Friday, March 4, 2011

पशुपतिमा छिल्लिएका साधु

पशुपतिक्षेत्र काठमाण्डौं

यहि पशुपतिनाथको मन्दिर परिसर हो जहाँ भ्यालेन्टाइन डे मा प्रेमलाप गरेको जघन्य आरोपमा थुप्रै प्रमिहरुलाई समातेर जरिवाना तिराइएको थियो । अनि कतिलाई लाठ्ठि चार्ज गर्दै भगाइएको थियो । तर शिवरात्रीका दिन पशुपतिनाथको मन्दिर परिसर गाँजामय बनेको छ । खुलमखुल्ला कानुनले प्रतिवन्धित गरेको लागुऔषध बिक्क्री वितरण भइरहेको छ । अझ गजवको कुरा त त्यहि आसपास बर्दिधारी प्रहरीहरु हातमा डण्डा लिएर घुमिरहेका छन् । उनीहरुको सामुन्ने गाँजा बिक्क्री भइरहेको छ । युवाहरु गाँजा तानिरहेका छन् तर यसमा उनीहरुको कुनै प्रतिकिर्या  छैन ।


जय शम्भो………ए पार्वती इधर देखो …, 
सेताम्मे फुलेका जटाधारी लामा लामा केश र दाह्री अनि जीउ भरि खरानी दलेका साधुले बाटामा हिड्दै गरेका युवतिलाई यस्तै शब्दले बोलाउँदै थिए । शिवरात्रीमा दर्शन गर्न र घुम्ने उदेश्यले पशुपति पुगेका युवतिहरु छिल्लिएका साधुका यस्ता सम्बोधनले लाजले राता काला हुदै हिडिरहेका थिए । तर पनि नसामा लठ्ठिएका साधुहरुका यस्ता हरकत रोकिएनन् । शिवरात्रीको अघिल्लो दिन टेलिभिजनका लागि केहि दृष्य छायंकन गर्ने उदेश्यका साथ क्यामरापस्रन साथी संजय खनालका साथ करिव दुई घण्टा म पशुपतिमा थिए । त्यहि समय गाँजामा लठ्ठिएका साधुहरुका यस्तै वाहियात हरकत गरिरहेका थिए । तीर्थालु बटुवा उनीहरुका यी सबै हरकत सुने नसुनेझै गरि हिडिरहन्थे ।
शिवरात्रीको माहोल हो । त्यसैले पशुपतिमा साधु सन्त देखि उनीहरुका चर्तिकला हेर्न थुप्रै स्वदेशी र विदेशीहरुको चहलपहल छ । यहि माहोलमा ती बयोबृद्ध साधुको यस्तो हरकत देख्दा म चकित थिए । अन्य बटुवाहरु पनि भन्दै थिए यी त कलियुगका नाममात्राका साधु सन्त हुन । यीनहरुको वास्तविकता त अर्कै छ ।
मेरा क्यामरापस्रन साथी पशुपति आसपासका दृष्य कैद गर्न व्यस्त थिए । मै चै साधु सन्तहरुको चर्तिकला हेर्दे र ती मध्ये केहीको तस्वीर क्यामरामा कैद गर्न लागिरहेको थिए । बनकाली क्षेत्रमा कोहि विस बर्ष देखि एक खुट्टाले मात्रै उभिएका कोहि शिवजीलाई एक हात चढाएर आकाश तिर फर्काएका कोही फलफूल मात्रै खाने कोहि दूधहारी यस्तै विभिन्न नामधरी साधु आ आफना आसन जमाएर बसेका थिए । तर ती मध्ये केहि साधुहरु आफना मुखमा आए जति सबै खाले भल्गर शब्द ओकली रहेका थिए । खासगरी बाटामा सुन्दर युवतिको आवत जावत हुने समयमा ती साधुहरु यस्ता शब्दको प्रयोग गरिहेका हुन्थे । करिव दुई घण्टा पशुपतिमा साधुहरुकै आसपासमा विताइरहदाँ म साधु सन्तको यस्ता गतिविधिबाट चकित परिरहेको थिए । 

