इरादा पहाडी
'शान्ता दिदी त बित्नुभएछ नि, थाहा पायौ ?' एक साथीले गरेको यो प्रश्नले अकस्मात् नराम्रोसँग झट्का दियो । डा. शान्ता थपलियाको देहावसानको खबरले केही महिनाअघि उहाँसँगको भएको पहिलो भेट नै अन्तिम भएको सूचना दिइरहेको थियो । कामको सिलसिलामा भेटिनुभएकी प्रोफेसर डा. शान्ता थपलियाको हँसिलो अनुहार निकै बेरसम्म आँखावरपर आइरह्यो । उहाँले भन्नुभएका कुरा एकपटक हृदयमा ताजा भएर बौरिए ।
'छोरी भएर नजन्मिएको भए म जति पनि काम गर्थें, त्यो बोक्रे गर्थें होला,’ उहाँले हाँस्दै थप्नुभएको थियो
'शान्ता दिदी त बित्नुभएछ नि, थाहा पायौ ?' एक साथीले गरेको यो प्रश्नले अकस्मात् नराम्रोसँग झट्का दियो । डा. शान्ता थपलियाको देहावसानको खबरले केही महिनाअघि उहाँसँगको भएको पहिलो भेट नै अन्तिम भएको सूचना दिइरहेको थियो । कामको सिलसिलामा भेटिनुभएकी प्रोफेसर डा. शान्ता थपलियाको हँसिलो अनुहार निकै बेरसम्म आँखावरपर आइरह्यो । उहाँले भन्नुभएका कुरा एकपटक हृदयमा ताजा भएर बौरिए ।
नेपाल कानुन क्याम्पसकी पूर्वविद्यार्थी, प्राध्यापक एवं पारिवारिक कानुनमा विद्यावारिधि गर्ने पहिलो नेपाली महिला र समाजसेवी उहाँको व्यक्तित्वबाट म निकै प्रभावित थिएँ । महिलाअधिकारका क्षेत्रमा दुई दशकभन्दा बढी योगदान पुर्याइसक्नुभएकी उहाँ महिलाहरू आर्थिक र सामाजिक हिसाबले मात्र होइन, कानुनी हिसाबले पनि अगाडि बढ्नुपर्छ भन्ने मान्यता राख्नुहुन्थ्यो । न्यायाधीश हुने आफ्ना सपनालाई त्यागेर आफूले लिएको कानुनी शिक्षालाई व्यक्तिगत रूपमा मात्र उपयोग नगरी सामाजिक रूपमा नै अभियानका रूपमा लैजानुभयो उहाँले । आफूले पाएको शिक्षालाई सार्थक बनाउने हिसाबले महिलाअधिकारका क्षेत्रमा काम गर्न थाल्नुभएकी उहाँले सामाजिक रूपान्तरणका लागि पहिलो कदम घरबाटै सुरु गर्नुपर्छ भनेर छोरीका लागि अंश दिने परिपाटीको सुरुवात गर्ने काममा महत्त्वपूर्ण योगदान दिनुभयो ।
सामाजिक स्तर उठाउनका लागि छोराछोरी दुवै बराबरी भनेर घरबाट नै बाबुआमाले नैतिक आचरणको विकास गराउनुपर्छ, तबमात्र एउटा पुरुषले आफ्ना दिदीबहिनी एवं श्रीमतीलाई बराबरी दृष्टिले हेर्छ र हिंसा कम हुन्छ भन्ने मान्यता राख्नुहुने उहाँले त्यही सोचअनुरूप नै कानुनी सहयोग तथा परामर्श केन्द्रको स्थापना गर्नुभएको थियो । उहाँको त्यस संस्थाले गाउँगाउँमा राम्रोसँग बाँच्न पाउनु पनि अधिकार हो भनेर महिलाहरूलाई अगाडि बढाउने काम गर्दै आएको छ ।
त्यसो त कटिबद्ध महिलाअधिकारकर्मीका रूपमा काम गर्दै अगाडि बढ्दा उहाँले थुप्रै आलोचनाहरू खेप्नुपरेको पनि थियो । छोरीहरूले पनि छोरासरह अंश पाउने अधिकार पास भएको दिन आफ्नो जिन्दगीकै सबैभन्दा खुसीको क्षण बताउनुभएको थियो, उहाँले ।
'त्यसका लागि कति संघर्षमात्र गरिएन, असाध्यै चरित्रहत्या भयो, बहुलाही, विदेशीको एजेन्ट, क्रिस्चियनिटीको प्रचारक आदि भन्ने, फोन गरेर जे मन लाग्छ त्यही भनेर थर्काउने, कार्यालय जाँदा पनि कहाँ पुगेर आइयो भन्ने खालका सुन्न नसकिने कुराहरू केमात्र भन्न बाँकी राखे र ? धेरै टर्चरहरू पाएको छु मैले । ममाथि धेरै अन्याय, अत्याचारहरू भएका छन्, र पनि म एकदमै आँटिलो मान्छे थिएँ । धेरैलाई मैले गिँडेर हिँड्छु पनि भने । तर, पछि सहनु मेरो जीवनको प्रवृत्ति बन्न पुग्यो । मैले सहनुलाई ठूलो मान्न थालेँ । त्यही सहन थालेका नराम्रा कुराहरू मेरो रोगका रूपमा देखा परे । नेगेटिभ सेक्रेसन सुरु भएर रोग बन्छ भनेको सही नै रहेछ ।' डा. शान्ताले प्रथम भेटघाटका क्रममा सुनाउनुभएको थियो, हामीलाई । उहाँको त्यही सहने बानीले नै क्यान्सरको रूप लिएको थियो, सायद । अन्तिम अवस्थामा मात्र उहाँले आफूलाई क्यान्सर भएको पत्तो पाउनुले त्यही संकेत गर्छ ।
इन्डोमेटि्रयन क्यान्सरबाट पीडित उहाँलाई चिकित्सकले ६ महिनाको समय दिएका भए पनि उहाँले क्यान्सरसँग संघर्ष गर्नुभएको तीन वर्ष बित्न लागिसकेको थियो । मनोबल जीवनमा अत्यावश्यक हुन्छ भनेर क्यान्सरबाट ग्रस्त रहँदा नै उहाँले लेख्नुभएको 'मनोबल' नामक किताब उहाँले मलाई सोही भेटघाटमा अध्ययनका लागि दिनुभएको थियो ।
सामाजिक रूपान्तरणका लागि आफूले केही इँटा थपेको र त्यसमा आफू खुसी रहेको बताउनुहुने शान्ता दिदीले 'छोरी भएर आफूले गरेको काममा आफूलाई अत्यन्त सन्तुष्टि भएको' सुनाउनुभएको थियो, त्यस क्षण । 'छोरी भएर नजन्मिएको भए म जति पनि काम गर्थें, त्यो बोक्रे गर्थें होला,' उहाँले हाँस्दै थप्नुभएको थियो ।iradapahadi@gmail.com
No comments:
Post a Comment