Saturday, December 19, 2015

जिबनको खोजीमा


Er Nabin Chandra Ghimire 

7 वर्ष पुरा भएछ एस एल सी पछि
२ विकल्प
कतार र काठमाडौँ मध्य
धेरै साथीहरुले कतार रोजे
मैले काठमाडौँ रोजे
त्यस पछि.........
साथी हरु कतार छिरे
म काठमान्डु छिरे
उनिहरु मुल्यबान पैसा कमाउन थाले
म मुल्यहींन सर्टीफिकेट कमाउन थाले

Sunday, November 15, 2015

Steve jobs’ Last Words -

The wealth I have won in my life I cannot bring with me.
I reached the pinnacle of success in the business world.
In others’ eyes, my life is an epitome of success.
However, aside from work, I have little joy. In the end, wealth is only a fact of life that I am accustomed to.
At this moment, lying on the sick bed and recalling my whole life, I realize that all the recognition and wealth that I took so much pride in, have paled and become meaningless in the face of impending death.
In the darkness, I look at the green lights from the life supporting machines and hear the humming mechanical sounds, I can feel the breath of god of death drawing closer…
Now I know, when we have accumulated sufficient wealth to last our lifetime, we should pursue other matters that are unrelated to wealth…
Should be something that is more important:
Perhaps relationships, perhaps art, perhaps a dream from younger days ...
Non-stop pursuing of wealth will only turn a person into a twisted being, just like me.
God gave us the senses to let us feel the love in everyone’s heart, not the illusions brought about by wealth.
The wealth I have won in my life I cannot bring with me.
What I can bring is only the memories precipitated by love.

Friday, November 6, 2015

धनीले निम्त्याएका संकट

रुद्र पंगेनी रिपब्लिका अंग्रेजी दैनिकको अर्थ ब्युरोसँग अावद्ध छन्। 

नीहरु आफ्नै गाडी चढ्छन््। बैंकले खेती गर्न ऋण माग्न जाँदा १५/१६ प्रतिशतसम्म ब्याज माग्छ तर धनाढ्य र नवधनाढ्यहरुलाई कार किन्न आधा सस्तो ब्याजमा ऋण दिन्छ। समाजले त्यसैलाई सम्पन्नतामा मापन गर्छन् तर त्यो सम्पन्नताले मुलुकको अर्थव्यवस्थालाई कसरी थिलथिलो पारेको छ भन्ने चर्चा आवश्यक छ।

