२ विकल्प
कतार र काठमाडौँ मध्य
धेरै साथीहरुले कतार रोजे
मैले काठमाडौँ रोजे
त्यस पछि.........
साथी हरु कतार छिरे
म काठमान्डु छिरे
उनिहरु मुल्यबान पैसा कमाउन थाले
म मुल्यहींन सर्टीफिकेट कमाउन थालेउनीहरु फलाम र सिमेन्ट थुपार्न थाले र घर बनाए
म किताब र कापी थुपार्न थाले र डेरा साघुरो बनाए
उनीहरुले बिहे गरे र सम्बन्ध हरु विस्तार गरे
मैले बेस्ततामा आत्मिय मित्रहरु गुमाए र सम्बन्धहरु टुटाउदै गए
उनीहरुले बच्चा पाउन थाले
मैले मानसिक तनाब थोपर्न थाले
उनीहरु लाई समाजले चिन्न थाल्यो
म शहरको अध्यारो डेरामा येक्लिन थाले
उनीहरुलाई समाजले पुरस्कार र मालाले बिभुसित गर्यो
म तेही कार्येक्रमको एक कुनामा मुकदर्सक बने
उनीहरुको जिबनको सार्थकता बर्तमान मा देखिन्छ
म चाउरिन थालेको निधार समातेर भबिस्य खोज्दईछु
उनीहरु सक्रिय जिबन बाट बिश्राम को बारे सोच्दैछन
म सक्रिय जिबनको खोजीमा सडकमा ऒर्लदॆछु !!
(फेसबुकबाट साभार गरिएको हो )
No comments:
Post a Comment