Sunday, May 1, 2011

खाने होइन त बाख्रा दूधबाट बनेको चिज ?

नेपालमा बाख्राको दूधबाट चिज उत्पादन गर्ने यो नै पहिलो र एक मात्र कारखना हो । त्यसैले धेरै मानिस यो कारखना हेर्न र चिज उत्पादनको तौर तरिका बुझनका लागि पनि आउने गरेका छन् । 

नेपालका अधिकाशं मानिसहरु कृषि कार्यमा संलग्न छन् । कृषिसँगै पशुपालन त नेपालीहरुको परम्परा नै बनिसकेको छ । अन्य पशुको तुलनामा पाल्न केहि सजिलो भएका कारण ग्रामिण क्षेत्रका अधिकांश घरमा बाख्रा पाल्ने गरिन्छ । बाख्रा मासुका लागि मात्रै पालिन्छ । तर अलि नयाँ तरिकाले सोच्ने हो भने बाख्राको मासुबाट मात्रै नभएर दु्धबाट पनि राम्रो आम्दानी गर्न सकिन्छ । झट्ट सुन्दा धेरैलाई बाख्राको दुधबाट पनि आम्दानी गर्न सकिन्छ र भन्ने लाग्न सक्छ । तर मकवानपुरको चित्लाङ गाविसका अशोक कुमार सिंह  ठकुरीले बाख्राको दूधबाट चिज उत्पादन गरि आम्दानीको नयाँ विकल्प पुष्टि गरेका छन् ।
फ्रेन्च सहयोगमा ६ बर्ष अगाडी अर्थात २०६१ सालमा चित्लाङ चन्द्रागिरी चिज उत्पादन समुह स्थापना भएको थियो । दैनिक २ सय लिटर दूध खपत गर्न सक्ने यो कारखनाबाट महिनामा एक क्विन्टल चिज उत्पादन गर्न सकिने साचालक सिता सिंह ठकुरी बताउँछिन् । 
उनका अनुसार तर दूध संकलन कार्य न्यून भएका कारण हाल यहाँ दैनिक १८ देखि २० लिटर मात्रै बाख्राको दूध संकलन हुने गरको छ । जसबाट दैनिक ४ किलो सफ्ट र २ किलो हार्ड चिज उत्पादन हुने गरेको छ ।
गाउँघरमा उन्नत जातको बाख्रा नपालिने हुँदा बाख्राको दूध संकलन गर्न निकै अफ्ठयारो भएको बताउँदै ठकुरीले भनिन्-हामीले क्षमता अनुसार चिज उत्पादन गर्न सकेका छैनौं । उत्पादन न्यून भएकै कारण बाख्राको चिजको मूल्य अन्य चिजको भन्दा केहि महंगो छ । बाख्राको सफ्ट चिज प्रति किलो १२ सय र हार्ड चिज प्रतिकिलो २२ सय रुपैया पर्छ । त्यसैले यो अहिले काठमाण्डौमा मात्रै खपत हुने गरको छ । अन्यत्र पनि बाख्राको चिजको माग छ तर पनि चिज उपलब्ध गराउन नसकिएको ठकुरि बताउँछिन् ।
चिज कारखनाले स्थानीय गाउलेबाट बाख्राको दूध प्रति लिटर ५० रुपैयामा खरिद गर्ने गरेको छ । त्यसैले  चित्लाङमा अहिले स्थानीय गाउँलेहरुले समेत बाख्राको दूध विकि्र गरेर आम्दानी लिन थालेका छन् । गाइ भैसीको भन्दा महंगो मूल्यमा बाख्राको दूध विकि्र हुन थालेपछि स्थानीय गाउँलेका लागि बाख्रा आम्दानीको श्रोत बनेको छ । स्थानीय कान्छि भट्टराइ आफूलॆ  दैनिक २ लिटर बाख्राको दूध विकि्र गर्ने गरेको बताउँछिन् । पहिला त बाख्राको दूध काहाँ खाइन्थ्यो  उनले भनिन् यहाँ भाइले चिज बनाउने कारखना खोलेपछि बाख्राको दुध पनि आम्दानीको श्रोत बनेको छ । भट्टराइले अहिले बाख्राको दूध बिक्रि  गरेर दैनिक एक सय रुपैयाँ आम्दानी गर्ने गरेको समेत बताइन ।
नेपालमा बाख्राको दूधबाट चिज उत्पादन गर्ने यो नै पहिलो र एक मात्र कारखना हो । त्यसैले धेरै मानिस यो कारखना हेर्न र चिज उत्पादनको तौर तरिका बुझनका लागि पनि आउने गरेका छन् । यहाँ आएर बाख्राको चिजको स्वाद लिएका पत्रकार काचन अधिकारी यो चिज अरु भन्दा निकै फरक रहेको बताउँछन् । मैले अहिलेसम्म यति स्वादिलो चिज खाएको थिइन-उनले भने ।

अन्य चिजको भन्दा चिल्लो कम हुने र थुप्रै फाइदा भएका कारण बाख्राको चिजको माग उच्च छ । तर पनि दूध संकलन कार्य कठिन भएका कारण माग अनुसार चिज उत्पादन गर्न नसकिएको साचालक ठकुरी बताउँछिन् । उन्नत जातका बाख्रा पालेर दूध संकलन प्रभावकारी बनाउने हो भने यहाँ व्यवसायिक रुपमा बाख्राको चिज उत्पादन गर्न सकिने सम्भावना रहेको उनको भनाई छ । यो बाख्राको चिज स्वदेशमा मात्रै खपत नगरेर विदेश निर्यात गर्न पनि सकिने बताउँछै ठकुरी यसका लागि सरकारी सहयोगको खाँचो रहेको बताउँछिन् ।
नेपालका हिमाली पाहाडी र तराई सबै क्षेत्रमा परम्परागत रुपमा बाख्रा पालिन्छन् । यी ठाउँमा चिज उत्पादनलाई लक्षित गरि उन्नत जातका बाख्रा पाल्न सके चित्लाङको सिको गर्दै थुप्रै गाउँमा यस्ता चिज कारखना खोल्न सकिन्छ । जसबाट थुप्रलाई रोजगारी मिल्न सक्छ अनि मुलुकको आर्थिक विकास पनि थोर बहुत सहयोग पुग्न सक्छ । 