देशभित्रै रोजगारी नपाएर खाडीमा ४५ डिग्रीमा पसिना चुहाएर ल्याएको विदेशी मुद्रा नेपाल राष्ट्र बैंकले गाडी आयातकर्तालाई दिन्छ, नेपालमा सबैजसो आयातकर्ता मोटाएको जगजाहेरै छ अर्थतन्त्रलाई सुकेनास रोग लागे लागोस् भन्ने शैलीमा। अनि तिनै आयातकर्ताले तिरेको करमा अर्थ मन्त्रालयका पण्डितहरु राज्यको ढुकुटी गन्ती गर्छन्, बजेट निर्माणका महात्म्य गाउँछन्। आयातकर्ताको ऋणमा ब्याजदर त झन् गाडी किन्नेको भन्दा सस्तो छ।
अर्को वर्ग पनि छ जो मोटरसाइकलमा अडेको। कारजस्तै बाइक किन्न पनि सस्तो ऋण पाइन्छ। आयातकर्ताले मोटरसाइकल जति ल्याएर बेचे पनि पाइन्छ। गएको एक दशकमा मोटरसाइकलको आयात पाँच गुनाले अर्थात् वार्षिक २० प्रतिशत बढेको छ तेल आयात पनि त्यही अनुपातमा बढ्ने नै भयो। कारको आयात पनि दशकमा दोब्बर बढी भइसकेको छ। राष्ट्र बैंकका बुज्रुकहरुले खाडीको पसिनाले भिजेको बाँकी डलर पनि तिनै मोटरसाइकल आयातकर्तालाई दिन्छन्, अझ भनौँ डलर बेचेर भारु साटेर भए पनि दिन्छन्। जथाभावी कुनै योजना र दिशानिर्देशबिना मोटरसाइकल र गाडी आयात गर्न दिएका राष्ट्रिय योजना आयोग, वाणिज्य र अर्थ मन्त्रीहरुले आयातकर्तालाई कति गुन लगाए, गुनको साफोनाफो के/कति बुझे भन्ने हिसाब जरुरी छ। जसले आज मुलुकलाई परजीवी बनाएको भने पक्का हो।
इन्धन प्रयोगमा अदक्ष
मोटरसाइकलले सार्वजनिक साना मिनिबसले भन्दा करिब १० गुना बढी इन्धन खपत गर्छन् र करिब १५ गुना बढी इन्धन खपत गर्ने कार ह्वारह्वार्ती ल्याउन दिएर मुलुक उदार अर्थतन्त्रमा गएको प्रमाण पेश गरिन्छ। गणना गर्ने हो भने एउटा ठूलो बसले ४५ देखि ६० जना यात्रु बोकेर प्रतिलिटर इन्धनमा १० किलोमिटरको दूरी यात्रा गराउँछन् तर ऊर्जा खपत विज्ञ तथा प्रोफेसर अमृतमान नकर्मीका अनुसार ती सबै यात्रुलाई मोटरसाइकलमा उक्त दूरी पार गर्नुपर्योय भने करिब १० लिटर इन्धन खपत हुन्छ, मोटरसाइकल पनि त्यति नै संख्यामा चाहिन्छ अर्थात् इन्धन प्रयोगको दक्षतामा १० गुणाले ह्रास आएको छ। कारले मोटरसाइकलले भन्दा ५० प्रतिशत बढी इन्धन खपत गर्छ अर्थात् ठूला बसले भन्दा १५ गुना बढी। अब आफँै हिसाब गरौँ, आजको इन्धन संकट धनीले चढ्ने कार र मोटरसाइकलले गर्दा निम्तिएको हो। ठूला सार्वजनिक यातायात व्यवस्थित गर्ने हो मुलुकमा इन्धन खपतमा आउने कमीको रकम जुन वार्षिक करिब ५० अर्ब रुपियाँ हुन आउने अनुमान गर्छन् नकर्मी। यो रकमबाट वर्षैपिच्छे २५० मेगावाट बिजुली उत्पादन गर्न सकिन्छ। आजको बिजुलीको माग केबल १२०० मेगावाट हो तर आपूर्ति करिब ८०० मेगावाटमात्रै। 
