Wednesday, September 17, 2014
Saturday, September 6, 2014
आयो पुष्करको पुस्तक
![]() |
| पुस्तक विमोचनको झलक |
साथीहरुसँग भट्टीमा छ्याङले मस्त मातेको समयमा निस्केको यो विचार र उनको त्यहि पागलपनले आज हामीलाई एउटा गर्विलो उपहार प्राप्त भएको छ ।
जतिवेला पुष्कर शाह साईकलबाट विश्वयात्रा गर्न निस्कने तयारी गर्दै थिए त्यतिवेला म मेरो स्कूले जीवनको उत्तरार्धमा थिए । एघार वर्ष लगाएर जब उनी नेपाल फर्किए त्यत्ति वेला म त्यो स्कूले केटो कलेजस्तरको अध्ययन सकेर आफ्नै व्यवसायमा व्यस्त थिए । यो एक दशकको अवधिमा पुष्करले संसारकै अनुभव गरे तर म सँग आफनै देशका झण्डै ६७ जिल्ला घुमेको मात्रै अनुभव थियो । पुष्कर शाहसँग मेरो व्यत्तिगत चिनजान थिएन । तर पनि मिडियाबाट आउने उनी सम्बद्ध समाचारले मलाई उनको विश्वयात्राको शुरुवाती चरण देखि नै जर्वजस्त फ्यान बनाइ सकेको थियो ।
Tuesday, September 2, 2014
सोसाइटीमा नपरिएला भन्ने डर
कुनै कुनै पुस्तक पढ्दिन भन्दा पनि यति हल्ला गरिदिन्छन कि त्यो पुस्तक नपढि सुखै पाइदैन । अर्थात पत्रकार दिपक भट्टराईको शब्द सापट लिने हो भने त्यो पुस्तक नपढे सोसाइटीमा नपरिएला भन्ने डर हुन्छ । त्यसैले मैले सोसाइटीमा पर्नकै लागि केहि पुस्तक किनेर पढेको छु । ति पुस्तक कम्ति चानचुने थिएनन । बजारमा यीनको हल्लाखल्ला नै यस्तो चल्थ्यो मानौ नेपाली लेख रचनाको क्षेत्रमा उक्त पुस्तकको प्रकाशनले एउटा ठूलै खाडल पुरेको छ । त्यो पुस्तक प्रकाशनमा नआएको भए त्यो खाडल जुगौसम्म भरिने थिएन । यो सबै प्रकाशकको पुस्तक विकाउने हल्ला थियो वा लेखकको सामाजिक मान प्रतिष्ठाका कारण अहिलेसम्म मैले बुझन सकेको छैन ।
Tuesday, August 26, 2014
थुल्मेघाटमा बन्यो पुल
सुनकोशीमा बाढी आए पनि अब म ढुक्क भएर मेरो गाउँ जान सक्छु ।
![]() |
| पारि पटि मेरो गाउँ बलखु |
थुल्मेघाटमा काठको ढुंगा हुन्थ्यो । गाउँका मानिसहरु घुर्मि वा राजधानी काठमाडौं आउन यहि घाटमा रहेको त्यो काठको डुंगाबाट नदी तर्नु पथ्र्यो । अन्य विकल्प थिएन । नदीमा हल्का पानीको बहाव बढ्नासाथ एक नाले उक्त डुंगाबाट नदी तर्न डरमर्दाे अवस्था थियो । केहि वर्ष अगाडी मात्रै विहेका जन्ति चढेको डुंगा पल्टिएर बेहुली सहित आधा दर्जन भन्दा बढिले ज्यान गुमाए । गाउँकै गणेश घिमिरे दाईले यहि नदी पौडिएर तर्ने क्रममा डुवेर इहलिला समाप्त गरे । यी बाहेक पनि थुल्मेघाटमा थुप्रैले अकालमा ज्यान गुमाएका छन् विगतमा ।
