Wednesday, February 23, 2011

२७ घन्टामात्रै बिजुली


सरकारमा बस्नेहरूको दृष्टिकोण संकुचित भएपछि राज्यको नीति गरिबमारा हुन पुग्दोरहेछ। लोडसेडिङको समयतालिका यसको एउटा उदाहरण हो। नेपाल विद्युत् प्राधिकरणले जारी प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार काठमाडौंमा दिनको १४ घन्टा बिजुली आउँदैन।
घरेलु उपभोगका लागि बिजुली चाहिने सामान्यतः बिहान ५ बजेदेखि १० बजेसम्म र साँझ पनि लगभग त्यति नै समय हो। अर्थात् दिनको १० घन्टा नै हो। तर, बिजुली आउने समयमा गौर गर्ने हो भने सातामा अधिकांश दिन घरेलु उपभोक्तालाई चाहिने बेलामा आउँदैन।
म बस्ने गोँगबु आवास क्षेत्र लोडसेडिङको समूह ५ मा पर्छ। त्यहाँ आइतबार बिहान ८ बजे बिजुली जान्छ र साँझ पनि ६ बजे जान्छ। यसको अर्थ चाहिने समयमा जम्मा ४ घन्टा आउँछ। सोमबार बिहान ६ बजे र साँझ ५ बजे जान्छ। अर्थात् बिहान १ घन्टामात्र बिजुली काम लाग्छ। मंगलबार त झन् बिहान बेलुकै ४ बजे जान्छ। त्यस दिन बिजुली आउनुको कुनै अर्थ हुँदैन। कामकाजी दम्पती र विद्यालय जाने केटाकेटी रहेछन् भने तिनले मंगलबार बिजुली देख्दैननन्। बुधबार बिहान ९ बजे आउने बिजुली साँझ ३ बजे जान्छ। त्यस दिन बिहान ४ घन्टा बिजुली काम लाग्छ। बिहीबार बिहान ८ बजे आउँछ र साँझ पनि ८ बजे नै आउँछ। त्यस दिन ४ घन्टा बिजुलीको मुख देख्न पाइने रहेछ। सुकबार बिहान ५ बजे आउँछ र बेलुका १० बजे जान्छ। त्यस दिन भने चाहिने जति समय बिजुली आउने रहेछ। शनिबार बिहान बेलुकै ८ बजे बिजुली आउने हुनाले ४ घन्टा काम लाग्छ।
यसरी हेर्दा सातामा विद्युत् प्राधिकरणले ७० घन्टा बिजुली दिएको दाबी गरे पनि घरेलु प्रयोगकर्तालाई काम लाग्ने चाहिँ २७ घन्टामात्रै हो। जनतालाई १० घन्टा बिजुली आउँछ भनेर किन ढाँट्नु< बरु काम लाग्ने बेलामा दिनको ३ घन्टामात्रै दिए हुन्छ। आखिर लोडसेडिङविरुद्ध त के शिक्षा र स्वास्थ्यजस्ता आधारभूत अधिकार उपलब्ध नभए पनि नेपाली जनता सडकमा आउँदैनन्। राजनीतिबाहेक हामीलाई अरू विषयको खासै चासो जो छैन। हुनत, नेपालका २० प्रतिशत जनताले पनि बिजुली पाएका छैनन्। सहरमा बस्नेहरू १५ प्रतिशत जतिका लागि यो लोडसेडिङले पिर्ने हो। त्यसमा पनि पानी खान पनि बिजुली चाहिने त काठमाडौं सहरमा मात्रै होला। त्यसका लागि सरकारले टाउको किन दुखाउने भन्ने सोच पनि होला। त्यसलाई गलत नभन्ने हो भने पनि जनतालाई ढाँट्नु चाहिँ त बदमासी नै हो। यो तालिका सबै तिर लागू हुन्छ। दिनमात्रै बदलिन्छ।
गोंगबु आवास क्षेत्रमा एक दिन बिराएर बिहान ७ बजेतिर पानी आउँछ। मोटर लगाएर नताने धेरैको ट्यांकीमा पानी जाँदैन। मोटरले तान्न बिजुली हुँदैन। सक्नेले जेनेरेटरको जोहो गर्न थालेका छन्। नसक्नेका लागि पानी किन्नुको विकल्प हुँदैन। बिजुली नहुँदा खाने पानी पनि पाइएन। पानीमात्रै पनि जमिनको ट्यांकीमा सम्म जाने भए बिजुली आएको मौका छोपेर छानाको ट्यांकीमा तान्न सकिने थियो। त्यसमाथि अहिले धेरै ठाउँमा नजिकै बोरिङ गरेर पानी निकाल्ने गरिन्छ। बिजुली नभएपछि बोरिङ पनि हुँदैन। पानी पनि आउँदैन। स्कुले नानीहरूले घरको सजाय भुक्तान गर्न सक्तैनन्। दिनहुँ खप्टिँदै जान्छ। मामुहरूले लुगा धोइदिन भ्याउँदैनन्। बाबाहरूलाई पानी र मैन बत्ती किन्ने झ्याउलो थपिन्छ। अर्थात्, चाहिने बेलामा बत्ती नपाउँदा घरको साँगै खलबलिन्छ।
बत्ती देऊ भन्नुको अर्थ छैन। धनीहरूले आआफ्नो बन्दोबस्त मिलाएकै छन्। सरकारी पदाधिकारीलाई राज्यकै ढुकुटीबाट बन्दोबस्त भएको छ। अलि नाम चलेका केही डाक्टरहरूलाई त औषधि निर्माताहरूले घरमा टिभी हेर्न सकिने क्षमताको सोलार जोडिदिएका छन् रे। सडकमा जाने फुर्सद पनि नभएका मर्कामा पर्ने त सामान्य जनता न हुन्।
सायद, यसैले विद्युत् प्राधिकरणले पनि पेलेको हो। नत्र बरु दिनको ४ घन्टा नै सही चाहिने बेलामा बिजुली दिनुपर्ने हैन। नेपालको बिजुली भनिन्छ, कसैको झोला छ, कसैको खोलामै छ। पानीको किनबेच र खोसाखोस छ। हाकिमहरूलाई सदर गर्दा पनि पैसै छ। बदर गर्दा पनि पैसै छ। बनाउँदामात्र हैन किन्दा पनि कमिसन आउँछ। जनताले जस्तै कष्ट ठालुहरूलाई पनि हुने हो भने केही बन्दोबस्त हुन्थ्यो कि।