Thursday, April 21, 2011

त्रिशुलीमा डुब्दा

"दाई मलाई त साहै्र डर लाग्यो तपाई यता आउनुन"-हामीसँगै डुंगामा रहेकी युवतिले साहारा माग्दै मलाई बोलाईन । तर आफुलाई पौडन आएपो उनीभा' तिर जानु । नडराउ केहि हुदैन भन्दै सान्त्वना दिए । बरु म भन्दा उनीनै पौडिन जान्ने रहिछिन । छाप्लाङ छुप्लुङ गर्दै मेरो हात समात्न आइपुगिन् । 


शनिवार त्रिशुलीमा रयाफ्टिङ जाने हो  साथी कन्चनले यो प्रस्तावले राख्ने वित्तिकै मैले यसलाई सहर्ष स्वीकार गरे । शनिवार सार्वजनिक विदाको दिन तर अरुवेला सधै शनिवार अफिसमै वित्छ । तर यो पटकको शनिवार त्रिशुलीको किनारमा विताउने टुंगो भयो । विहान ७ बजे काठमाण्डौं खाल्टोबाट त्रिशुली जाने तयारी भयो । यात्राका लागि हामीले मोटरसाइकललाई रोज्यौ । विहान ७ बजे सडकमा खासै सवारी साधनहरु छैनन् । मध्यम गतिमा हामी त्रिशुलीमा रयाफ्टिङका लागि हुँइकियौं ।
नाकढुंगाको ओरालो सकिना साथ नौविसे नपुग्दै एउटा होटलमा चिया पिउन वसियो । लौ मिठो चिया ख्वाउनुस त साउजी साथी कन्चनको मुखबाट यो प्रश्न के निस्केको थियो । उनले प्रतिउत्तर दिइहाले दुधै दुधको बनाइदिउँ त साह्रै मिठो हुन्छ पैसा चै अलि बढि लाग्छ । राजमार्गमा बसेर व्यापार गर्ने यी साउजी साह्रै बाठा । मोटरसाइकलमा गएका ठिटाहरुलाई देखेपछि यीनले त पक्कै पैसा झार्छन भनेर मौकामा चौका हानिहाले । हामी नि के कम थियौ र  चिया मिठो भएन भने नि  ती साउजीलाई सोध्यौ । मिठो नभए पैसा नदिनु उनले यस्तै जवाफ दिए । करिव २० मिनेट तीनै साउजीका व्यावसायिक गफ सुन्दै चिया पिएर हामी गन्तव्यतिर लाग्यौ ।
राजधानि प्रवेशको मुख्य राजमार्ग यहि हो । तर यो राजमार्ग सुरक्षाका हिसावले निकै संवेदनशिल । जता ततै दूर्घटना र क्षत विक्षत सवारी साधन राजमार्गमा व्यग्रल्ती देखिन्थे । यस्ता दृष्य देख्दा गाडीमा बसेर यात्रा गर्नेहरुका मनमा के के कुरा खेल्दाहुन् । २/३ पटक आफै पनि दूर्घटनामा परिसकेको मलाई चै यस्ता दृष्य देख्दा जीउ सिरिङ सिरिङ भैरन्थ्यो । मोटरसाइकल करिव ५०/६० को स्पिडमा छ । तर यात्रा भर जति पटक यस्ता दृष्य देखिन्थे म झस्किरहन्थे ।
दूर्घटनामा परेका यस्ता केहि सवारीको तस्वीर लिदै करिव साँढे २ घण्टाको यात्रा पछि हामी सकुसल रोयल विच क्याम्प पुग्यौ । जहाँ विहानको पहिलो रयाफ्टिङ टोलि हाम्रै प्रतिक्षामा थिए । हतार हतारमा ब्रेक फाष्ट लिएर त्रिशुलीको किनार तिर हामी दौडियौं ।
हाम्रा गाइड रहेछन् हिमाल । दुब्लो शरिर नाम जस्तै अग्लो कद भएका साँच्चै रमाइला र फुर्तिला । हात हातमा प्याडल लिएर हामी त्रिशुलीको छालसँगै बग्न थाल्यौ । रयाफ्टिङको समयमा हुने जोखिम र त्यसबाट बच्ने उपायको बारेमा हिमालले हामीलाई बेला बेलमा सर्तक गराइ रहन्थे । नदीका छाललाई विभिन्न उपनाम दिइएको रहेछ । उनी त्यसबारे पनि हामीलाई बताइरहन्थे । सकेसम्म मज्जा लुट्नु पर्छ । हाम्रो टिममा भएका ७ जनालाई उनी जोस्याइरहन्थे ।
करिव डेढ घण्टा त्रिशुलीमा बगेपछि उनले ढुंगा पल्टाएर रमाइलो गर्ने हो भनेर सोधे । तर मलाई त पौडि खेल्न नि आउँदैन । हुन त लाइफ ज्याकेट लगाइएको थियो त्यै पनि मन न हो काँहा मान्थ्यो र भित्र भित्रै डर भने लागिरहेको थियो । तर सबैजनाले सहमति जनाए पछि जेपर्ला पर्ला मैले नि हुन्छ भनिदिए ।
त्रिशुलीको बहाव कम भएको तर निकै गहिरो गरी पानी जमेको ठाउँमा पुगेपछि हिमाल डुंगा पल्टाउन कम्मरमा डोरी कसेर तयार भए । पानीले भिजेर निथु्रक्क भएको मन कता कता डरले पनि चिसो भयो । यत्तिकैमा उनले नदीकोवीचमा हामी चढेको डुगा  पल्टाए । पौडि खेल्न जान्नेले त हात र खुट्टा हल्लाए । तर आफु हात खुट्टा जति फट्कारे पनि जहाँको ताही नदिको बहावले बगाएको बाहेक आफनो बुताले एक इन्च पनि दायाँ वायाँ लागिएन । तर लाइफ ज्याकेटले गर्दा त्रिशुलीको मध्य भागमा म लगायतका पौडिन नजान्नेहरु पनि तैरिरहेका थियौं ।
"दाई मलाई त साहै्र डर लाग्यो तपाई यता आउनुन"-हामीसँगै डुंगामा रहेकी युवतिले साहारा माग्दै मलाई बोलाईन । तर आफुलाई पौडन आएपो उनीभा तिर जानु । नडराउ केहि हुदैन भन्दै सान्त्वना दिए । बरु म भन्दा उनीनै पौडिन जान्ने रहिछिन । छाप्लाङ छुप्लुङ गर्दै मेरो हात समात्न आइपुगिन् ।
हुन त म सुनकोशिको गड्तिरको गाउँमा जन्मिएको हुँ । तर पनि पौडि खेल्न जान्दिन । केटाकेटी उमेरमा बुबा आमाले डुवेर मर्लान भनेर नदिमा जान दिनुभएन । अलि उमेर बढेपछि पढाइको सिलसिलामा काठमाण्डौ आइयो । यहाँ पौडि खेल्ने वातावरण नै मिलेन । त्यसैले म पौडि खेल्न जान्दिन । तर म त्यतिबेला त्रिशुली नदीको मध्य भागमा बसेर हात हल्लाउदै साथी कन्चनलाइ हाई भनिरहेको थिए ।
करिव १० मिनेट सम्म त्रिशुलीको मध्य भागमा जलकि्रडा गरेर हामी फेरी डुंगामा चढ्यौ । करिव आधा घण्टा पछि हामी कुरिन घाटमा गएर किनारा लाग्यौ । लौ हाम्रो गन्तव्य आइपुग्यो । हिमालले यो कुरा भनिरहदा म भने डुंगा पल्टाएर गरेको त्यो रमाइलो सम्झिदै थिए । यसपछि हामी कुरिनटार उक्लियौ र फेरी एक पटक र् याफ्टिङ गर्न आउने बाचा गर्दै गाडी चढेर रिभरविच क्याम्प फर्कियौ । जहाँ हामीलाई हाम्रो मध्यान्नको खानाले पर्खिरहेको थियो । जे होस यो मेरो लागि एउटा विल्कुलै नयाँ अनुभव थियो । साँच्चै रमाइलो अनुभव । धन्यवाद कन्चन । 

