Saturday, September 3, 2011

बाफ रे ! त्यो बाटो

५ किलोमिटर सडक पार गर्न करिव ३ घण्टा


भाग २
 हामिले करिब तीन घण्टा येस्तै बाटोमा बाइक येस्तई
सास्ती खेप्दै चलायौ
रिव एक घण्टा सम्म नमोबुद्धमा रहेका बौद्ध स्तुपा र भर्खरै बनेको भव्य गुम्वाको अवलोकन गरेपछि हामी अव काठमाण्डौ फर्कने तयारीमा लाग्यौं । विहान जुन बाटो आइएको थियो त्यहि बाटो फर्कने अडानमा म थिए । तर साथीहरु छोटो बाटो पनौती निष्कन्छ त्यतैबाट जाउँ भन्नेमा थिए । त्यो बाटोको अवस्था कस्तो छ भन्ने कसैलाई थाहा थिएन । सवारी साधन त्यो बाटोबाट जाँदैनन भन्ने चै पक्का भयो । नियमित सवारी साधन गुड्ने बाटोबाट आउँदा त यस्तो हालत छ सवारी साधन नै नचलेको बाटोबाट जान सकिएला र भन्नेमा मलाई शंका थियो । बाटोको नक्सामात्रै होला नजाउँ मैले साथीहरुलाई भने । यो भन्दा बढी जोखिम नउठाउँ भन्दै विबेकलाई पछाडी राखेर मैले विहान आएकै बाटो बाइक अगाडी बढाए ।
म करिव २ किलोमिटर अगाडी पुगिसकेको थिए । तर साथीहरु कोहि पनि आएनन् । अचानक मोवाइलको रिङ बज्यो । सुमन तँ काहाँ पुगिस साथीहरु यतैबाट जाने भए फर्कि बहुमतको कदर हुन्छ । वीरेनले भन्यो मैले चै त्यो बाटो नजाने भन्दै फोन काटे तर गु्रपमा आएपछि यसरी एक्लै हिड्नु नि ठिक थिएन । त्यसैले मैले बाइक फर्काए ।

साथीहरु अव आर्को ओरालो लाग्ने तरर्खरमा थिए । तर आँट कसैलाइ  थिएन । किन कि त्यो बाटो कसैले पनि देखेका थिएनन् । अनि विहान चिप्लेटी खेल्दै बाइक लडाएको घटना पनि दिमागमा ताजै थियो । सवैलाई मैले गालि गरे । सुमन बोगटी बाइक हुइक्याउँदै अगाडी लाग्यो । अरु साथीहरु उसैलाई पछ्याउँदै पछाडी पछाडी लागे । लौ आज चै नराम्ररी दुर्घटनामा परिने भइयो । मन मनै चिसो मान्दै मैले पनि बाइक अगाडी बढाए । अलि तल पुग्ना साथ बाटोको नक्सा मात्रै देखियो बाटो खै त कताबाट जाने साथीहरु मुखामुख गर्न थाले । आफैले बनाउँदै अगाडी बढ्नु पर्ने रहेछ । केहि तलसम्म पुगियो दोवाटो रहेछ । जंगलको वीचमा रहेको यो दोवाटोमा कुन चै बाटोबाट साँगा निस्किन्छ हामीमध्ये कसैलाई थाहा थिएन ।