नेपाल आएकोमा गर्व गरे ब्रायनले

ट्वीटरका साथ ब्रायनको सोल्टी बसाइ-
कृष्ण ढुंगाना, काठमाडौं, फागुन ७- केही समयअघि काठमाडौं अवतरण गरेका क्यानेडियन रक गायक ब्रायन एडम्सले नेपाल आएकोमा गर्व गरेका छन्। प्रजातन्त्र दिवसको दिन राजनीतिक नेताहरुको बेवास्ता गर्दै भव्य स्वागत गर्ने नेपालीहरु देखेर दंग ५३ वर्षे गायकले सोल्टीबाट गर्वका साथ ट्वीटरमा अपडेट गरेका छन्- 'हामी नै नेपालमा गाउने पहिलो पश्चिमी बेन्ड हौं।'
कडा सुरक्षाका साथ विमानस्थलबाट सोल्टी पुगेका ब्रायनले फ्यानहरुसँग साक्षत्कार गर्नसक्ने अवस्था रहेन। धन्य ट्वीटर ! सोल्टीको आरामदायी रुममा बसेर यी रक स्टार फ्यानहरुलाई शान्त पारिरहेछन्। 'मलाई थाहा छ, यो यात्रा असाध्यै रोमाञ्चक भएको भयो', आफ्नो ढाका कन्सर्ट बारे सम्झाउँदै एकजना फ्यान आस्थालयले ब्रायनका लागि बंगलादेश यात्रा पनि त पहिलो पश्चिमी बेन्डकै रुपमा भएको थियो नि भनेर लेखेकोमा उनले प्रतिक्रिया दिएका छन्।
प्रजातन्त्र दिवसको दिन नयाँ हिरोको रुपमा काठमाडौं आएका रक स्टारको ट्वीटर पछ्याउँदै धेरै नेपालीहरुले लेखेका छन्- 'नेपालमा तिमीलाई न्यानो स्वागत छ।' बाहिरको संसारमा सुरक्षाको समस्या भए पनि ट्वीटरमा ब्रायन निकै उन्मुक्त देखिन्छन्। सोल्टी होटल पुगेको पहिलो एक घण्टामा उनले आफ्नो ट्वीटर तीन पटक अपडेट गर्न भ्याएका छन्।
काठमाडौं विमानस्थलको स्वागत पनि ब्रायनलाई भव्य लागेछ। एकजना फ्यानको आग्राहमा तस्विर ट्वीट गर्दै ब्रायनले लेखेका छन्- 'नेपालको कन्सर्टका लागि विमानस्थलमा उत्रँदा भव्य स्वागत।' प्रहरीको कडा सुरक्षा, सञ्चारकर्मी र सर्वसाधारणको ठूलो भिड देखिनेगरी खिचेको सो तस्विर उनी आफैँले खिचेको जस्तो देखिएको छ। ब्रायन फोटोग्राफीका सौखिन हुन्।

Sunday, February 20, 2011

ब्रायनसित झुम्यो काठमाडौँ

काठमाडौं, फागुन ८ (नागरिक)– विश्वविख्यात गायक ब्रायन एडम्सले आफ्नो प्रस्तुतिसँगै नेपाल अब सम्पूर्ण संगीतकर्मीहरूका निम्ति खुला भएको घोषणा गरेका छन्। 'मैले थाहा पाएसम्म पहिलो पटक यहाँ यस्तो कन्सर्ट आयोजना भएको हो,' दर्शकको निरन्तर तालीबीच उनले शनिबार भने, 'र, अब विश्वास गर्छु, यससँगै विश्वभरका रक गायकहरूको प्रस्तुतिले निरन्तरता पाउनेछ।' 
सरल शब्दबाटै गम्भीर भाव दिने गीतका कारण गैर अंग्रेजीभाषी माझ सर्वाधीक चर्चित ब्रायन नब्बेको दशकमा विश्वकै सबैभन्दा मन पराइएका गायकमध्ये थिए। यी ५१ वर्षे क्यानेडेली गायकको बेग्लै स्वाद बोकेको 'हस्की' स्वर नक्कल गरेर गाउनेहरू लगभग सबैजसो मुलुकमा भेटिने गर्छन्। अहिले पनि उत्तिकै लोकप्रिय उनका गीत सजिलै बुझिने भएकाले अंग्रेजीका नियमित श्रोताबाहेक पनि ठूलो संख्याले उनलाई सुन्ने गर्छ।

