Sunday, February 7, 2010

साच्चै सुधि्रएछ सुरक्षा राजधानीको !

2066-10-24
Kathmandu 
मुलुकका कुनै पनि भागमा रोग वा अन्य कुनै कारणले मानिसको मृत्यु भएको होस रेडियो नेपालले फुक्ने त्यो खवरले िसंगो गाउँमा खैला बैला मच्चिन्थ्यो । आफुले चिन्दै नचिनेको एक जना नेपाली मारिएको त्यो खवरले केवल मेरो गाउँ मात्र होइन मेचि देखि कालीसम्मका सबै गाउँघरमा चर्चा पाउँथ्यो ऊ बेला ।
असुरक्षित बन्दैछ काठमाण्डौ खाल्टो कुरा करिव २ दशक जति अघिको हो । मेरो मस्तिष्कमा आजसम्म पनि यो कुरा ताजै छ । मुलुकका कुनै पनि भागमा रोग वा अन्य कुनै कारणले मानिसको मृत्यु भएको होस रेडियो नेपालले फुक्ने त्यो खवरले िसंगो गाउँमा खैला बैला मच्चिन्थ्यो । आफुले चिन्दै नचिनेको एक जना नेपाली मारिएको त्यो खवरले केवल मेरो गाउँ मात्र होइन मेचि देखि कालीसम्मका सबै गाउँघरमा चर्चा पाउँथ्यो ऊ बेला । मलाई लाग्छ २०५० सालको आसपासमा यो संसारमा आएका हाम्रा पछिल्ला पिडिलाई सायद यो कुरा अचम्म लाग्छ होला सोध्नुस आफना अग्रजहरुलाई । तर अहिले मूलुकको राजधानीमै दिन दाहाडै मानिस मारिइरहन्छन । यो काठमाण्डौ खाल्टोमा मूलुकका सबै सुरक्षा निकायको केन्द्रिय अड्डा अनि राष्ट्र हाँक्ने अभिभारा लिएका राज्यका कथित साचालकहरुको ठूलै उपस्थिती र जमघट रहेकॊ छ । त्यसैले यहाको सुरक्षाको संवेदनशिलता कति छ भनेर मैले शब्दले भनिरहनु नपर्ला । तर पनि यहि संवेदनशिल ठाउँमा अहिले संवेदनहिन मानिसहरुको उपस्थिती बाक्लिदो छ । सायद त्यसैले होला आज फेरी राजधानिमा एकजना मानिसको दिनदाहाडै हत्या भयो । उनको विगत कस्तो थियो उनको पेशा ब्यवसाय र संलग्नताका बारेमा म त्यत्तिधेरै जानिफकार छैन तर एउटा नेपाली र झण्डै २ दशक देखि यहि काठमाण्डौ खाल्टोमा बस्दै आइरहेको नाताले उनको हत्याले मलाई केहि प्रश्नले घच्घच्याइरहेका छन् । करिव ४० लाख मानिसहरु बसेको अनुमान गरिएको याहाको सुरक्षामा किन यति विघ्न लापरबाहि छ अनि किन मानिसहरु यसरी मानविय संवेदना गुमाउदै छन् प्रश्नका लस्करहरु धेरै छन् तर यी केहि यक्ष प्रश्न हुन जस्को जवाफ मैले दिन सकिरहेको छैन ।
राष्ट्रपति निवास नारायणहिटि संग्राहलय र प्रहरी प्रधान कार्यालयबाट नजिकै कुटनितीक नियोगकै सामुन्ने राजधानी काठमाण्डौमा अन्धाधुन्ध गोलि चल्छ अनि दिनदाहाडै मानिस मारिन्छन् । प्रहरी प्रशासनको नाकै मुनिबाट अपराधिहरु फरार हुन्छन तर पनि राज्य संवेदनशिल बन्दैन । हत्यको विरोधमा नारा जुलुस र अन्तत बन्दको आयोजना गरियो भने मात्रै राज्यले यसलाई केहि गम्भिरता दिन्छ । अनि एउटा छानविन समिती गठन गर्ने र पिडितलाई क्षतिपूर्ति दिने निर्णय गर्छ तर पनि अपराधि पकि्रएर कारवारी गर्न कुरा केहि दिनमै सेलाउँछ । समितिले छानविन गरेर रिर्पाेट दिन्छ दिदैन रिर्पाेटमा के छ त्यो त धेरै परको कुरा केहि समय पछाडी यी सबै कुरा सामान्य बन्छन अर्काे घटना नदोहोरिएसम्म सायद यी कुरा जमिम शाहाको हत्याकाण्डमा पनि दोहोरिने छन । आखिर सरकार पनि यति विघ्न निरिह किन बनिरहेको छ खै मैले बुझन सकिन । एक आम नागरिकले राज्यबाट सुविधा पाउने त परकै कुरा आफनो दुख गरेर जीविका चलाउछु भन्दा पनि नपाउने अवस्था छ देशमा आखिर किन ? यस्लाई हेर्दा लाग्छ प्रधानमन्त्रि माधव नेपालले भनेझै साच्चै सुधि्रएछ सुरक्षा राजधानीको तर आम नागरिकका लागि हैन डन र माफियाहरुका लागि .

Wednesday, February 3, 2010

जनताले किन तिर्ने कर ? No TaX Please !

2066-10-20 Kathmandu
देशमा लगानीको वाताबरण छैन त्यसैले नयाँ उधोग धन्दा खुल्न सकेका छैनन भएकै कतिपय उद्योगहरु बन्द हुने अवस्थामा छन । निर्यात द्धट्दो छ आयातको परिमाण बढेको बढैछ । रेमिटायान्स र पर्यटन ब्यवसायले धानिरहको यहाकाँको आर्थिक विकास लाई सरकारले अब जनताबाट समेत विभिन्न बाहानामा कर असुलेर पुरा गर्ने लक्ष्य बनाएको छ । एकातिर बेरोजगारी अनि अर्काेतिर सगरमाथाको उचाई छुने गरी बढेको महंगिले आक्रान्त बनेका नेष्पाली जनताले अव काहाँबाट ल्याएर कर तिर्नु । अर्काे तर्फ जनताले तिरको करले चिल्ला गाडी चढ्ने र विदेशमा डलर खाएर घुम्न बानि परक हाम्रा पि्रय नेता र मन्त्रि जी हरुले यसको किन मौन समर्थन गरिरहेका होलान भनेर अलिहे पो बुझे मैले त.....

Tuesday, February 2, 2010

हद भयो यार !

066-10-19 Kathmandu
हिजो राति टिचिङबाट सन्तोष भाईको पल्सर हरायो । मलाई त साह्रै दिक्क लागेको छ यो देशको चाला देखेर काहि कतै सुरक्षा भन्ने कुरा छैन उफ यस्तै हो भने अव शान्ति खोज्न फेरी ..... जानु पर्ला जस्तो छ ।

प्रहरी प्रसाशन आफै सुरक्षित छैन उनीहरुबाट हामी जनताले कसरी सुरक्षाको अपेक्षा गर्ने । लौन अब त अति भयो यस्तो अवस्थाबाट हामीलाई मुक्ति चाहियो ।