Tuesday, April 5, 2011

पत्रकार महासंघमा राजनीतिक सिण्डिकेट अन्त्य गरौ

कहिले काहि त पत्रकार महासंघ कुनै दल विशेषको भातृ संगठन त होइन भन्ने भ्रम पो हुन थालेको छ । कहिले एनजिओको रुपमा अनि कहिले राजनीतिक दलको भातृ संगठनको हैसियतले पत्रकार महासंघ अगाडी आउन थालेको छ । यो आम पत्रकारहरुको हितमा पक्कै पनि छैन । यदि यस्तै पारा रहि रहने हो भने केहि वर्ष पछिको महासंघको चुनावमा उठ्ने पुस्ताले त दलकै झण्डा र चुनाव चिन्ह बोकेर महासंघको चुनावमा उम्मेदवारी दिन के वेर ?


यहि बैशाख महिनाको तेश्रो साता नेपाल पत्रकार महासंघको केन्द्रिय अधिवेशन आयोजना हुदैछ । यो अधिवेशनले महासंघका नया नेतृत्व चयन गर्ने छ । तर दुखका साथ भन्नु पर्छ व्यवसायिक र पत्रकार साथीहरको वीचमा राम्ररी भिजेका अग्रज पत्रकारहरु नै राजनीतिक दल विशेषको टिका लगाएर पत्रकार महासंघको निर्वाचनमा उत्रिएका छन् । नेपाल पत्रकार महासंघ आम पत्रकारहरुको विशुद्ध छाता संगठन हुनु पर्ने हो । तर अग्रज पत्रकारहरुका कारण महासंघमा राजनीतिक सिण्डिकेटले नराम्ररी जरो गाडेको छ ।

जसले गर्दा कहिले काहि त पत्रकार महासंघ कुनै दल विशेषको भातृ संगठन त होइन भन्ने भ्रम पो हुन थालेको छ । कहिले एनजिओको रुपमा अनि कहिले राजनीतिक दलको भातृ संगठनको हैसियतले पत्रकार महासंघ अगाडी आउन थालेको छ । यो आम पत्रकारहरुको हितमा पक्कै पनि छैन । यदि यस्तै पारा रहि रहने हो भने केहि वर्ष पछिको महासंघको चुनावमा उठ्ने पुस्ताले त दलकै झण्डा र चुनाव चिन्ह बोकेर महासंघको चुनावमा उम्मेदवारी दिन के वेर ?

