
मुलुक भित्र जति पनि तेल पेट्रोल पम्प छन् ती सबैले पैसा लिएर मात्रै तेल विक्रि वितरण गर्छन्। अनि नेपाल आयल निगमले पनि ती पेट्रोल पम्पलाई पैसा लिएरै तेल विक्रि गर्छ। अझ अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा बढ्दा नेपालमा समेत पेट्र्रोलियम पर्दाथको मूल्य बढ्ने गरेको छ।
मूल्य घटबढ हुँदा समायोजन गर्ने बताइए पनि बृद्धि भएको मूल्य विरलै घट्छ। तर पनि नेपाल आयल निगमलाई आइओसिलाई तिर्न कहिल्यै पैसा नै हुँदैन। अनि मुलुक भित्र पेट्र्रोलियम पर्दाथको हाहाकार मच्चिन्छ। सबैले पैसा तिररे तेल हाल्छन् तर त्यो पैसा जान्छ काहा? मैले बुम्क्न नसकेको कुरा पनि यहि नै हो। आम नागरिक पनि यो कुराको जवाफ खोजिरहेका छन्। नेपाल आयल निगमका संचालकहरुसँग यसको उचित जवाफ भए पाउँ।
No comments:
Post a Comment