Tuesday, July 1, 2014
म, मेरो भान्जो, नेपाली मिडिया र पाठक
सबैले समाचार मार्फत दिएको सूचना त्यहि थियो । तर त्यो समाचारका लागि दिइएको शिर्षक भने निकै फरक थिए । कुनै निकै सनसनीपूर्ण लाग्ने, कुनै सफ्ट, कुनै छेउटुप्पै नमिलेका जस्ता लाग्ने ।मेरो २ वर्षको भान्जो छ । उसले भनेको मानेन, खानेकुरा खाएन वा उसको ध्यान म तिर तान्नु प¥यो भने म उसलाई हाउगुजीको डर देखाउँछु । त्यस पछि उसले मैले भने अनुसार गर्छ । हाउगुजीले उसको ध्यान तान्न सकेकोमा म आफूलाई निकै खुसि हुन्छु, र मख्ख पर्छु । तर त्यो बालमनसपटलमा मेरो बुद्धिले भन्दा हाउगुजीको डरले काम गरेको छ भन्ने कुरा म विर्सन्छु । सायद यो मानविय स्वभाव हो । म र मेरो भान्जो वीचको यो हाउगुजी व्यवहार अहिले अधिका्रश नेपाली संचार माध्याममा पनि प्रयोगमा छ । हाउगुजीको हतियार प्रयोग गरेर संचार माध्याम पाठकको ध्यान आफूतिर तान्न तछाड मछाड गरेर लागिपरेका छन् । यसमा खासगरी अनलाईन संचार माध्याम सबैभन्दा अगाडी छन् । स्रचार माध्यामले सामान्य समाचारलाई पनि सनसनिपूर्ण समाचारको रुपमा प्रस्तुत गर्छन । अनि पाठकहरु यस्ता समाचार पढ्न आर्कषित नहुने त कुरै भएन । यहाँ यस्तै एउटा समाचारलाई हेरौ न
Monday, June 30, 2014
लौ म फेरी आँए
करिव ३ वर्षको अवधिमा १८ हजार भन्दा बढिले यो ब्लगमा राखिएका कुराहरु हेरिदिनु भएको छ । २ दर्जन भन्दा बढिले ब्लग मार्फत फलो गर्नु भएको छ । प्रेरणादायि र सिर्जनशिल प्रतिक्रिया दिनु भएको छ ।
म शौखका लागि लेख्ने मान्छे । तर कतिपय अवस्थामा शौख भएर पनि विभिन्न परिस्थीतिले मनमा लागेका कुरा लेख्न भ्याँइदो रहेनछ । आफूलाई मनमा लागेका कुरा जुन कुनै पत्रिकाले छापिदिदैनन् । कति पत्रिकाका मापदण्ड पुरा गर्न सकिन्न । अनि कतिपय कुराहरु आफूलाई अत्यन्तै रोचक र प्रेरणादायि लाग्छन् त्यस्ता कुरालाई ब्लग मार्फत संग्रह गर्ने पनि उदेश्य थियो । त्यसैले मैले आफनौ नामका निशुल्क संचालन गर्न सकिने ब्लगर डट कमको ब्लग शुरु गरेको थिए । हुन त अहिले विद्युतिय कारोवार ऐनले यसरी हुबहु कुनै पनि लेख रचनालाई कपि गर्न नपाइने व्यवस्था गरेको छ क्यार । तर मैले यहाँ राखेका कुनै पनि लेख रचनामा त्यसको श्रोत उल्लेख गरेको छु अनि यसलाई व्यवसायिक प्रयोगमा ल्याएको छैन । कसैलाई मान मर्दन गर्ने गरि म यहाँ कुनै पनि सामग्रि राख्दिन ।
Friday, January 3, 2014
संसारका प्रत्येक ठूला शहरमा एक लाईन टेलिफोन हुनेछ...
