सूर्य पश्चिम पुगिसकेका छन् त्यसैले मन्द गतिमा चिसो हावा बगिरहेको छ । हामी बालुवामा पइलेटि कसेर तातो चियाको चुस्कि लिदै पपकर्न अनि नुडलको सुपको सर्को लिइरहेका छौ । |
यात्राका हरेक गन्तब्य आफैमा रमाइलो नहुन सक्छन् । तर यात्रीहरु रमाईला भए भने गन्तब्य ठूलो कुरा भएन, यात्रा चै अवश्य पनि रमाइलो हुन्छ । त्रिशुली किनाराको एकराते बसाईको यात्रा पनि करिव करिव यस्तै यस्तै भयो । सुनकोशी नदीको किनारामा बाल्यकालका करिव ८ बसन्त विताएको मलाई नदीका किनारा नौलो कुरा त थिएन । तर साथीहरुको योजनामा म सहभागि नहुने त कुरै थिएन । त्यसैले पटक पटक विभिन्न समस्याले सरेको त्रिशुलीको यात्राले पूर्णता पायो, भलै यसमा सबै साथीहरु सहभागि भएनन् । करिव एक वर्ष अगाडी देखिको त्यो योजनालाई हामी ५ जना साथीहरुले भए पनि मूर्त रुप दियौ । यात्राको साइत २०६९ सालको होलीको इभ अर्थात चैत्र १२ गते बेलुका जुराइयो । बालुवामा टेण्ट टाँगेर एक रात विताउने र भोलिपल्ट होली खेलेर ¥याफटिङ जाने योजनाको मुख्य उदेश्य सहित गन्तव्य धादिङको चरौदी नजिकैको त्रिशुली नदीको किनार तय भयो ।
साथी कन्चन घर (धादिङको मैदी) बाट सिधै उता भेट्ने भयो । काठमाण्डौबाट म, बैनि इरादा, सुजिता र अर्चना गन्तब्य तर्फ लाग्यौं । मध्यान्ह करिव ४ बजेतिर हामीहरु चरौदी पुग्यौ । चरौदिमा रहेको एउटा कम्पनीले हामीलाई त्रिशुली किनारामा क्याम्पिङ र भोलिपल्ट ¥याफटिङको तारतम्य मिलाएको थियो कन्चनको पहलमा ।
क्याम्प फायरिङ गर्दै हामीहरु |
ब्रेक फाष्ट लिदै त्रिशुली किनारामा |
बेलुका क्याम्प फायरिङ गर्ने कार्यक्रम बनाइयो । हाम्रा लागि खाना पकाउन खटिएका साथीहरुको सहयोगमा कन्चन र मैले त्यसका लागि आवश्यक पर्ने दाउराको वन्दोवस्तो ग¥यौ । चरौदी पुरै व्यवसायिक भइसकेको रहेछ । आन्तरिक पर्यटनको विकासमा बामे सर्दै गरेको चरौदीका लागि यो व्यवसायिकता स्वभाविक थिएन । एक भारी दाउराको ५ सय रुपैयाँ कवोल गरे स्थानीयले हामीले २ सय ५० रुपैयाँ तिरेर एक अंगालो दाउरा किनियो । स्थानीयको भनाईमा आधा भारी, तर गन्ने हो भने मुस्किलले एक दर्जन दाउरा । प्रतिगोटा झण्डै २० रुपैयाँ प¥यो दाउराको ।
होली पनि खेलियो |
बेलुका ८ बजेतिर खाना तयार हुन्छ, त्यहि अनुसार मिलाएका छौ—कम्पनीका तर्फबाट हाम्रो खातिरदारीमा खटिएका भाई रमेशले हामीलाई जानकारी दिए । बजारबाट ल्याएका पेय पर्दाथ र केहि जंक फुड खाएर हामी रमाइलो गर्दै थियौ । खाना तयार भयो । खाना खाइसकेर हामीले क्याम्प फायरिङ गर्यौ ।
फोटो खिचौ है |
साथीहरु चाहाना अनुसार क्याम्प फायरिङ अनि कुखुरा पोलेर रमाइलो गर्ने कार्यक्रम थियो । त्यसैले चरौदी बजारबाट एउटा कुखुरा किनियो । आगोमा पोल्दै गर्दा सिंगै कुखुरा दुई दुई पटक बालुवामा खस्यो । वालुवा मिसिएको मासु खाइसाध्य भएन । मासु चपाउँदा यसमा टासिएको वालुवा दाँतसँग कुस्ति खेलि हाल्थे । मासु होइन बालुवा चै चर्याङ् चर्याङ् गर्थ्यो । सबैको सल्लाहामा त्यो सबै मासु आगोमा हालियो । साथीहरु चरौदीमा चर्याङ् चर्याङ् भन्दै हाँस्न थाले ।
हिप हिप हुर्रे |
खुल्ला आकाश मुनी जुनेली रातमा करिव साँढे १० बजेसम्म हामी हल्ला खल्ला गर्दै रमाइरहयौ । सुजीताले जीन्दगीको एक पाना पल्टाइन । मैले नि साथीहरुलाई भर पुर मनोरन्जन गराएँ । कन्चन भलादमी भएर पुरै व्यवस्थापनमा खटिएको थियो । इरादा र अर्चनाले पनि त्रिशुली किनाराको यो यात्रालाई अविष्मरणिय बनाइरहेका थिए । हाम्रो लागि रमेश भाईले नीकै राम्रो बेबस्थापन गरे । जसले गर्दा यो यात्रा सोचे भन्दा धेरै रमाइलो बन्न पुग्यो ।
'भोलि विहान ७ बजे ब्रेक फास्ट तयार हुन्छ । ८ बजे हामी रायाफ्टिङ शुरु गर्छौ' -रमेश भाइले भोलिको कार्यक्रम सुनाए । सुनकोशीकै किनारमा बाल्यकाल विताएको भएपनि बालुवामा बसेर यतिको रमाइलो गर्ने साइत जुरेको थिएन । यो पटक भने त्यो साइत नि जुर्यो । हाम्रा साथीहरुलाई रमाइलो गर्ने त अझै मन थियो तर रातको ११ बजिसकेको थियो । भोलि विहान ¥याफटिङ गर्नु थियो । त्यसैले हामी सुत्नका लागि किनारामा टाँगिएका टेण्ट तिर लाग्यौ ।
No comments:
Post a Comment