 
रेकर्ड सुनेरै 'फ्यान' भएका झण्डै २० हजार दर्शकले भरिएको दशरथ रंगशालामा ब्रायनले दुई घन्टाकै बीच आफु उत्तिकै सशक्त स्टेज प्रस्तोता पनि रहेको साबित गरे। सुरुमै त्यसको छनक उनले काठमाडौंसँग जोडिएको एउटा पुरानो गीत सुनाएर दिएका थिए।
बब सेगरको 'आइ एम गोईंग टु काठमाडौं' का भावले अमेरिकी जीवनबाट बाहिरिनेहरूका निम्ति यो पहाडी मुलुक कति प्रिय छ भन्ने उल्लेख गर्छ। तर, ब्रायनको यो गीत छनौट केवल दर्शक प्रभावित पार्न मात्र नभएर उनको आफ्नै मनको अभिव्यक्ति थियो भन्ने पुष्टि पछिसम्मकै व्यवहारले देखाएको थियो।
त्यसले दर्शक मनलाई कतिसम्म हल्लाएको थियो भने बारम्बार सबैको हात हातमा मोबाइल फोनको झिसमिसे बत्ती ताल मिलाएर ढल्कँदै गर्दा सम्पूर्ण रंगशाला नृत्यरत देखिन्थ्यो। ठीक पूर्वी आकासमा पूर्ण चन्द्रमा र अर्कोतर्फ मैदानको मध्यमा चम्किलो स्टेज बीचको यो रमणीय दृश्यलाई उनी शब्द र स्वरले झनै सिंगार्दै थिए–
'लेट्स मेक अ नाइट, टु रिमेम्बर
जनवरी, टु डिसेम्बर...'
उनी भन्दै थिए– 'विश्व अब खुला भएको छ, यसलाई संगीतले जोडौं।' ब्रायनले आफ्ना लगभग सबैजसो चर्चित गीतहरू सुनाइसकेका थिए। 'प्लिज फर्गीभ मी', 'एटीन टिल आइ डाइ', 'समर अफ सिक्सटी नाइन' र 'एभ्री थिंग आइ डु, आइ डु इट फर यु'।
अचानक उनले एउटा अनौठो घोषणा गरे। 'यसले हामी सबैलाई रोचक क्षण पनि दिनसक्छ, ' उनी भन्दै थिए, 'अथवा एउटा घातक कदम पनि भइदिन सक्छ।'
उनले रंगशाला भित्रका उत्तेजित दर्शक घेरालाई आफूसँग गीत गाउने प्रस्ताव फाले। 'बेबी ह्वेन यु आर गन' बोलको गीत गाउन कसले सक्छ भनेर सोध्दा सयौं हात उठे। उनलाई विश्वास गर्न गाह्रो भइरहेको थियो। त्यसैले प्रत्येकलाई औंल्याउँदै पटक–पटक सोध्दै थिए– 'के पक्का गाउन सक्छौ? यसका सम्पूर्ण शब्द याद छ?'
उठेका हात मध्येकै एक युवतीलाई उनले स्टेजमा बोलाएर साथै गाए। ब्रायनको यो कदमले साँझलाई थप रोचक बनाएको थियो।
यसैगरी अघि बढ्दै गएपछि एउटा विन्दुमा पुगेर थाकेका उनका वाद्यवादकहरू सबै स्टेजबाट बाहिरिए। तर, ब्रायन फेरि स्टेजमै फर्किए।
'आजको साँझ तपाई र म कति नजिक भयौं भन्ने कुरा मेरा साथीहरूलाई सायद बुझाउन सक्दिन होला,' उनले यति भन्ना साथ गीतार र माउथ अर्गन भिर्दै फेरि सुरु भए–
'गीभ इट टु मी स्ट्रेट फ्रम द हार्ट
टेल मी वी कुड मेक अनोदर स्टार्ट'
बंगलादेशबाट शनिबार दिउँसो काठमाडौं प्रवेश गरेका ब्रायनले तत्कालै सामाजिक संञ्जाल ट्वीटर मार्फत् भनेका थिए– 'नेपालमा आएर कन्सर्ट गर्ने पहिलो अन्तर्राष्ट्रिय पश्चिमेली ब्याण्ड हामी भएका छौं। हाम्रो लागि यो गर्वको कुरा हो। विश्वको चर्चित शिखर सगरमाथाको आकास हुदैं हामी काठमाडौं प्रवेश गरेका छौं।'
यता उनलाई हेर्न दर्शकहरू २ बजेदेखिनै दशरथ रंगशालामा लाइन लागेका थिए। ठूलो भीड नियन्त्रण गर्न नसक्ने स्थानीय प्रहरीको घोषणासँगै नयाँ दिल्लीमा रद्द भएको ब्रायनको प्रस्तुतिले नेपालमा पनि त्यस्तै संभावित खतराको भय तेर्स्याएको थियो। तर, दर्शकलाई पगालेर एकाकार बनाएका ब्रायनले त्यस्ता सबै संभावनालाई पन्छ्याइ दिएको थियो।
'के तपाइहरूलाई थाहा छ,' उनी कार्यक्रमको अन्त्यमा यसो भन्दै विदा भएका थिए, 'हामी आजदेखि साथी भएका छौं।'
कार्यक्रम सम्पन्न भए लगत्तै कारमा चढ्नुअघि नागरिकसँग कुरा गर्दै ब्रायनले आफू फेरि एकपल्ट नेपाल आउने इच्छा प्रकट गरे। 'म फेरि नेपाल आउँछु,' उनले त्यो भ्रमणको रहस्योद्घाटन गर्दै भने, 'तर, अबको यात्रा कसैले थाहा नपाउने गरेर सुटुक्क हुनेछ र सबैतिर घुम्छु।'
ब्रायनलाई गीतारमा साथ दिने किथ स्कटले नागरिकलाई ब्रायन एडम्सको साथमा कन्सर्ट दिँदै हिँडेको ३० वर्षे यात्रामा सबैभन्दा रमाइलो क्षण काठमाडौंमै अनुभव गर्न पाएको बताए।
कन्सर्ट हेर्न प्रवेश गर्नेको भीड। 
ब्रायन चढेको कार रंगशाला प्रवेश गर्दै। फोटोहरुः विजय राई/केशव थोकर/विकास कार्की