कार र मोटरसाइकल किन्न दिन हुन्न भन्ने हँुदै होइन, सार्वजनिक बस खासगरी अहिलेको साझा यातायात जस्ता साधन प्रयोगको खाँचो हो मुलुकमा, माइक्रो चाहे त्यो छोटो वा लामो दूरीको होस् अत्यन्त अवैज्ञानिक छ, यात्रामा जीउ सिधा गर्न नपाएर थुप्रै यात्रु प्यारालाइसिसको रोगी भए भने अनौठो नमाने हुन्छ। साझा यातायातको इन्धन प्रयोगमा दक्षता सबैभन्दा बढी हुनुपर्छ किनकि त्यसमा करिब ७० जना जति मानिस आरामले सहरभित्र यात्रा गर्न सक्छन्। पेट्रोलियम हाम्रै मुलुकमा उत्पादन छैन। बेसाहा लाएर ल्याएको अन्न आवश्यकभन्दा बढी खर्च गर्ने, खाने, खेर फाल्ने परिवार गरिब भएजस्तै हाम्रो मुलुकले करिब ५० अर्ब रुपियाँको तेल यसैगरी फजुल खर्च भएको छ। त्यसमा राज्यको ढुकुटी नोक्सान भएको छ। तैपनि पटक पटक अर्थ मन्त्री भइसकेका नेपाली कांग्रेसका नेता रामशरण महत अझै पनि उदारीकरणको रोइलो गाउन छाड्दैनन्। के थाहा यिनलाई सार्वजनिक बस चढ्दा कति सास्ती छ सर्वसाधारणलाई भनेर। सास्ती भोग्ने सर्वसाधारणको योगदान, खाडीको पसिनामा भिजेको डलरले किनेको गाडीमा तिनैको पैसाले किनेको इन्धन हालेर हिँडे पनि यिनको चेत खुलेन जसरी अरु थुप्रै अर्थ मन्त्रीको खुलेन। उत्पीडित, दलित, जनजातिका पीरमर्काका फूल गुँथेर भाषण ठोक्ने पूर्वप्रधान मन्त्री बाबुराम भट्टराई जो अर्थ मन्त्री पनि भए तर तिनले पनि सर्वसाधारणको कुरामा बुझ पचाए।
योजनाविद्, विज्ञहरु पनि मस्त निद्रामा छन् अथवा यिनको बोलीमा दम छैन, दम हुन्थ्यो त किन यिनका कुरा नेताले सुन्दैनन्? ती अनावश्यक मोटरसाइकल किन्न र कार किन्न पनि राज्यलाई विदेशी मुद्रा आर्जन गरिदिने तिनै नेपाली दाजुभाइ हुन् जो दैनिक ४ देखि ५ जनाको त लासमात्रै आइरहेको छ। स्मरणीय छ, मलुुकको दोस्रो ठूलो आयातमा मोटर र मोटरपार्टस नै पर्छ, तेल पहिलोमा। कार र मोटरसाइकलको आवश्यकतालाई उल्लेख्य संख्यामा घटाउने भनेको सार्वजनिक यातायातको व्यवस्थापन, सुरक्षा र सस्तो बनाइनु पनि हो। जापानमा जस्तो घडीको टाइम पनि सार्वजनिक यातायातको समयलाई हेरेर मिलाउन सकिने त नहोला तर काठमाडांैको सडक जाम पनि ३० प्रतिशतमा झार्न सकिने अनुमान सजिलै गर्न सकिन्छ यदि सार्वजनिक यातयातको व्यवस्था राम्रो भएदिए। तर के गर्नु तिनै उडुसजस्ता गाडी आयातकर्ताले यो नीति परिवर्तन गर्न दिँदैनन् अनि बाबुराम जस्ता त चिप्लिए जनताका कुरामा भने अरु त झन् जनताका पार्टी नै परेनन्।
सार्वजनिकलाई प्राथमिकता
