Sunday, May 20, 2012

नेताको जातिय राजनीतिक मोह

राजनीति क्षमता हुने र नेतृत्व गर्न सक्ने व्यक्तिले गर्ने हो कुनै जात विशेषको पगरी गुथेर होइन । 

प्रेम र युद्ध सबैथोक जायज हुन्छ । यो कहावत त मैले धेरै पटक धेरैका मुखबाट सुन्दै आएको हुँ । तर राजनीतिमा पनि सबैथोक जायज भएको चै पहिलो पटक त्यो पनि आफनै मुलुकमा देख्दैछु । कसरी यो ब्लग पढ्नुस । 

यो ब्लग लेख्दाको मिती २०६९ जेठ ७ गते लाई हेर्ने हो भने जेठ १४ आउन ७ दिन मात्रै बाँकि छ । जुन गणतान्त्रिक संविधान निर्माणको डेड लाईन हो । सर्वाेच्च अदालतले यो संविधान सभाको म्याद पुनः थप्न नमिल्ने फैसला सुनाए पछि जेठ १४ पछाडी यो संविधान सभाको वैधानिकता अन्त्य हुनेछ । यदि जेठ १४ मा संविधान बनेन भने मुलुकको राजनीतिक अवस्था कस्तो होला यसले निम्त्याउने राजनीतिक शुन्यता र त्यसको प्रभाव के होला हामी बेखवर छौं ।
चार वार्षभन्दा बढी समय सत्ता र कुसर्िका लागि मात्रै समय खर्चेका नेताहरु अहिले दौडधुपमा छन् । जेठ १४ भित्रै संविधान ल्याउन सर्वदलिय सरकार गठनको प्रयास भएको छ । संघिय राज्यको संख्याका सवालमा केहि सहमति बनेको छ । यो सँगै पहिचान र जातिय राज्यको माग र विरोध चर्किन थालेको छ । दिनहुँ बन्द र हड्ताल आयोजना गरिएका छन् । जसले आमनागिरको दैनिकी प्रभावित बनिरहेको छ । मुलुकका सबै क्षेत्र प्रत्यक्ष रुपमा प्रभावित बनेका छन् ।


यहि मेसोमा केहि दल र तीनका नेताहरुबाट फुटाउ र राज गरको चरित्र प्रर्दशन भइरहेको छ । उनीहरु जातिय पहिचानका आधारमा राज्यको मागका लागि आन्दोलन गर्न कार्यकर्तालाई उत्तेजित बनाइरहेका छन् । जातियता सवैभन्दा संवेदनशिल कुरा हो । विश्व इतिहासलाई केलाउने हो भने जातिय द्धन्द्ध सबैभन्दा घातक देखिन्छ । अहिले नेपाली नेताहरु मुलुकमा संघिय राज्यका नाममा त्यहि घातक द्धन्द्धलाई निम्त्याइरहेका छन् । 
मुलुक कै ठूलो दल माओवादीका अध्यक्ष प्रचण्डले त जातिय राज्यका विरुद्ध उत्रनेहरुको प्रतिकार गर्न जनजाति समूदायलाई युद्धको शंखघोष गर्न उक्साए । अरु वेला सुटमा ठाँटिएर हिड्ने हिसिला यामी हाकु पटासी लाएर काठमाण्डुलाई नेवा राज्य बनाउन आन्दोलन उचाल्दैछिन् । ०६२÷०६३ को आन्दोलनबाट उमि्रएर छोटो समयमै नेपालको राजनीतिमा महत्वपूर्ण स्थान हात पारेका फोरमका अध्यक्ष उपेन्द्र यादव मधेशलाई िसंगो प्रदेश बनाउन लागि परेका छन् । जातिय आधारमा राजनीतिक भविष्य देखेका उनलाई मुलुकको भविष्यसँग कुनै चिन्ता देखिदैन । हुन त उनी मधेश आन्दोलनमा तीनै सोझा मधेशी समुदायलाई जातिय नारा दिएरै राजनीतिमा जन्मिएका हुन । शेरवहादुरलाई अखण्ड सुदुरपश्चिम चाहिएको छ । गोपाल किराँतीलाई पूर्वमा खुम्बुवान चाहिएको छ । जातियता र साम्प्रदायिकतामा चढेर दाउपेच खेल्दा राजनीतिक भविष्य सुरक्षित देखेका यस्तै नेताहरुका कारण सदियौ देखि जातिय एकता र सद्भाव कायम रहँदै आएको हाम्रो मुलुक एका एक अशान्त बनिरहेको छ । 
राजनीति क्षमता हुने र नेतृत्व गर्न सक्ने व्यक्तिले गर्ने हो कुनै जात विशेषको पगरी गुथेर होइन । सबै नीतिको माउ नीति राजनीति । त्यसैले राजनीति सबल र सक्षम हुँदा सबै नीतिले त्यहि गतिमा काम गर्छन । माउ नीति नै कमजोर भयो र डगमगायो भने अरु नीतिको प्रभाव शुन्य रहन्छन् । जसले राज्यलाई असफलताको यात्रा डोहोर् याउँछ । तर कुनै पनि नीति नै नबुझेका वा बुझेर पनि बुझ पचाएका नेपाली नेताहरुको यो प्रवृति नेपालका लागि घातक सावित हुने छ । नेतालाई चेतना भया । 

No comments:

Post a Comment