्वविद्यालयले स्नातक तहमा मिडिया स्टडिज पढाउ“छ। तर, यी दुबै तहमा प्रसारण पत्रकारिताको अनिवार्य र अभिन्न अङ्गका रूपमा रहने व्यावहारिक अभ्यास भने यी कुनै पनि विश्वविद्यालयमा हुनसकेको छैन। अझ टेलिभिजन पत्रकारिताका सन्दर्भमा त यो आवश्यकता अझ टड्कारो देखिएको छ। कारण, न त ती विश्वविद्यालयहरूका अध्यापन केन्द्रहरूमा टेलिभिजन पत्रकारिताको अभ्यास गर्ने आधारभूत भौतिक संरचना छ, न त अन्य टेलिभिजन संस्थाहरूस“ग सहकार्यको प्रयास। विद्यार्थीहरूलाई सिद्धान्त घोकाइन्छ, परीक्षा लिइन्छ, प्रमाणपत्र दिइन्छ। समाजको आवश्यकता के छ? गम्भीरतापूर्वक विश्वविद्यालयहरूले सोचेको प्रमाण हालसम्म पनि देखिएको छैन।
अहिले सूचना तथा सञ्चार मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार नेपालमा २३ वटा टेलिभिजन च्यानलहरूले प्रसारणको अनुमति लिइसकेका छन्। तीमध्ये आधाजसो सञ्चालनमा आइसकेका छन्। नेपाली टेलिभिजन उद्योगको यस्तो ठूलो जनशक्तिको आवश्यकतालाई परिपूर्ति गर्ने काम पनि नेपालका विश्वविद्यालयको दायित्व पनि हो। आवश्यक जनशक्तिको अभावका कारण अहिले स्थापित टेलिभिजनकै जनशक्तिको तानातान हुने अवस्था देखिएको छ। अर्काेतिर अपरिपक्व र प्रविधिप्रति निरक्षर जनशक्तिबाट समाजमा योगदान पुग्नेभन्दा नकारात्मक असर पुग्न जाने अवस्था हुनसक्छ। टेलिभिजन आफै“मा ठूलो जनशक्ति माग गर्ने माध्यम पनि हो। औसतमा एक टेलिभिजन च्यानलका लागि न्यूनतम तीन सय पचास मात्र जनशक्ति आवश्यक हुन्छ। यही अनुपातमा हिसाब गर्ने हो भने अहिले सञ्चालनमा रहेका टेलीभिजन च्यानलका लागि कम्तीमा पनि चारहजार जनशक्ति आवश्यक हुन्छन्। तीमध्ये आधाजसो त टिभी पत्रकार नै आवश्यक देखिन्छ।
टेलिभिजन उद्योगको यस्तो मागलाई परिपूर्ति गर्न नेपालमा टेलिभिजन अध्ययन', टेलिभिजन टेक्निक', टेलिभिजन प्रोडक्सन', टेलिभिजन अनुसन्धान', टेलिभिजन मार्केटिङ'जस्ता विषयहरूसहितका कोर्सको विकास गरी तत्काल अध्यापन शुरु गरिहाल्नुपर्ने अवस्था छ। तर यसतर्फको पहल हुने छा“टका“ट भने देखिएको छैन।
टेलिभिजन च्यानलहरूको आवश्यकता परिपूर्ति गर्न मात्र होइन, टेलिभिजनका अन्तर्वस्तु विश्लेषण गर्न र यस्तो अन्तर्वस्तुको समाजमा परेको प्रभावको विश्लेषण गर्न र अनुसन्धाताहरूको उत्पादन गर्न पनि यस्ता कोर्सहरू सञ्चालन गर्नु अत्यावश्यक भइसकेको छ।
विश्वविद्यालयहरूको जिम्मेवारी समाजको आवश्यकताअनुसार प्राज्ञिक र बौद्धिक जनशक्तिको उत्पादन गर्नु हो। यदि यस्तो गर्न सकेनन् भने तिनको आवश्यकता र सान्दर्भिकतामाथि नै प्रश्न उठ्न सक्छ। आशा गरौ“ जिम्मेवारहरूले काम समयमै थाल्नेछन्।
: टङ्क उप्रेती
No comments:
Post a Comment