अहिलेको संकटका बेलामा सरकारले निजी सवारी साधनलाई तेल दिन बन्द गरेर सबै सार्वजनिक यातायातमा हिँड्न अनुरोध गर्ने र सबै भाडाका गाडी सडकमा ल्याउन लगाउने हो भने अहिलेको कष्ट निक्कै कम हुनेछ। इच्छाशक्ति छ भने सरकारले आजै कार र मोटरसाइकलको वार्षिक कोटा तोक्नुपर्छ अनि सिन्डिकेटको नाम निसाना नरहने गरी अन्त्य पनि सँगै गर्नैपर्छ। यसो गर्दा भारतसँग निउरीमुन्टी न पनि नगरिने, यातायात र इन्धनमा पनि परनिर्भरता निक्कै तल आउँछ। सरकारले हुम्लामा दाउरामा भात पकाउनेसँग लिएको कर पेट्रोलियम किन्न र त्यसमा अनुदान भर्न दिन्छ तर कथम् कदाचिद् त्यो हुम्लाको आजीवन गाडी नदेखेको मानिसले सार्वजनिक भनिने गाडी देख्यो र चढ्यो भने काठमाडांैमा मःमः पकाउन ट्रकमा ल्याइएका 'आइँ' को जस्तो हालत भोग्छ, आजीवन गाडी भन्ने चीज नचढ्ने वाचा गर्न सक्छ।
हुम्लीले गाडीभित्र सिटमा बस्दा कस्तो अनुभूति हुन्छ थाहा पाउँदैनन् किनकि सरकारले त्यो हुम्ली चढ्ने गाडी सुरक्षित र आरामदायी बनाउने जिम्मेवारी उदारीकरणको नाउँमा निजी क्षेत्रका ब्वाँसाहरुलाई सुम्पेको धेरै वर्ष भइसक्यो। ब्वाँसाहरुको उठबस् हाम्ले भोट हाल्ने नेतासँगै बढ्तै हुन्छ अब यी ब्वाँसाहरुसँग उठ–बस गर्ने छैन सार्वजनिक यातायातमा सुधार ल्याउन सक्छु भनेर वाचा गर्नेलाई मात्रै भोट दिने कबोल कम्तीमा सहरमा गराउनुपर्छ सुधारका लागि।
रेमिटेन्स नआए के हुन्छ?
नेपाल राष्ट्र बैंक रेमिट्यान्सको सिरानीमा कुम्भकर्ण निद्रामा सुतेको छ। ऊ भन्छ– ऊसँग १३ महिनालाई आयात गर्न पुग्ने विदेशी मुद्रा छ। हामीलाई भूकम्पको कम्पनले हल्लायो, नाकाबन्दीले सतायो अब बाँकी भोग्नुपर्ने भनेको रेमिट्यान्स रोकिएपछिको पीडा हो। हामीले चेत्नैपर्ने अत्यन्त ठूलो पीडा हुन सक्छ हामीलाई जुन नाकाबन्दी भन्दा कयौं ठूलो हुन सक्छ। कल्पना गरौँ, १३ महिना रेमिट्यान्स आएन र चौधौ महिनामा त्यो बैंकले आयात गर्नलाई विदेशी मुद्रा दिन सकेन भने तपार्इँ हाम्रा खासगरी सहरी र अर्धसहरी क्षेत्रमा बस्ने मानिसको हालत नाकाबन्दीमा भन्दा कति नाजुक होला? मोटरसाइकल र कार त आउँदै/आउँदैनन्, सडकमा गाडी नै देख्न नपाइने हुन सक्छ। बिहान बेलुका खाने दाल, तरकारी, कपडादेखि इन्धनसम्म केही पाइने छैन। हाम्रो विदेशी सामानप्रतिको मोह कसरी भंग हुन्छ देख्न पाइयोस् यस्तो सम्भावित संकटबाट। अहिलेको विश्वव्यापी दुनियाँमा हामीलाई विश्वसँग जोडिने मोह हुनु स्वाभाविक हो तर हामी आफू कसरी बाँचिरहने भन्ने सोच्नचाहि ढिला भइसकेको छ।
हाम्रो अर्थतन्त्र उपभोगवादी अर्थतन्त्र होइन, आधारभूत वस्तु तथा सेवामा खुसी हुनुपर्छ तर हामी किन कार र मोटरसाइकलमा चाहिँ उपभोगवादी भएको? कुरो बुझ्नै गाह्रो परेको छ। नेपाल राष्ट्र बैंक र सरकारी नीतिको दिशाभ्रमले यस्तो भएको निष्कर्ष छ। खेती गरेर मुलुकको अर्थतन्त्र धान्ने गरिबको भाउ छैन, अर्थतन्त्रलाई टाट पार्ने कार र मोटरसाइकल जथाभावी आयात गर्न दिने धनीहरुले बनाएको नीतिकै बोलावाला कहिलेसम्म? 
(यो लेख नागरिक दैनिकबाट साभार गरिएको हो )
http://www.nagariknews.com/opinion/story/48188.html