वीरेनले बाइकलाई दायाँ रहेको बाटो तर्फ मोडदै भन्यो लौ यहि बाटो हो जस्तो छ यतैबाट जाउँ । बाटोको अवस्था पैदल हिड्न पनि मुस्किल हुने खालको छ । हामी त्यहिबाटो मोटरसाइकलमा सबार भएर अगाडी बढन थाल्यौ । यहि बाटो सुगा पुगिन्छ भन्ने टुंगो छैन । तै पनि हामीसँग कुनै विकल्प थिएन । जसो जसो बाहुन बाजे उसै उसै स्वाहा भनेजस्तै म चै साथी सबै भन्दा पछाडी रहेर साथीहरुलाई पछयाइरहेको थिए । अलिक तल पुगेपछि फेरी साथीहरु रोकिए । लौ यताबाट त हैन जस्तो छ उता पट्टिको बाटो हो जस्तो छ । कस्लाई सोध्ने जंगलको वीचमा कोहि छैनन् । अव फसादमा परियो ।
घनघस्याको उकोलोको विपरित छ यो ओरालो । यहि ओरालोको विचमा पुगेको मलाई त्यहि बाट बाइक फर्काउन साथीहरुले भने । यो बाटो आउने निर्णयको म शुरु देखि नै विरोधि थिए । मेरो रिस भने शान्त भएकै थिएन । यो साईकल हो र यस्तो ठाउँबाट बोकेर फर्काउन ? मेरो पारो तात्यो । नमोबुद्धबाट हिडेको करिव २० मिनेट समय वितिसकेको छ । यति समयमा आर्को बाटो गएको भए विपि राजमार्गमा निस्किसकिन्थ्यो । साथीहरुलाई फेरी एक पटक गालि गरे । तर बाटो छैन भने पछि त फर्किनै पर्यो अरु विकल्प पनि थिएन । बाइकबाट ओर्लिएर २ जना विवेक र सजलको सहयोगमा बाईक बल्ल बल्ल मोडियो ।

बाफ रे यो ओरालो कसरी जाने चिप्लियो भने त सिधै खोलामा झरिन्छ त साथीहरु विवाद गर्न थाले । लौ कस्ले अगाडी बाइक लैजाने यो पनि समस्या भयो । यत्तिकैमा सुमन बोगटी र सन्तोषले बाइक झारे । निकै तल पुगेर मात्रै बाइक रोकियो । पालै पालो सबै झरे अन्तमा मेरो पालो थियो विबेकलाई ओराले र विस्तारै बाइक अगाडी बढाउँदै थिए । फेरी साथीहरु हाँस्दै लौ उत्तैको बाटो रहेछ यहाँबाट त झन जान सकिन्न रे भन्न थाले । मलाई ३६० डिगि्रको रिस उठ्यो तर मैले केहि गर्ने अवस्था पनि थिएन । फेरी ओरालोको मध्यभागबाट बाइक मोडियो ।
 बाइक लडे पछि उठाउदै 
ओरालोमा बईक फर्काउदै
 लौ अव चै जे भए पनि नर्फकने भन्दै छेवैमा रहेको आर्को बाटोबाट हामी अगाडी बढ्यौ । केहि अगाडी बढ्नासाथ सन्तोष र कविन्द्र चढेको बाइक चिप्लिएर लड्यो । मैले बाइक रोके विवेक र कविन्द्रले बाइकलाई उठाए । सन्तोषको घुँडामा चोट लागेछ । लौ होस गरेर विस्तारै जाउँ है भन्दै अगाडी बढियो । करिव ५ किलोमिटरको यो बाटो तय गर्न हामीलाई झण्डै साँढे २ घण्टा लाग्यो । बाटो बनाउँदै बाइक डोहोर्याउँदै र दोवाटोमा स्वनिर्णय गर्दै हामी असिन पसिन भएर मूल सडकमा झरियो । करिव १५ मिनेट जतिमा हामी पनौति बजार आइपुग्यौ । मध्यान्ह करिव एक २ बजे बनेपा आइपुगियो र त्यहिको होटलमा खाना खाइयो ।
सायद हामी नमोबुद्ध नगएको भए हाम्रो यो यात्रा अघिल्लो बर्षको जति यादगार हुने थिएन । नमोबुद्धबाट साँगा झर्दाको करिव ३ घण्टा समय हामीसबै साथीहरुका लागि एउटा ठूलो चुनौति बन्यो । आर्को बर्ष पनि हाम्रो यात्राले निरन्तरता त पाउँने नै छ तर बर्षाको समयमा भने यात्रामा ननिस्कने निर्णय गरियो । यो भन्दा पनि रमाइलो गर्नु पर्छ अर्काे बर्ष । साथीहरुले यो कुरा भनिरहदाँ म भने साँगा झर्दाको यो सास्ती झलझली सम्झिरहेको थिए । त्यो यात्रालाइ सम्झदा अहिले पनि जीउ सिरिङ भएर आउँछ ।

No comments:

Post a Comment