ति ट्रफिकले मेरो बाइकको अगाडी र पछाडी मज्जाले घुरेर हेरे मानौ उनी पहिलो पटक काठमाण्डौको सडकमा एउटा अजिवको बस्तु देखिरहेका छन् । जसले उपत्यकाको ट्राफिक संम्यन्त्रमा एउटा ठूलो दूर्घटनाको संकेत गरेको छ । र म त्यो दूर्घटना गराउने कुख्यात पात्र बनेको छु ।
फिर्र..... फिर्र ………विहान अफिस टाइम बाटोमा ट्राफिकको चाप निकै छ । त्यसैले आफनै सुरमा बाइक दौडाउँदै म अफिस जाँदैछु । लाजिम्पाट ओरालोमा ट्राफिक प्रहरीले सिठ्ठि फुकेर रोकिन संकेत गरे । कलेजबाट अफिसको यो यात्रामा मैले कुनै दूर्घटना गराएको थिइन । न त कारवाहीको भागेदार बन्ने गरी ट्राफिक नियमको बर्खिलाप गएको थिए । तर पनि ती प्रहरीले सिठ्ठि फुके मैले उनको संकेतलाई सहर्ष स्वीकार गरे र बाइकलाई किनारा लगाए । विगतमा झै ती प्रहरीले पनि लाइसेन्स र कागज पत्र खोज्लान भनेर मैले पस्रबाट ती कागजात निकाल्ने तयारी गरे । ट्राफिकले मसँग कागजात भए नभएको सोधे मैले सबै काजग भएको बताए । तर पनि उनले मलाई जान संकेत गरेनन् । उल्टै मलाई ति ट्राफिक तपाईलाई त कारवाही गर्नु पर्ने भयो नि भन्दै कड्किन पो थाले । म छक्क परे । मैले ती ट्राफिकलाई सोधे हैन मैले के गल्ति गरेर मलाई कारबाही गर्ने भन्नु भाको हैन ए बाबा लाइसेन्स र कागज पत्र बोकेर हिड्दा कारवाहीमा परिने प्रचलन कहिले देखि आएछ म सोच्दै थिए । तर ति ट्राफिकले मेरो मोटर साइकलमा राखिएको नम्वर प्लेट यातयात नियमावलि अनुसार नभएकोले मलाई कारवाहि गर्नुको व्यहोरा खुलाए ।
पुरानो बाइकले हैरान भएर मैले करिव ६ महिना अगाडी नयाँ बाइक किनेको थिए । बाइक निकालेर नम्वर प्लेट लेख्न जादाँ पेन्टरले चलन चल्तिमा रहेको मोडलमा मेरो बाइकका लागि पनि प्लेट बनाइदियो । त्यो प्लेट बनाएको मैले साँढे तीन सय रुपैयाँ तिरे । आज अचानक त्यो प्लेट अबैध ठहरिएछ ।
ति ट्रफिकले मेरो बाइकको अगाडी र पछाडी मज्जाले घुरेर हेरे मानौ उनी पहिलो पटक काठमाण्डौको सडकमा एउटा अजिवको बस्तु देखिरहेका छन् । जसले उपत्यकाको ट्राफिक संम्यन्त्रमा एउटा ठूलो दूर्घटनाको संकेत गरेको छ । र म त्यो दूर्घटना गराउने कुख्यात पात्र बनेको छु । उनी भन्दै गए तपाईको बाइकको नम्बर प्लेट टल्किन्छ बुझ्नै सकिदैन दूर्घटना गराएर भाग्यो भने समात्न समस्या हुन्छ ।
मैले प्रयोग गरेको नम्वर प्लेट कम्प्युराइज्ड सिस्टमबाट बनेको थियो । सम्भवतः पारदर्शी सिसामा लेखिएको भएर होला सिधै लाइट पर्दा यो टल्कन्छ । भंगेरे टाउके अक्षरमा राखिएको मेरो बाइकको नम्बर प्लेट टाढै बाट मज्जाले बुमुन सकिन्छ । त्यो पनि बुझिएन रे । हैन दुनियाले पचाउने कुरा पो गर्नु पर्छ ।
मैले उनलाई कहिले देखि यो नियमा शुरु भएको भनेर सोधे । तीन चार दिन भयो भन्दै उनले त जरिवाना भराउने रसिद पो निकाले । एक त मलाई यसको बारेमा केहि पनि जानकारी छैन । अनि अर्काे कुरा यो सडकमा गुड्ने मेरो बाइकमा मात्रै यस्तो नम्वर प्लेट राखिएको त हैन नि । अरुले पनि यस्तै प्लेट राखेर गाडी कुदाइ रहेका छन् । अनि मैले चै किन जरिवाना तिर्ने ती ट्राफिकसँग झण्डै ५ मिनेट जति चर्का चर्कि नै पर् यो । अन्तमा नम्वर प्लेट परिवर्तन गर्ने सर्तमा कथित् कुख्यात म र मेरो काथित कुख्यात मोटर साइकल ति कानुनका पालक ट्राफिकको पाजाबाट मुक्त भयौ ।
अफिस जान हतारिदै हिडेको मान्छे म बेफवा्कमा टेन्सनमा आए । लाजिम्पाटको माछापुच्छ्रे बैक छेवैमा एउटा आर्ट सेन्टर थियो । त्यसमा नम्वर प्लेट परिवर्तनका लागि गएको । फेरी त्याहा पनि टेन्सन । आर्ट सेन्टरको मान्छे यति व्यस्त कि उसलाई मेरो कुरा सुन्न कुनै फुस्रदै थिएन । आफैले औजार खोजेर नम्वर प्लेट बनाउन दिए । दुइसय पचास लाग्छ । फुस्रद छैन पर्शी आउनु । आर्ट सेन्टरकी सहयोगीले एउटा विल थमाइदिइन् र भनिन ट्राफिकले किचकिच गरे यहि विल देखाउनु होला ।
काठमाण्डौमा सार्वजनिक सावारी साधनको यात्रा सहज छैन । अझ त्यसमाथि मिडियमा काम गर्ने मान्छे । अलि बढि नै व्यस्त होइन्छ । त्यसैले पाँच बर्ष देखि मैले मोटर साइकल प्रयोग गर्दै आइरहको छु । घण्टौ लाइनमा बसेर तेल हाल्नु राजश्व बुझाउन पहिला खाजश्व खुवाउनु कहिले दुइवटा हेल्मेटको व्यवस्था गर्नु कहिले कालो भाइजर हटाउनु अनि अव नयाँ बखेडा नम्वर प्लेट आतंक । मोटर साइकल चालकले विगत केहि वर्ष देखि यस्तै सास्ति खेप्दै आएका छन् । र म पनि यी मध्ये केहि समस्याबाट पिडित हुँ र छु । मैले चढेको मोटर साइकलले राज्यलाई बर्ष बर्षमा राजश्व तिर्छ । मेरो दैनिक कामलाई सहज बनाइदिएको छ । तर पनि किन किन आजकाल मलाई मोटरसाइकल चढेर जघन्य अपराध गरेको बोध भइरहेको छ । अव मोटरसाइकल बेचेर साइकल चढौकि भन्ने सोच्दै छु तर के थाहा भोलि फेरी साइकल चढ्नेले पनि यस्तै सास्ति खेप्नु पर् यो भने यदि त्यसो भयो भने मेरा दुइ खुट्टे साधन त मसँगै छन् । यसमा त यी नियमहरु लागु हुदैनन होला नि !