Monday, September 21, 2015

नेपाल को उत्पीडित ब्राह्मण क्षेत्री प्रति सरकार को ध्यान जाओस् !

नजाति हरु लाइ पढ्न अल्छी लागेर बाहुनहरु लाइ काशी पठाए नि पढेर आएको त्यों बाहुन लाइ पंडित बाजे पंडित बाजे भन्दै फुर्काएर पूजा पाठ माँ तल्लीन गराए
बाहुन ले मासु खान नि हुदैन जाड खान पनी हुदैन भन्दै खाने कुरा हरुमाँ पनी बन्देज लगाइदिये उता बाहुनहरु जोत्न नि हुदैन भनेर जोत्न नि दिएनन बाहुन लाइ बोलाएर दिन भरी कराउन(पूजापाठ ) लगाएर दुई माना चामल दिएर पठाउथे तर आफु ले भने दिन माँ तिन पहर खाएर जोतेर साझ दुई पाथी को पारिश्रमिक लैजान्थे

Friday, September 11, 2015

श्रीमति

क दिन श्रीमान घर आउँदा निकै अबेर भएछ ।
अनि घर आएर ढोका बाट भित्र छिर्न नपाउँदै श्रीमतिले भनिछन् -कहाँ जानु भएको थियो ? मैले हजुरको अफिसमा पनि फोन गरी सोधे । हजुर त आज अफिस पनि जानु भएन रे । के हो यस्तो चाला ?? अनि यो हातमा भएको झोला कस्तो गन्हाई रहेको छ । के हो यो ??
श्रीमान-म.... म....म आमालाई लिन गएको थिएँ । आमा अब यहीँ बस्नु हुन्छ । यो झोला आमाको हो । यसमा आमाका कपडाहरु छन् ।
श्रीमति- (रिसले जुर्मुराउँदै) दिमाग त सही छ हजुरको ?? किन आमालाई यहाँ ल्याउन पर्‍यो ? दाजुभाइले हेरी हाल्छन् नि, त्यसैमाथी हजुरको तलबले के नै हुन्छ र ? छोराछोरीलाई पढाउन त गाह्रो भैरहेको अवस्थामा अब यी बुढिलाई कसरी पाल्ने ? सक्दिन म त पाल्न ।

Sunday, August 30, 2015

बाहुन


हो म "बाहुन" हुँ। मेरो घरमा प्राधिकरणलेलोडसेडिङ नहुने लाइन जोडिदियको छ।

टेलिकमले एडिएसएलको पैसा तिर्नुपर्दैन भनेको छ।

हेलमेट खोलेर टुपि देखायसी पम्पवालाले फुलट्याङ्की तेल फ्रि मा हालिदिन्छ।

लोडसेडिङ नहुने लाइन जोडिदियको छ।टेलिकमले एडिएसएलको पैसा तिर्नुपर्दैन भनेको छ।

हेलमेट खोलेर टुपि देखायसी पम्पवालाले फुलट्याङ्की तेल फ्रि मा हालिदिन्छ।

Thursday, August 27, 2015

सँगै जाँड खाऔँ

–विपी अस्तु
पथरैया–६ भगरैया, कैलाली

उँ हामी फेरी संगै जाँड खाऔँ
तिमी
ढकियाभरी ढिक्री ल्याउ
टपरीमा बंगुरको मासु ल्याउ
सिन्कीको अचार ल्याउ
सिद्राको चटनी ल्याउ
मुसाको भुटुन ल्याउ

छाप्रोभरी बाबर ल्याउँछुँ
बटुकाभरी फाँडो ल्याउँछु
काक्राको राइतो ल्याउँछुँ
भैसीको दहि ल्याउँछु
सिमीको तरकारी ल्याउँछु

Friday, May 1, 2015

राहत वितरणमा सरकारी यस्तो सास्ति किन ?

राहत वितरण गर्दै डा. रिता गुरुङ
विभिन्न जिल्लाबाट आएका राहातका सामाग्रि धमाधम गोदाममा राख्ने काम भईरहेको थियो । गाउँमा पिडितहरु राहातको प्रतिक्षामा छन् तर सिडियो कार्यालयको गोदाममा राहात राख्ने ठाउँ खाली छैन । यी राहात सिधै पिडित समक्ष पु¥याउन पाएको भए कत्ति राम्रो हुन्थ्यो । 

Wednesday, April 29, 2015

त्यो काहालीलाग्दो दिन !