त्यसैले नेपाल पत्रकार महासंघको नजिकिदो निर्वाचनमा दल विशेषको उम्मेदवारको रुपमा आउने साथीहरुलाई रोज्ने कि विशुद्ध पत्रकरिता गर्ने र पत्रकारहरुको हितमा अगाडी बढ्ने साथीहरुलाई चयन गर्ने लौ साथीहरु यस विषयमा बहस चलाउ ।

Saturday, March 19, 2011

प्रतिक्षा गर्नुहोस्

तम्ले हाम्रो फुटो वेचेर पैसा कमाउन्या हो त्यैभर हाम्लाई नि पैसा देउ ।  हातमा रहेको क्यामरा उनी तिर के तेस्र्याएको थिए उनको यो अभिब्यक्ति म तिर तेर्सियो । म अवाक भएँ । केहि दिन अघि कर्णालिका विकासे कार्यक्रम सन्चालकले मसँग भनेको त्यहि कुरा मैले फेरी सम्झिए … नेपालमा चेलिवेटीमात्रै होइनन हामी जस्ता गरिब र कर्णालीका मानिसहरु सबैभन्दा बढी बेचिएका छन्…
-मेरो पुस्तक आउँदैछ

Tuesday, March 8, 2011

मृत्यु जीतेको त्यो क्षण

पाईले मृत्यु देख्नु भएको छ ?  सायद छैन । मृत्यु जताततै छ तर अदृष्य छ । त्यसैले नाङ्गो आँखाले यसलाई देख्न सकिन्न । न त छोएर अनुभूति नै गर्न सकिन्छ । अझ त्यसमाथि जीवितै मृत्यु देख्न त सम्भव पनि छैन । तर आज २०६७ साल फागुन २३ गते मैले मृत्युसँग साक्षत्कार गरे । मृत्यु मेरै अगाडी थियो । लाग्थ्यो उ मलाई लैजान आतुर छ । उ मलाई लैजान खोज्ने म उसँग जान नचाहाने । मृत्युले मलाई लल्कार्यो । म मृत्युसँग युद्ध गर्न थाले । हामी दुईवीच घमसान युद्ध चल्छ । म लड्छु र घिसि्रएर केहि अगाडी पुग्छु । मेरा कपडा च्यातिन्छन् । तर पनि म बहादुरीताका साथ उसको प्रतिकार गर्छु ।


(दुर्घटना पछि म अनि मेरो मोटरसाइकल, फोटो-जनार्दन पाठक)
मृत्यु जित्दाको त्यो क्षण कुनै भिषण युद्ध जित्दाको विजय उन्माद भन्दा कम्तिको थिएन । जसलाई म सम्पूर्ण शब्द भण्डार रित्याएर पनि बर्णन गर्न सक्दिन । त्यो अनुभूतिको जो कोहिले कल्पनासम्म पनि गर्न सक्दैन । तर आज मैले अचानक त्यो काहालिलाग्दो र भयंकर अवस्थाको अनुभूति गरे । 

मृत्यु मेरो आदम्य साहस देखेर चित खान्छ र अन्ततः उ मबाट टाढा भाग्छ । उसको चिथोराइबाट म केहि घाइते हुन्छु । देव्रे खुट्टामा केहि चोट लाग्छ यतिहुँदा हुँदै पनि म मृत्युको पन्जाबाट मुक्त हुन्छु । मृत्यु र म वीच चलेको युद्धमा मेरो जीत हुन्छ ।

Sunday, March 6, 2011

चित्लाङका चार चिनारी

सुमन लुइटेल/चित्लाङ मकवापुर-

कवानपुर जिल्लाको चित्लाङ भन्ने वित्तिकै धेरैको मुख रसाउँछ । किनकी यहाँ उत्पादित मुला राजधानि काठमाण्डौ लगायत आसपासका क्षेत्रमा निकै लोकपि्रय छ । तर समयको वहाव सँगै यो गाउँ अहिले आफ्नो परिचयमा विविधता लयाउने तयारीमा जुटेको छ । ग्रामिन पर्यटनका लागि शुरु भएको होमस्टे नेपालमै पहिलो र एकमात्र वाख्राको दुधबाट चिज उत्पादन गर्ने कारखाना ओलिभ तेल र द्राउट माछाको उत्पादन चित्लाङका नयाँ चिनारी बनेका छन् । जसले यो रमनिय गाउँको आर्थिक र सामाजिक विकासमा महत्वपूर्ण टेवा पुग्ने स्थानीय राधाकृष्ण  बस्नेतले बताए ।
चीत्लांग गाउँको दृश्य । फोटो : सुमन 


बस्नेत भन्छन््-ुहामीले नेपाल पर्यटन वर्ष २०११ को अवसर पारेर चित्लाङमा सामुदायिक होमस्टेको शुरुवात गरेका छौं । यो काममा नेपाल पर्यटन वोर्डले समेत केहि सहयोग गरेको उनले बताए ।ु उनका अनुसार अहिले चित्लाङ गाविसका ४ घरले होमस्टेको तयारी करिब करिब पुरा गरेका छन् । केहि समय भित्रै १० घरमा होमस्टेको व्यवस्था गरिदैछ ।

चित्लाङ काठमाण्डौवाट २२ किलो मिटरको दुरीमा रहेको छ । थानकोट चेकपोष्टवाट दक्षिण चन्द्रागिरी पहाड छिचोलेपछि यो रमणिय गाउँमा पुग्न सकिन्छ । यहाँसम्म जान काठमाण्डौबाट सिधै भाडाका सवारी साधन पानि पाइन्छ । अझ त्यसमाथि व्यक्तिगत सवारी साधन भए त आफ्नो अनुकुलता अनुरुप यात्रा गर्न सकिन्छ । सावारी साधनमा करिव डेढ घण्टाको यात्रा पछाडि चित्लाङ पुग्न सकिन्छ । सवारी साधनमा नजाने र हाइकिङ गर्दैजाने हो भने करिब साँढे २ घण्टामा यहाँ पुग्न सकिन्छ । 