भगवानको भक्तिका लागि सांसारिक मोह त्याग गरेर हिड्ने व्यक्ति साधु हुन-मैले घर आएर शब्दकोष पल्टाएर साधुको परिभाषा हेंरे । तर मैले पशुपतिमा देखेका थुप्रै साधुहरुका हकमा यो परिभाषा उल्टो थियो । मन्दिर घुम्न आएका युवतिहरुलाई जथाभावि भनिरहेका थिए । पैसाका लागि उनीहरु गाँजा वेचिरहेका थिए । साधुहरुको गाँजाको धन्दा पनि बर्णन गर्न लायक छ । शिवरात्रीका दिन शिबबुटी भन्दै थुपै्र युवाहरु साधुहरुसँग गाँजा किनिरहेका थिए । साधुहरु दश रुपैयाँ लिएर गाँजा भरेको एक खिल्ली चुरोट बेचिरहेका थिए । बाबाले बेच्ने गाँजामा पनि भयंकर मिसावट शिवबुटी खरिद गरेर स्वाद लिइरहेका गाँजाका भुक्त भोगि नेपाली युवाहरु यसै भन्दै थिए । यहि मेसोमा हामीले पनि एक खिल्ली बुटि किन्यौ । हामी म र मेरा क्यामरापस्रन साथी दुवै जना गाँजा त परै जाओस चुरोटको सर्को सम्म पनि तान्दैनौ । तैपनि बाबाको बुटीको तथ्य पत्ता लगाउन दश रुपैयाँ तिरेर किनियो ।

यहि पशुपतिनाथको मन्दिर परिसर हो जहाँ भ्यालेन्टाइन डे मा प्रेमलाप गरेको जघन्य आरोपमा थुपै्र प्रमिहरुलाई समातेर जरिवाना तिराइएको थियो । अनि कतिलाई लाठ्ठि चार्ज गर्दै भगाइएको थियो । तर शिवरात्रीका दिन पशुपतिनाथको मन्दिर परिसर गाँजामय बनेको छ । खुलमखुल्ला कानुनले प्रतिवन्धित गरेको लागुऔषध विकि्र वितरण भइरहेको छ । अझ गजवको कुरा त त्यहि आसपास बर्दिधारी प्रहरीहरु हातमा डण्डा लिएर घुमिरहेका छन् । उनीहरुको सामुन्ने गाँजा बिक्क्री भइरहेको छ । युवाहरु गाँजा तानिरहेका छन् तर यसमा उनीहरुको कुनै प्रतिकि्रया छैन । 

शिवरात्री मेलामा पशुपतिमा आउने साधुसन्तलाई यहाँको सरकारले उल्टै गाँजा दिने चलन विद्यमान छ । धर्मगर्न आउने साधुलाई धार्मिक काम गर्न सुविधा दिइनु पर्छ । तर समाजलाई नकरात्मक बाटोमा डोहोर्याउने गाँजाको प्रबर्धन गर्न प्रोत्साहन गर्ने होइन । ठिकै छ शिवरात्रीमा शिवले गाँजा खान्छन् रे उनको भक्तिमा रहन साधु सन्तलाई पनि गाँजा चाहिन्छ र दिनु पर्छ रे तर त्यो गाँजा ओठ निर्चाेदा दूध आउने कलिला युवाहरुलाई शिव बुटिका नाममा विकि्र गर्न होइन । न त नसामा लठ्ठिएर युवतिहरुलाई छेडछाड गर्ने उन्मुक्ति दिन । भगवान्को प्रांगण पशुपति मा प्रेमलाप गर्न चाहि मिल्दैन तर यहाँ गाँजाको व्यापार गर्न भने छुट छ । लौ पशुपतिनाथ पहिला आफ्नो डगमगाउन लागेको इज्जत बचाउनुहोस् त्यसपछि श्रद्धालुको माग पुरा गर्नुहोला । जय शम्भो !


No comments:

Post a Comment