भुकम्प पछिको अवस्थाका बारेमा सर्वसाधरणसँग कुरा गर्दै 
स्पताल परिसर विरामीहरुले खचाखच भरिएको थियो । एम्बुलेन्स, ट्याक्सि, ट्याम्पो देखि ट्रकमा समेत हालेर घाइतेहरु ल्याइदै थिए । उपचारका लागि ल्याउँदा ल्याउँदै मृत्यु भएकाहरुको 
शव छेवैको सटरमा राखिदै थियो । क्यामरामा ती दृष्य कैद गर्दै गर्दा म थरथर कामी रहेको थिए । कस्तो विपत्ति, कस्तो पिडा अनि कत्ति धेरै मानविय क्षति आखिर प्रकृति आज किन यत्ति धेरै कठोर भइन । 

Sunday, March 15, 2015

सपना देख्नुस् र, सपना पछ्याउनुस्

विनोद चौधरी
साभार:अन्नपूर्ण पोष्ट दैनिक 
२०७१ चैत्र १ गते आइतबार 

फोब्र्सले विश्वका अर्बपतिको सूची सार्वजनिक गर्दा मेरोबारेमा एउटा टिप्पणी लेखेको छ-विनोद हु नेभर वेन्ट युनिभर्सिटी, रिमेन्स नेपाल वन्ली बिलिनियर (विनोद जो कहिल्यै विश्वविद्यालय गएनन्, जो नेपालका खर्बपती हुन्)। तपाईंहरूले जस्तै गाउनमा सजिएर मैले उच्च शिक्षा पूरा गरेको प्रमाण-पत्र लिन पाइनँ। सायद, फोब्र्सले यही कुरा दोहोर्‍याएर मलाई दीक्षान्त समारोहको महत्त्व सम्झाइरहेको होला। तपाईंहरूका अगाडि उभिइरहँदा मलाई महसुस भएको छ- मेरो जीवनमा बाँकी रहेको यो अभाव पनि आज पूरा भयो। कलेजको शिक्षा त मैले उहिल्यै सकेको थिएँ। आज तपाईंहरूसँगै दीक्षित हुँदैछु। तपाईंहरूलाई धेरै-धेरै बधाई छ- नेपालको भोलिका बिलिनियरहरूको परिचय दिइरहँदा फोब्र्सले उनीहरू दीक्षित थिएनन् भनेर अब लेख्‍न पाउने छैन। 

Sunday, March 1, 2015

मुक्तिनाथ सर:

३ माघ २०५८, दिउँसो १:१० बजे; मुक्तिनाथ सर कक्षा ९ मा विज्ञान पढाउँदै थिए। माओवादी पार्टी, लमजुङ जिल्ला समिति सदस्यको नेतृत्वमा आएको टोलीले ‘सर दुई मिनेट काम छ’ भनेर कक्षाबाट तानेर बाहिर लगे। सशंकित विद्यार्थीको छाडिदिने आग्रह मानेनन्। गाउँको गोरेटो बाटो हुँदै माथि आधा घन्टा पर रहेको बारीको कान्लामा लिएर गए। साँझपख गाउँबासी माथि पुग्दा मुक्तिनाथ सरलाई हत्या गरी उत्तिसको फेदमा बाँधेर ठड्याइएको भेट्टाए। 

Thursday, February 5, 2015

जोखिममा बालबालिकाको जीवन (फोटो फिचर)