सन १८७५ मा टेलिफोनको आविष्कार भैसकेपछि चर्चित पत्रिका टेलिग्राफमा पहिलोपल्ट यस सम्बन्धि सम्पादकीय प्रकाशित भएको थियो जसमा सर एड्विन आर्नोल्डले लेखेका थिए... "टेलिफोनको आविष्कारले टाढाटाढाका मानिससमक्ष पनि सन्देश पुर्याउन सकिने भएकोले अबका दिनमा मानवजीवन अझै सजिलो बन्दै जानेछ । अहिले यसो भन्दा अपत्यारिलो लाग्न सक्छ तर अब त्यो दिन छिट्टै आउने जब संसारका प्रत्येक ठूला शहरमा एक लाईन टेलिफोन हुनेछ ।"
Friday, October 4, 2013
हल्लै हल्लाको देश
- भूपि शेरचन
स्टक एक्सचेन्जका शेयरजस्तै
आत्मा क्रय-बिक्रय गर्न सक्नेहरु
जहाँ नेता हुन्छन्
र जहाँ निधारभरि कर्कटपाताजस्तै
चाउरी परिसकेकाहरु
तन्नेरीहरुका अगुवा हुन्छन्
यो हल्लै हल्लाको देश हो
कानमा इयरफोन लगाउनु पर्ने बहिराहरु
जहाँ संगीत प्रतियोगिताका जज हुन्छन्
र जहाँ आत्मामा पत्थर परेकाहरु
काव्यका निर्णायक मानिन्छन्,
काठका खुट्टाहरु जहाँ रेसमा बिजेता हुन्छन्
र जहाँ प्लाष्टर गरिएका हातहरुमा
सुरक्षाको सङ्गीन थमाइन्छ,
जहाँ बाटो र अट्टालिकाहरुका ढोकाअगाडि
डोकोका डोको, र खर्पनका खर्पन,
ट्रकका ट्रक आत्माका मण्डी सजाइन्छ,
Monday, September 2, 2013
भर्चुअल दुनियाँका सेलिब्रेटीहरू
Thursday, August 15, 2013
स्वतन्त्रताका लागि नरक रोज्न तयार छौँ कमरेड !
पानी हो भन्दैमापोखरी र नदी एकै हुँदैन
एकै हुँदैन उसको कञ्चनपनार प्राण दिने अक्सिजन
कैदी जीवनको अभ्यासमा रमाउने पानीहरुले
पोखरीमा आफूलाई अभ्यस्त गरे भन्दैमा
म नदी हुन पाउन्न र कमरेड ?
विचारको पोखरी भिर्ने तिम्रो झोलालाई गाली गरिनँ मैले
आँखै बिझाउने गरी अँकित विदेशी नामहरुलाई सरापिनँ
साहित्यका नाममा कोचाइएका पार्टीका सुखा नाराप्रति गुनासो रहेन
अपशब्द र अनावश्यक विशेषणले बद्नाम गरिनँ तिमी र तिम्राहरुलाई
तिमी आफैँ फुट्यौ कतिपल्ट, आपसमा टुक्रियौ
ती टुक्रामा कहिल्यै नूनचूक छरिनँ र तिमीलाई टुक्रे उस्ताद पनि भनिनँ
आफैँ नयाँ कार्लमाक्र्सझैँ सत्तोसरापको कारखाना खोल्यौ
आँखै बिझाउने गरी अँकित विदेशी नामहरुलाई सरापिनँ
साहित्यका नाममा कोचाइएका पार्टीका सुखा नाराप्रति गुनासो रहेन
अपशब्द र अनावश्यक विशेषणले बद्नाम गरिनँ तिमी र तिम्राहरुलाई
तिमी आफैँ फुट्यौ कतिपल्ट, आपसमा टुक्रियौ
ती टुक्रामा कहिल्यै नूनचूक छरिनँ र तिमीलाई टुक्रे उस्ताद पनि भनिनँ
आफैँ नयाँ कार्लमाक्र्सझैँ सत्तोसरापको कारखाना खोल्यौ
Subscribe to:
Posts (Atom)





