मिती २०६९ साउन १५ गते सोमवार
स्थानः यातयात व्यवस्था कार्यालय
समयः मध्यान्ह १२: ३० बजे

एउटा लाईसेन्स नविकरण फारमको दुई रुपैयाँ पर्दोरहेछ । मैले दुईवटा नविकरण फारम मागे अनि पाँच रुपैयाँ दिए । फारम दिने कर्मचारिले खुल्ला छैन भन्दै एक रुपैयाँ फिर्ता गरेनन् । खुल्ला पैसा नलिइ सरकारी कार्यालय आएर मैले गल्ति गरे त म सोच्दै थिए । अर्का एक व्यक्तिले एउटा फारम मागे र उनले पनि पाँच रुपैयाँ दिए । ती कर्मचारीले उनलाई पनि मलाई दिएकै जवाफ दिए । याहाँको त यो रेडिमेड जवाफ पो रहेछ । अब खुल्ला पैसा खोज्न कता जाने फारम बुझाउने समय ढल्किदै थियो । मैले त्यो एक रुपैया छाडिदिए । नजिकै रहेको अर्काे टहरोमा गएर हुलाक टिकट किने । फारममा मेडिकल जाँच गराउनु पर्ने फारम पनि रहेछ । गेटमा रहेको स्वास्थ्य परिक्षण लेखिएको ठाउँमा गएर फारम दिए । फारम भरेर आउनुस भन्ने जवाफ पाए । करिव एक बजिसकेको छ । दौडदै आर आर जी भएका ठाउँमा पुगे । उनी त फारम बुझाउने ठाउँमै पुगीसकेका रहेछन । लाईन छाडेर फारम भर्न थाल्यौ । छेवैमा २ वटी केटी बसिरहेका थिए । तपाईहरुले भ्याउनुहुन्न । साँढे एक बजे काउन्टर बन्द हुन्छ भन्दै हामीलाई विचलित गराउन खोज्दै थिए । उनीहरु दलाल प्रतिनिधि रहेछन् पछि थाहा भयो ।