महानगरको पार्कमा जोडीलाई स्वागत 'आर्थिक अभावले प्रेम बगैंचा बनाउन सकिएन'

जितेन्द्र साह
काठमाडौं, फाल्गुन ७ - जोडीका लागि खुसीको खबर । डेटिङका लागि पशुपति वा स्वयम्भूमा बन्देज लगाइएपछि काठमाडौं महानगरपालिकाले सभ्य प्रेम गर्न महानगरका पार्क खुला रहेको जनाएको छ । महानगरपालिकाको वातावरण विभाग प्रमुख शान्ताराम पोखरेलले जोडीहरूलाई धार्मिक र मर्यादित प्रेम प्रदर्शन गर्न महानगरका खुला पार्कमा आउने निम्तो दिएका हुन् । 'गरिब प्रेमीहरूले भावना साटासाट गर्न हाम्रा पार्कहरू गए हुन्छ, त्यहाँ कसैले लखेट्दैन,' उनले शुक्रबार कान्तिपुरसँग भने । पोखरेलले महानगरपालिकाको बालाजु बाइस धारा पार्क, रत्नपार्क, शंख पार्क र सहिद पार्कमा प्रेमजोडीलाई स्वागत भएको बताए । उनले लगानीकर्ता नभेटिएर 'प्रेम बगैंचा' निर्माण गर्न नसकिएको बताए । 'प्रायोजनकर्ताको अझै खोजी गरिरहेका छौं,' उनले भने । 
पशुपति क्षेत्र विकास कोषले दुई सातामा अमर्यादित ढंगले प्रेम प्रदर्शन गर्ने जोडीलाई लखेट्ने अभियान जारी राख्ने बताएको छ । सशस्त्र प्रहरी बल र कोषको संयुक्त टोलीले बिहीबार फेला पारेका ८ जोडीमध्ये ५ लाई र शुक्रबार १५ जोडीमध्ये १० लाई जनही २ सय जरिवाना गरेको छ ।  कोषले सोमबारदेखि शुक्रबारसम्म पाँच दिनको अवधिमा एक सय दुई जोडीलाई जरिवाना तिराउने र चेतावनी दिएको छ । 
पन्ध्र दिनको अभियान पूरा भएपछि यसको असरबारे अध्यन गर्ने कोषका सदस्यसचिव सुशील नाहाटाले जानकारी दिए । स्वायत्त संस्था भएकाले कोषलाई आफ्नो क्षेत्र व्यवस्थित गर्न जरिवाना तोक्ने अधिकार रहेको दाबी गरे । कोषको कार्यसम्पादन समितिको बैठकमा विधिवत् प्रस्ताव राखेर पारित गरिएको हुनाले कुनै पनि कानुनले यसलाई अवैध ठहर गर्न नसक्ने उनले बताए । नियन्त्रणमा लिइने अधिकांश जोडीमा पढेलेखेका हुने गरेको र उनीहरूले चुप लागी रसिद कटाएर दुई सय रुपैयाँ जरिवाना तिरेर जान्छन् ।