धादिङ- सलाङ-५ मजुवाटारका बालबालिका दिनहुँ ज्यान जोखिममा राखेर ज्ञान आर्जन गर्न त्रिशुली नदी तर्न बाध्य छन्। देख्दा आङ सिरिङ हुन्छ। एउटा डोरीमा बाँधिएको बेरिङ (खिरखिरे) तुइनको लठ्ठामा अड्काएर नदी वारपार गर्छन्। घरबाट निस्कँदा किताबको झोलासँगै खिरखिरे उनीहरुको प्रिय सवारी हो। प्रत्येक घरमा कम्तीमा एउटा खिरखिरे राखिएको छ, जलेश्वरी मावि सलाङमा कक्षा ९ मा पढ्ने छात्र मुक्तबहादुर मगरले भने। यहाँ एउटा कुनै पनि बेला ठूलो दुर्घटना निम्तिन सक्ने जिर्ण तुइन् छ। बालबालिकाले त्यो तुइन् तान्न सक्दैनन्। तान्नै नसक्ने तुइनको विकल्पमा उनीहरु यसरी खिरखिरे भिरेर निस्कन्छन् साँझ लिएर जान्छन्।

Saturday, January 31, 2015

तुइनमा जिन्दगी

सानुबाबु तिमिल्सिना-

त्रिशूली नदीमाथिको जीर्ण तुइन तर्ने वेलामा रवीन्द्र नेपाललाई सधैँ दुई वर्षअगाडिको घटनाको याद आउँछ । विद्यालय जाने क्रममा तुइन तर्दा रवीन्द्र तुइनबाट खसेर त्रिशूलीमा परेका थिए । पौडी खेल्न जानेका कारण केही तल पुगेर पार लागे । भन्छन्, ‘के गर्नु यही थोत्रो तुइन नतरी सुख पनि छैन । झोलुंगे पुल खोज्दै जाँदा दुई घन्टाभन्दा बढी घुम्नुपर्छ ।’
त्रिशूलीवारि घर, पारि विद्यालय । घर–विद्यालय जोड्ने पुल छैन । घुमेर गए भन्डै एक घन्टा हिँडेपछि झोलुंगे पुल भेटिन्छ । विद्यालय पुग्न जम्मा दुई घन्टा लाग्छ । तर, धादिङको खरमटारका विद्यार्थी तुइनकै भरमा विद्यालय जान्छन् ।
तुइन तरिसकेपछि १० मिनेटमै विद्यालय पुगिन्छ । तर, तुइन जीर्ण भएका कारण दिनमा दुईपटक ज्यान धरापमा पर्ने गरेको छ । तुइन चलाउँदा चलाउँदै हात गलेर छोडिँदा नदीमा खस्नु, तुइनले आँैला च्यापिनु र किताब–कापी नदीले बगाउनु सामान्य भइसकेको छ । धन्न अहिलेसम्म त्यस्तो अनर्थ सोच्नुपरेको छैन खरमटारबासीले ।

Tuesday, January 27, 2015

ज्यानभन्दा ज्ञानै प्यारो

  • रामेश्वर कार्की
  • मङ्गलबार १३ माघ, २०७१
  • धादिङ-बिहानै उठ्यो, घरधन्दा सक्यो, अनि किताबको झोला र ट्युब च्यापेर लाग्यो स्कुलतिर। ज्यानभन्दा ज्ञान प्यारो लागेरै होला, उनीहरू ज्यानको आसै मारेर दिनहुँ त्रिशुलीमा हेलिन्छन्। स्कुल नगई धरै छैन, सहारा भने केही छैन, कोही छैनन्। त्यही टालटुल पारेर हावा भरिएको ट्युबबाहेक।
    १४ वर्षीया सरिता चेपाङ र १५ वर्षीया राममाया चेपाङ गोरखाको भुम्लिचोक–८, हुइलिङबेसीबाट धादिङको जोगिमारा–९, मझिमटारस्थित शंखादेवी उच्च मावि धाउँछन्। कक्षा ६ अध्ययनरत उनीहरूलाई बीचमा त्रिशुलीले बाटो छेक्छ। पढ्ने मन भएपछि अनेक कष्ट झेल्न पनि हिम्मत आउँछ । त्यही ट्युबको सहाराले उनीहरू दिनहुँ नदीमा हेलिन्छन् र चप्पलले खियाउँदै पारि पुग्छन्।