राजधानिको व्यस्त र कोलाहलता पूर्ण जिवनबाट केहि रमाईलो गर्न चाहानेहरुका लागि चित्लाङ एउटा राम्रो गन्तव्य वन्न सक्ने स्थानीय सूर्यदास प्रधानले बताए । ुयहि कुरालाई मध्यनजर गरेर हामीले सामूदायिक होमस्टेको शुरुवात गरेका हौु-चित्लाङ सामुदायिक होमस्टेका सल्लाहकार समेत रहेका प्रधानले बताए । 

चित्लाङ प्राकृतिक रुपमा त सुन्दर छँदै छन् । संगै यहाँ असोक चैत्य सातधारा इन्द्रसरोबर त्रिपुरेश्वर शिवालय तलेजु भवानि कोत लगायतका ऐतिहासिक र साँस्कृतिक महत्वका स्थानहरु रहेका छन् । जसले आन्तरिक र वाह्य पर्यटकलाई चित्लाङ आउन आर्कषित गर्ने उनी बताउँछन् । 

प्रधान भन्छन्-ुचित्लाङको पर्यटन प्रर्वधनका लागि पर्यटकका लागि हामीले विशेष प्याकेज वनाएरै ल्याउने तयारी गरेका छौं । यसका लागि व्यवस्थीत होमस्टे सुविधाजनक कोठा र शौचालयको व्यवस्था गरिएको छ । 
यहाँ आउने पर्यटकले स्थानीयस्तरमा उत्पादित अर्गानिक र स्थानिय खानेकुरा खुवाउने व्यवस्था मिलाइएको छ । जसका लागि उनिहरुले धेरै महँगो शुल्क समेत तिर्नु पर्देन । सामुदायिक होम स्टेकी कोषध्यक्ष हिरादेवी मानन्धरका अनुसार करिव एक हजार रुपैयाँमा यी सबै सुविधा लिन सक्छन् ।

रमणिय प्रकृति उत्कृष्ट आतित्थ्य सत्कार अनि आफ्नै मौलिकता बोकेको चित्लाङ तपाई हामिलाई स्वागत गर्न तम्तयार छ । यात्रालाई विशुद्ध मनोराजनको रुपमा मात्रै नलिएर केहि सिक्ने र केहि नयाँ कुरा जान्ने अवसरको रुपमा समेत लिनु पर्दछ । यदि यो कुरामा सहमत हुनुहुन्छ भने काठमाण्डौबाट करिब डेढ घण्टाको दूरिमा रहेको चित्लाङ तपाईका लागि एउटा उत्कृष्ट गन्तव्य स्थल बन्न सक्छ । चित्लाङमा पर्यटन विकासमा प्रसस्तै सम्भावनाहरु छन् । तर उचित पूर्वाधारको उचित विकास नहँदा यसबाट अपेक्षित लाभ लिन सकिएको छैन । त्यसैले स्थानिय वासिन्दाले शुरु गरेको यो कामलाई गाउँ विकास समितिले समेत विशेष कार्यक्रम वनाएर सहयोग गर्ने योजना वनाईरहेको छ । 

Friday, March 4, 2011

पशुपतिमा छिल्लिएका साधु

पशुपतिक्षेत्र काठमाण्डौं

यहि पशुपतिनाथको मन्दिर परिसर हो जहाँ भ्यालेन्टाइन डे मा प्रेमलाप गरेको जघन्य आरोपमा थुप्रै प्रमिहरुलाई समातेर जरिवाना तिराइएको थियो । अनि कतिलाई लाठ्ठि चार्ज गर्दै भगाइएको थियो । तर शिवरात्रीका दिन पशुपतिनाथको मन्दिर परिसर गाँजामय बनेको छ । खुलमखुल्ला कानुनले प्रतिवन्धित गरेको लागुऔषध बिक्क्री वितरण भइरहेको छ । अझ गजवको कुरा त त्यहि आसपास बर्दिधारी प्रहरीहरु हातमा डण्डा लिएर घुमिरहेका छन् । उनीहरुको सामुन्ने गाँजा बिक्क्री भइरहेको छ । युवाहरु गाँजा तानिरहेका छन् तर यसमा उनीहरुको कुनै प्रतिकिर्या  छैन ।


जय शम्भो……… पार्वतीधर देखो …, 
सेताम्मे फुलेका जटाधारी लामा लामा केश दाह्री अनि जीउ भरि खरानी दलेका साधुले बाटामा हिड्दै गरेका युवतिलाई यस्तै शब्दले बोलाउँदै थिए शिवरात्रीमा दर्शन गर्न घुम्ने उदेश्यले पशुपति पुगेका युवतिहरु छिल्लिएका साधुका यस्ता सम्बोधनले लाजले राता काला हुदै हिडिरहेका थिए तर पनि नसामा लठ्ठिएका साधुहरुका यस्ता हरकत रोकिएनन् शिवरात्रीको अघिल्लो दिन टेलिभिजनका लागि केहि दृष्य छायंकन गर्ने उदेश्यका साथ क्यामरापस्रन साथी संजय खनालका साथ करिव दुई घण्टा पशुपतिमा थिए त्यहि समय गाँजामा लठ्ठिएका साधुहरुका यस्तै वाहियात हरकत गरिरहेका थिए तीर्थालु बटुवा उनीहरुका यी सबै हरकत सुने नसुनेझै गरि हिडिरहन्थे

Thursday, March 3, 2011

म कुख्यात अपराधि !

