अनृतं साहसं माया मूर्खत्वमतिलोभिात ।
अशौचत्वं निर्दयत्वं स्त्रीणां दोषा : स्वभावजा : ।।
|
चाणक्य नीति प्रख्यात छन् । सदियौदेखि कयौ राजा महाराजाहरु यिनै चाणक्यको नीति अनुसार आफ्ना नियम कानुनहरु निर्माण गरेर राजकाज गरेका थिए । नेपालका राष्ट्रनिर्माता पृथ्वी नारायण शाहका पनि कयौ नीतिहरु चाणक्य नीति बाट प्रभावित थिए । चाणक्यले नारी अर्थात स्त्रीका बारेमा आफ्नो मिश्रीत नीति र बिचार प्रकाशित गरेका छन त्यसमध्ये केहि सकारात्मक छन त केहि नकारात्मक पनि । केहीलाई समयको बदलिदो परीवर्तनसंगै स्वत असान्दर्विक तुल्याइदिएका छन भने केहि भने अहिले पनि मननयोग्य नै छन । विशेष गरि स्त्री जातिका गुण, दोष बानी व्यहोरा र महत्वका बारेमा लेखिएका केही कुराहरु जान्नका लागि हेरौ के भन्छन चाणक्य ?
१.स्त्री कस्ता हुनुपर्दछ ?
ते पुत्रा ये पितृर्भक्ता : स पिता यस्तु पोषक : ।
पन्मित्रं यत्र विश्वास : सा भार्या यत्र निवृति : ।।
पुत्र तिनै हुन् जो पितृभक्त छन् । पिता त्यही हो जसले पालना गर्दछ, त्यही मित्र हो, जसको विश्वास छ र त्यही स्त्री हो जसमा सुख छ ।
२.कस्ता स्त्रीको छनौट गर्ने ?
विषादप्यमृतं ग्राहममेध्यादपि काञ्चनम् ।
नीचादप्युत्तमां विद्यां स्त्रीरत्नं दुष्कुलादपि ।।
अर्थात विषबाट पनि सुधालाई,अपवित्र वस्तुहरुबाट पनि सुनलाई,नीच मनुष्यहरुबाट पनि उत्तम विद्यालाई,दुष्ट कुलबाट पनि रत्नरुपी स्त्रीलाई लिनुपर्छ ।
३.स्वर्ग कहाँ छ ?
यस्य पुत्रो वशीभूतो भार्या छन्दानुगामिनी ।
विभवे यश्च सन्तुष्टस्तस्य स्वर्ग इहैव हि ।।
जसको पुत्र आज्ञाकारी छ र स्त्री इच्छा अनुसार चल्दछे तथा जसले ऐश्वर्यमा सन्तोष गर्दछ त्यसलाई स्वर्ग यही नै छ । अर्थात राम्रो र आफुले भनेको मान्ने स्त्री पाएमा स्वर्ग यहि छ ।
४.क–कसको भर पर्नु हुदैन ?
नदीनां च नखीनां च श्रृङ्गीणां शस्रपाणिनाम् ।
विस्वासो नैव कत्र्तव्य : स्रीषु राजकुलेषु च ।।
नदीहरुको,शस्रधारीहरुको,नङ्ग्रा र सिंह भएकाको ,स्त्रीहरुको र राजकुलको कहिल्यै विश्वास नगर्नु ।
५.स्त्री जातिको स्वाभाविक शक्ति :
स्त्रीणां द्विगुण आहारो लज्जा चापि चतुर्गुणा ।
साहसं षड्गुणं चैव कामष्चाष्टगुण : स्मृत : ।।
स्त्रीहरुको भोजन दुई गुना,लज्जा चार गुना,साहस छ गुना र काम आठ गुना बढी हुन्छ ।।
६.स्त्री जातिको स्वाभाविक दोष
अनृतं साहसं माया मूर्खत्वमतिलोभिात ।
अशौचत्वं निर्दयत्वं स्त्रीणां दोषा : स्वभावजा : ।।
असत्य बोल्नु,उत्ताउली हुनु,कपटी हुनु,मूर्खता,अत्यन्त लोभ,अपवित्र र निर्दयता स्त्रीहरुका स्वाभाविक दोष हुुन
७.कस्ता स्त्रीको बिश्वास गर्न हुन्न ?
जल्पति साद्र्वमन्येन पश्यन्त्यन्नं सविभैमा : ।
ह्दये चिन्तयन्त्यन्यं न स्त्रीणामेकतो रति :।।
जो स्त्री अर्काको साथमा भाषण गरेर हिड्दछे, अर्कालाई विह्वल भएर हेर्दछे, ह्दयमा अर्काको चिन्ता गर्दछे त्यस्ता स्त्रीहरुको प्रीति कहियै पनि एउटामा रहँदैन त्यस्ता स्त्रीहरुको बिश्वास गर्नु हुन्न ।
(नोट: यो सामग्रि समाजिक संजालबाट साभार गरिएको हो)
No comments:
Post a Comment