३ माघ २०५८, दिउँसो १:१० बजे; मुक्तिनाथ सर कक्षा ९ मा विज्ञान पढाउँदै थिए। माओवादी पार्टी, लमजुङ जिल्ला समिति सदस्यको नेतृत्वमा आएको टोलीले ‘सर दुई मिनेट काम छ’ भनेर कक्षाबाट तानेर बाहिर लगे। सशंकित विद्यार्थीको छाडिदिने आग्रह मानेनन्। गाउँको गोरेटो बाटो हुँदै माथि आधा घन्टा पर रहेको बारीको कान्लामा लिएर गए। साँझपख गाउँबासी माथि पुग्दा मुक्तिनाथ सरलाई हत्या गरी उत्तिसको फेदमा बाँधेर ठड्याइएको भेट्टाए।

त्यतिबेला हिमाल खबरपत्रिकाका श्रीभक्त खनाल त्यतै खटाइए र मुक्तिनाथ सरको हत्यापश्चातको तस्बिर फेला पारी लिइआए। मृत्युको भोलिपल्ट बिहानको फोटो। सौम्य मुद्रामा निदाएजस्ता मुक्तिनाथ सर। हिमाल खबरपत्रिकाका संस्थापक सम्पादक राजेन्द्र दाहाललाई लाग्यो : यो तस्बिर सार्वजनिक गर्न उपयुक्त छ र आँट गरीकन १६-३० माघ २०५८ को आवरणमा त्यो छापियो। पहिलो पटक सायद माओवादीको व्यक्तिहत्याको प्रमाण आमपाठकसामु प्रस्तुत भयो ।
Copied from Jagdish Jags Bhandari Facebook
No comments:
Post a Comment