ति ट्रफिकले मेरो बाइकको अगाडी र पछाडी मज्जाले घुरेर हेरे मानौ उनी पहिलो पटक काठमाण्डौको सडकमा एउटा अजिवको बस्तु देखिरहेका छन् । जसले उपत्यकाको ट्राफिक संम्यन्त्रमा एउटा ठूलो दूर्घटनाको संकेत गरेको छ । र म त्यो दूर्घटना गराउने कुख्यात पात्र बनेको छु ।



                                                                      फिर्र..... फिर्र ………विहान अफिस टाइम बाटोमा ट्राफिकको चाप निकै छ । त्यसैले आफनै सुरमा बाइक दौडाउँदै म अफिस जाँदैछु । लाजिम्पाट ओरालोमा ट्राफिक प्रहरीले सिठ्ठि फुकेर रोकिन संकेत गरे । कलेजबाट अफिसको यो यात्रामा मैले कुनै दूर्घटना गराएको थिइन । न त कारवाहीको भागेदार बन्ने गरी ट्राफिक नियमको बर्खिलाप गएको थिए । तर पनि ती प्रहरीले सिठ्ठि फुके मैले उनको संकेतलाई सहर्ष स्वीकार गरे र बाइकलाई किनारा लगाए । विगतमा झै ती प्रहरीले पनि लाइसेन्स र कागज पत्र खोज्लान भनेर मैले पस्रबाट ती कागजात निकाल्ने तयारी गरे । ट्राफिकले मसँग कागजात भए नभएको सोधे मैले सबै काजग भएको बताए । तर पनि उनले मलाई जान संकेत गरेनन् । उल्टै मलाई ति ट्राफिक तपाईलाई त कारवाही गर्नु पर्ने भयो नि भन्दै कड्किन पो थाले । म छक्क परे । मैले ती ट्राफिकलाई सोधे हैन मैले के गल्ति गरेर मलाई कारबाही गर्ने भन्नु भाको हैन ए बाबा लाइसेन्स र कागज पत्र बोकेर हिड्दा कारवाहीमा परिने प्रचलन कहिले देखि आएछ म सोच्दै थिए । तर ति ट्राफिकले मेरो मोटर साइकलमा राखिएको नम्वर प्लेट यातयात नियमावलि अनुसार नभएकोले मलाई कारवाहि  गर्नुको  व्यहोरा खुलाए ।

पुरानो बाइकले हैरान भएर मैले करिव ६ महिना अगाडी नयाँ बाइक किनेको थिए । बाइक निकालेर नम्वर प्लेट लेख्न जादाँ पेन्टरले चलन चल्तिमा रहेको मोडलमा मेरो बाइकका लागि पनि प्लेट बनाइदियो । त्यो प्लेट बनाएको मैले साँढे तीन सय रुपैयाँ तिरे । आज अचानक त्यो प्लेट अबैध ठहरिएछ ।

ति ट्रफिकले मेरो बाइकको अगाडी र पछाडी मज्जाले घुरेर हेरे मानौ उनी पहिलो पटक काठमाण्डौको सडकमा एउटा अजिवको बस्तु देखिरहेका छन् । जसले उपत्यकाको ट्राफिक संम्यन्त्रमा एउटा ठूलो दूर्घटनाको संकेत गरेको छ । र म त्यो दूर्घटना गराउने कुख्यात पात्र बनेको छु । उनी भन्दै गए तपाईको बाइकको नम्बर प्लेट टल्किन्छ बुझ्नै सकिदैन दूर्घटना गराएर भाग्यो भने समात्न समस्या हुन्छ ।

मैले प्रयोग गरेको नम्वर प्लेट कम्प्युराइज्ड सिस्टमबाट बनेको थियो । सम्भवतः पारदर्शी सिसामा लेखिएको भएर होला सिधै लाइट पर्दा यो टल्कन्छ । भंगेरे टाउके अक्षरमा राखिएको मेरो बाइकको नम्बर प्लेट टाढै बाट मज्जाले बुमुन सकिन्छ । त्यो पनि बुझिएन रे । हैन दुनियाले पचाउने कुरा पो गर्नु पर्छ ।

मैले उनलाई कहिले देखि यो नियमा शुरु भएको भनेर सोधे । तीन चार दिन भयो भन्दै उनले त जरिवाना भराउने रसिद पो निकाले । एक त मलाई यसको बारेमा केहि पनि जानकारी छैन । अनि अर्काे कुरा यो सडकमा गुड्ने मेरो बाइकमा मात्रै यस्तो नम्वर प्लेट राखिएको त हैन नि । अरुले पनि यस्तै प्लेट राखेर गाडी कुदाइ रहेका छन् । अनि मैले चै किन जरिवाना तिर्ने ती ट्राफिकसँग झण्डै ५ मिनेट जति चर्का चर्कि नै पर् यो । अन्तमा नम्वर प्लेट परिवर्तन गर्ने सर्तमा कथित्  कुख्यात म र मेरो काथित कुख्यात मोटर साइकल ति कानुनका पालक ट्राफिकको पाजाबाट मुक्त भयौ ।

अफिस जान हतारिदै हिडेको मान्छे म बेफवा्कमा टेन्सनमा आए । लाजिम्पाटको माछापुच्छ्रे बैक छेवैमा एउटा आर्ट सेन्टर थियो । त्यसमा नम्वर प्लेट परिवर्तनका लागि गएको । फेरी त्याहा पनि टेन्सन । आर्ट सेन्टरको मान्छे यति व्यस्त कि उसलाई मेरो कुरा सुन्न कुनै फुस्रदै थिएन । आफैले औजार खोजेर नम्वर प्लेट बनाउन दिए । दुइसय पचास लाग्छ । फुस्रद छैन पर्शी आउनु । आर्ट सेन्टरकी सहयोगीले एउटा विल थमाइदिइन् र भनिन ट्राफिकले किचकिच गरे यहि विल देखाउनु होला ।

