श्रवण उप्रेती
केभिन कार्टरको यो फोटोले सुडानमा चलिरहेको गृहयुद्ध र त्यसले निम्त्याएको भोकमरीमाथि संसारको ध्यान तान्न सफल भएको थियो
पत्रकारिता क्षेत्रमा फोटो पत्रकारहरू आफूलाई कम महत्व दिने गरेको आरोप लगाउँछन् । तर, विश्वमा कैयौँ फोटो पत्रकारले हजारौँ शब्दले भन्दा शक्तिशाली प्रभाव छाड्ने फोटो खिचेका छन् । यस्तै एउटा फोटो सन् १९९३ मार्च २६ मा न्युयोर्क टाइम्सको पृष्ठ ३ मा छापिएको थियो ।


