Sunday, February 7, 2010

साच्चै सुधि्रएछ सुरक्षा राजधानीको !

2066-10-24
Kathmandu 
मुलुकका कुनै पनि भागमा रोग वा अन्य कुनै कारणले मानिसको मृत्यु भएको होस रेडियो नेपालले फुक्ने त्यो खवरले िसंगो गाउँमा खैला बैला मच्चिन्थ्यो  आफुले चिन्दै नचिनेको एक जना नेपाली मारिएको त्यो खवरले केवल मेरो गाउँ मात्र होइन मेचि देखि कालीसम्मका सबै गाउँघरमा चर्चा पाउँथ्यो  बेला 
असुरक्षित बन्दैछ काठमाण्डौ खाल्टो कुरा करिव दशक जति अघिको हो मेरो मस्तिष्कमा आजसम्म पनि यो कुरा ताजै मुलुकका कुनै पनि भागमा रोग वा अन्य कुनै कारणले मानिसको मृत्यु भएको होस रेडियो नेपालले फुक्ने त्यो खवरले िसंगो गाउँमा खैला बैला मच्चिन्थ्यो आफुले चिन्दै नचिनेको एक जना नेपाली मारिएको त्यो खवरले केवल मेरो गाउँ मात्र होइन मेचि देखि कालीसम्मका सबै गाउँघरमा चर्चा पाउँथ्यो बेला मलाई लाग्छ २०५० सालको आसपासमा यो संसारमा आएका हाम्रा पछिल्ला पिडिलाई सायद यो कुरा अचम्म लाग्छ होला सोध्नुस आफना अग्रजहरुलाई तर अहिले मूलुकको राजधानीमै दिन दाहाडै मानिस मारिइरहन्छन यो काठमाण्डौ खाल्टोमा मूलुकका सबै सुरक्षा निकायको केन्द्रिय अड्डा अनि राष्ट्र हाँक्ने अभिभारा लिएका राज्यका कथित साचालकहरुको ठूलै उपस्थिती जमघट रहेकॊ त्यसैले यहाको सुरक्षाको संवेदनशिलता कति भनेर मैले शब्दले भनिरहनु नपर्ला तर पनि यहि संवेदनशिल ठाउँमा अहिले संवेदनहिन मानिसहरुको उपस्थिती बाक्लिदो सायद त्यसैले होला आज फेरी राजधानिमा एकजना मानिसको दिनदाहाडै हत्या भयो उनको विगत कस्तो थियो उनको पेशा ब्यवसाय संलग्नताका बारेमा त्यत्तिधेरै जानिफकार छैन तर एउटा नेपाली झण्डै दशक देखि यहि काठमाण्डौ खाल्टोमा बस्दै आइरहेको नाताले उनको हत्याले मलाई केहि प्रश्नले घच्घच्याइरहेका छन् करिव ४० लाख मानिसहरु बसेको अनुमान गरिएको याहाको सुरक्षामा किन यति विघ्न लापरबाहि अनि किन मानिसहरु यसरी मानविय संवेदना गुमाउदै छन् प्रश्नका लस्करहरु धेरै छन् तर यी केहि यक्ष प्रश्न हुन जस्को जवाफ मैले दिन सकिरहेको छैन
राष्ट्रपति निवास नारायणहिटि संग्राहलय प्रहरी प्रधान कार्यालयबाट नजिकै कुटनितीक नियोगकै सामुन्ने राजधानी काठमाण्डौमा अन्धाधुन्ध गोलि चल्छ अनि दिनदाहाडै मानिस मारिन्छन् प्रहरी प्रशासनको नाकै मुनिबाट अपराधिहरु फरार हुन्छन तर पनि राज्य संवेदनशिल बन्दैन हत्यको विरोधमा नारा जुलुस अन्तत बन्दको आयोजना गरियो भने मात्रै राज्यले यसलाई केहि गम्भिरता दिन्छ अनि एउटा छानविन समिती गठन गर्ने पिडितलाई क्षतिपूर्ति दिने निर्णय गर्छ तर पनि अपराधि पकि्रएर कारवारी गर्न कुरा केहि दिनमै सेलाउँछ समितिले छानविन गरेर रिर्पाेट दिन्छ दिदैन रिर्पाेटमा के त्यो धेरै परको कुरा केहि समय पछाडी यी सबै कुरा सामान्य बन्छन अर्काे घटना नदोहोरिएसम्म सायद यी कुरा जमिम शाहाको हत्याकाण्डमा पनि दोहोरिने छन आखिर सरकार पनि यति विघ्न निरिह किन बनिरहेको खै मैले बुझन सकिन एक आम नागरिकले राज्यबाट सुविधा पाउने परकै कुरा आफनो दुख गरेर जीविका चलाउछु भन्दा पनि नपाउने अवस्था देशमा आखिर किन ? यस्लाई हेर्दा लाग्छ प्रधानमन्त्रि माधव नेपालले भनेझै साच्चै सुधि्रएछ सुरक्षा राजधानीको तर आम नागरिकका लागि हैन डन र माफियाहरुका लागि .

No comments:

Post a Comment