काठमाण्डौमा सार्वजनिक सावारी साधनको यात्रा सहज छैन । अझ त्यसमाथि मिडियमा काम गर्ने मान्छे । अलि बढि नै व्यस्त होइन्छ । त्यसैले पाँच बर्ष देखि मैले मोटर साइकल प्रयोग गर्दै आइरहको छु । घण्टौ लाइनमा बसेर तेल हाल्नु राजश्व बुझाउन पहिला खाजश्व खुवाउनु कहिले दुइवटा हेल्मेटको व्यवस्था गर्नु कहिले कालो भाइजर हटाउनु अनि अव नयाँ बखेडा नम्वर प्लेट आतंक । मोटर साइकल चालकले विगत केहि वर्ष देखि यस्तै सास्ति खेप्दै आएका छन् । र म पनि यी मध्ये केहि समस्याबाट पिडित हुँ र छु । मैले चढेको मोटर साइकलले राज्यलाई बर्ष बर्षमा राजश्व तिर्छ । मेरो दैनिक कामलाई सहज बनाइदिएको छ । तर पनि किन किन आजकाल मलाई मोटरसाइकल चढेर जघन्य अपराध गरेको बोध भइरहेको छ । अव मोटरसाइकल बेचेर साइकल चढौकि भन्ने सोच्दै छु तर के थाहा भोलि फेरी साइकल चढ्नेले पनि यस्तै सास्ति खेप्नु पर् यो भने यदि त्यसो भयो भने मेरा दुइ खुट्टे साधन त मसँगै छन् । यसमा त यी नियमहरु लागु हुदैनन होला नि !

Wednesday, February 23, 2011

२७ घन्टामात्रै बिजुली


सरकारमा बस्नेहरूको दृष्टिकोण संकुचित भएपछि राज्यको नीति गरिबमारा हुन पुग्दोरहेछ। लोडसेडिङको समयतालिका यसको एउटा उदाहरण हो। नेपाल विद्युत् प्राधिकरणले जारी प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार काठमाडौंमा दिनको १४ घन्टा बिजुली आउँदैन।
घरेलु उपभोगका लागि बिजुली चाहिने सामान्यतः बिहान ५ बजेदेखि १० बजेसम्म र साँझ पनि लगभग त्यति नै समय हो। अर्थात् दिनको १० घन्टा नै हो। तर, बिजुली आउने समयमा गौर गर्ने हो भने सातामा अधिकांश दिन घरेलु उपभोक्तालाई चाहिने बेलामा आउँदैन।
म बस्ने गोँगबु आवास क्षेत्र लोडसेडिङको समूह ५ मा पर्छ। त्यहाँ आइतबार बिहान ८ बजे बिजुली जान्छ र साँझ पनि ६ बजे जान्छ। यसको अर्थ चाहिने समयमा जम्मा ४ घन्टा आउँछ। सोमबार बिहान ६ बजे र साँझ ५ बजे जान्छ। अर्थात् बिहान १ घन्टामात्र बिजुली काम लाग्छ। मंगलबार त झन् बिहान बेलुकै ४ बजे जान्छ। त्यस दिन बिजुली आउनुको कुनै अर्थ हुँदैन। कामकाजी दम्पती र विद्यालय जाने केटाकेटी रहेछन् भने तिनले मंगलबार बिजुली देख्दैननन्। बुधबार बिहान ९ बजे आउने बिजुली साँझ ३ बजे जान्छ। त्यस दिन बिहान ४ घन्टा बिजुली काम लाग्छ। बिहीबार बिहान ८ बजे आउँछ र साँझ पनि ८ बजे नै आउँछ। त्यस दिन ४ घन्टा बिजुलीको मुख देख्न पाइने रहेछ। सुकबार बिहान ५ बजे आउँछ र बेलुका १० बजे जान्छ। त्यस दिन भने चाहिने जति समय बिजुली आउने रहेछ। शनिबार बिहान बेलुकै ८ बजे बिजुली आउने हुनाले ४ घन्टा काम लाग्छ।
यसरी हेर्दा सातामा विद्युत् प्राधिकरणले ७० घन्टा बिजुली दिएको दाबी गरे पनि घरेलु प्रयोगकर्तालाई काम लाग्ने चाहिँ २७ घन्टामात्रै हो। जनतालाई १० घन्टा बिजुली आउँछ भनेर किन ढाँट्नु< बरु काम लाग्ने बेलामा दिनको ३ घन्टामात्रै दिए हुन्छ। आखिर लोडसेडिङविरुद्ध त के शिक्षा र स्वास्थ्यजस्ता आधारभूत अधिकार उपलब्ध नभए पनि नेपाली जनता सडकमा आउँदैनन्। राजनीतिबाहेक हामीलाई अरू विषयको खासै चासो जो छैन। हुनत, नेपालका २० प्रतिशत जनताले पनि बिजुली पाएका छैनन्। सहरमा बस्नेहरू १५ प्रतिशत जतिका लागि यो लोडसेडिङले पिर्ने हो। त्यसमा पनि पानी खान पनि बिजुली चाहिने त काठमाडौं सहरमा मात्रै होला। त्यसका लागि सरकारले टाउको किन दुखाउने भन्ने सोच पनि होला। त्यसलाई गलत नभन्ने हो भने पनि जनतालाई ढाँट्नु चाहिँ त बदमासी नै हो। यो तालिका सबै तिर लागू हुन्छ। दिनमात्रै बदलिन्छ।
गोंगबु आवास क्षेत्रमा एक दिन बिराएर बिहान ७ बजेतिर पानी आउँछ। मोटर लगाएर नताने धेरैको ट्यांकीमा पानी जाँदैन। मोटरले तान्न बिजुली हुँदैन। सक्नेले जेनेरेटरको जोहो गर्न थालेका छन्। नसक्नेका लागि पानी किन्नुको विकल्प हुँदैन। बिजुली नहुँदा खाने पानी पनि पाइएन। पानीमात्रै पनि जमिनको ट्यांकीमा सम्म जाने भए बिजुली आएको मौका छोपेर छानाको ट्यांकीमा तान्न सकिने थियो। त्यसमाथि अहिले धेरै ठाउँमा नजिकै बोरिङ गरेर पानी निकाल्ने गरिन्छ। बिजुली नभएपछि बोरिङ पनि हुँदैन। पानी पनि आउँदैन। स्कुले नानीहरूले घरको सजाय भुक्तान गर्न सक्तैनन्। दिनहुँ खप्टिँदै जान्छ। मामुहरूले लुगा धोइदिन भ्याउँदैनन्। बाबाहरूलाई पानी र मैन बत्ती किन्ने झ्याउलो थपिन्छ। अर्थात्, चाहिने बेलामा बत्ती नपाउँदा घरको साँगै खलबलिन्छ।
बत्ती देऊ भन्नुको अर्थ छैन। धनीहरूले आआफ्नो बन्दोबस्त मिलाएकै छन्। सरकारी पदाधिकारीलाई राज्यकै ढुकुटीबाट बन्दोबस्त भएको छ। अलि नाम चलेका केही डाक्टरहरूलाई त औषधि निर्माताहरूले घरमा टिभी हेर्न सकिने क्षमताको सोलार जोडिदिएका छन् रे। सडकमा जाने फुर्सद पनि नभएका मर्कामा पर्ने त सामान्य जनता न हुन्।
सायद, यसैले विद्युत् प्राधिकरणले पनि पेलेको हो। नत्र बरु दिनको ४ घन्टा नै सही चाहिने बेलामा बिजुली दिनुपर्ने हैन। नेपालको बिजुली भनिन्छ, कसैको झोला छ, कसैको खोलामै छ। पानीको किनबेच र खोसाखोस छ। हाकिमहरूलाई सदर गर्दा पनि पैसै छ। बदर गर्दा पनि पैसै छ। बनाउँदामात्र हैन किन्दा पनि कमिसन आउँछ। जनताले जस्तै कष्ट ठालुहरूलाई पनि हुने हो भने केही बन्दोबस्त हुन्थ्यो कि।

