![]() |
| फिल्मको मुख्य कथा यहि सेतो पोथीमा घुमेको छ । तस्वीर इन्टरनेटबाट |
फिल्मको पुरै कथा सेतो पोथिमा घुमेको छ तर शिर्षक कालो पोथी जुराइएको छ । यो त जुन गोरुको सिंग छैन उसैको नाम तीखे भनेजस्तै भएन र ?
कतिपय कलाकर्मि तथा समिक्षकले कालो पोथि फिल्म नेपाली इतिहासमै उत्कृष्ट भनेर प्रचारबाजी गरे । सामाजिक संजालहरुमा यसैको चर्चा भइरहेको छ । अनलाइन तथा मूलधारे संचार माध्याममा यहि फिल्मको चर्चा छ । अन्तराष्ट्रिय पुरस्कार जितेको फिल्म, महंगो मूल्यमा नेपालमा प्रर्दशनको अधिाकार किनिएको फिल्म यस्ता धेरै समाचारहरु र प्रचारहरु आइरहेका छन् । पत्रकार दिपक भट्टराईको शब्द सापटि लिनु पर्दा यो फिल्म नहेरे सोसाइटीमा नपरिने डर भो । त्यसैले अफिसकै काम छोडेर फिल्म हेर्न गइयो । तर फिल्म प्रचार गरे जस्तो उत्कृष्ट लागेन । त्यसैले फिल्मको बारेमा केहि लेख्न मन लाग्यो र लेख्दैछु ।




