राष्ट्रपतिको सबारी एस्तो हुन्छ ?
? "ठूलाबडा मान्छेको आसपास बस्दा राहात हैन आहात हुन बाध्य मेरो कामना छ सत्रुले पनि ठूलाबडा मान्छेको आसपास बस्नु नपरोस।"
छरछिमेकमा ठूलाबडा मान्छे बस्दा आफ्नो पनि सान सौकातै अर्कै हुन्थ्यो ।
त्यसैले उ बेला बुढा पाकाले ठूलाबडाको छत्रछायामा बस्नु भनेर आषिस दिन्थे ।
घडीको सुई निरन्तर घुमिरहेको छ सुइको घुमाइसँगै थुपै्र परिवर्तनहरु
भइरहेका छन । सायद परिवर्तनको यो लहरबाट अहिले यो आषिस पनि प्रभावित बनेको छ
। हुन त यो नेपालीहरुका लागि प्रजातन्त्रिक युग होइन । यो त लोकतन्त्र हो
रे । सायद यहि लोकतन्त्रले ठूलाबडाको छत्रछायामा बस्नु भन्ने आषिसलाई पनि
प्रभावित पारेको हो । जसबाट प्रभावित हुने मध्येमा साक्षत म पनि एक हुँ।