नेपाल आएकोमा गर्व गरे ब्रायनले

ट्वीटरका साथ ब्रायनको सोल्टी बसाइ-
कृष्ण ढुंगाना, काठमाडौं, फागुन ७- केही समयअघि काठमाडौं अवतरण गरेका क्यानेडियन रक गायक ब्रायन एडम्सले नेपाल आएकोमा गर्व गरेका छन्। प्रजातन्त्र दिवसको दिन राजनीतिक नेताहरुको बेवास्ता गर्दै भव्य स्वागत गर्ने नेपालीहरु देखेर दंग ५३ वर्षे गायकले सोल्टीबाट गर्वका साथ ट्वीटरमा अपडेट गरेका छन्- 'हामी नै नेपालमा गाउने पहिलो पश्चिमी बेन्ड हौं।'
कडा सुरक्षाका साथ विमानस्थलबाट सोल्टी पुगेका ब्रायनले फ्यानहरुसँग साक्षत्कार गर्नसक्ने अवस्था रहेन। धन्य ट्वीटर ! सोल्टीको आरामदायी रुममा बसेर यी रक स्टार फ्यानहरुलाई शान्त पारिरहेछन्। 'मलाई थाहा छ, यो यात्रा असाध्यै रोमाञ्चक भएको भयो', आफ्नो ढाका कन्सर्ट बारे सम्झाउँदै एकजना फ्यान आस्थालयले ब्रायनका लागि बंगलादेश यात्रा पनि त पहिलो पश्चिमी बेन्डकै रुपमा भएको थियो नि भनेर लेखेकोमा उनले प्रतिक्रिया दिएका छन्।
प्रजातन्त्र दिवसको दिन नयाँ हिरोको रुपमा काठमाडौं आएका रक स्टारको ट्वीटर पछ्याउँदै धेरै नेपालीहरुले लेखेका छन्- 'नेपालमा तिमीलाई न्यानो स्वागत छ।' बाहिरको संसारमा सुरक्षाको समस्या भए पनि ट्वीटरमा ब्रायन निकै उन्मुक्त देखिन्छन्। सोल्टी होटल पुगेको पहिलो एक घण्टामा उनले आफ्नो ट्वीटर तीन पटक अपडेट गर्न भ्याएका छन्।
काठमाडौं विमानस्थलको स्वागत पनि ब्रायनलाई भव्य लागेछ। एकजना फ्यानको आग्राहमा तस्विर ट्वीट गर्दै ब्रायनले लेखेका छन्- 'नेपालको कन्सर्टका लागि विमानस्थलमा उत्रँदा भव्य स्वागत।' प्रहरीको कडा सुरक्षा, सञ्चारकर्मी र सर्वसाधारणको ठूलो भिड देखिनेगरी खिचेको सो तस्विर उनी आफैँले खिचेको जस्तो देखिएको छ। ब्रायन फोटोग्राफीका सौखिन हुन्।