व्यक्तिगत र पारिवारिक जीवनको गोपनीयता भंग हुने जोडीकै आग्रहअनुरूप तस्बिर खिचेर राख्ने काम बन्द गरिएको उनले बताए । नाहाटाले भने, 'तस्बिरको दुरुपयोग नहोस् भनेर खटाइएको टोलीलाई दिएका दुई क्यामेरा फिर्ता लिइएको छ ।' कोषलेझैं स्वयम्भू प्रहरी प्रभागलेसमेत धार्मिक आस्थामा खलल पुग्ने गतिविधि हुन नदिन भन्दै स्वयम्भूको मन्दिर र जंगल क्षेत्रबाट जोडीलाई लखेट्न छाडेको छैन ।
'जोडीहरूले सीमा नाघेर गर्ने गतिविधिले आवागमनमा बाधा पुर्‍याउनुका साथै असुरक्षालाई समेत बढाएको थियो,' प्रभागका निरीक्षक कुवेर चन्दले भने, 'अपि्रय घटना हुन नदिनलाई पनि सतर्कता अपनाइएको हो, यो जोडीहरूकै पनि हितमा हो ।' दुई वर्षअघि जंगलभित्र केही जोडी लुटिएको र गुण्डाहरूले बदनाम गर्ने धम्की दिंदै केही युवतीमाथि बलात्कार प्रयास भएको प्रभागले जनाएको छ ।
समाजशास्त्री तथा अधिवक्ता चन्द्रकान्त ज्ञवालीले मन्दिर क्षेत्रका सांकेतिक टुँडालले धर्म र संस्कृतिमा पनि प्रेमको अस्तित्व रहेको मात्र बताउन खोजेको बताए । 'त्यसले धर्मको नाममा अपराध गर्न भनेको होइन,' ज्ञवालीले भने ।
उनका अनुसार सीमा नाघेर गरिने क्रियाकलाप कानुनी दायरामा पर्ने हुनाले यो केही सार्वजनिक अपराधमा पर्छ । सहरीकरण र भूमण्डलीकरणले प्रेम गर्नुलाई प्रतिष्ठा र पहिचानको विषय बनाएको ज्ञवालीले बताए । 'अरूलाई देखाउन र हीनताबोधबाट बच्न पनि केटा र केटी साथी बनाउने चलन छ,' उनले भने, 'प्रेम गर्नुबाट कसैलाई वञ्चित गरिनुपर्छ भन्न खोजेको होइन तर नैतिकतामा ताकेर गरिने
प्रदर्शन र गलत बुझाइले यसलाई कमजोर बनाउँछ ।' सरकारले खुलापनलाई प्रोत्साहित गर्न नहुने एवं सजग भएर कानुनलाई कडाइका साथ लागू गर्नुपर्ने उनले बताए । 
प्रकाशित मिति: २०६७ फाल्गुन ७

त्यो अविस्मरणीय साँझ


दिनेश वाग्ले/सुरज कुवर
काठमाडौ, फाल्गुन ८ - प्रख्यात अमेरिकी रक गायक बब सेगरको नेपाली राजधानीप्रति समर्पित गीत 'आई थिङ्क आईएम गोईङ टू क्याटमान्डु' -लाग्छ म काठमान्डु जाँदै छु/साँच्चै म त्यहीँ जाँदै छु/क्या..क्या..क्या..क्याटमान्डु) गाएपछि स्टेजमा आफ्नो परिचय दिएका ब्रायन एडम्सले केही गीत गाएपछि मिलेको विश्राममा आफू काठमान्डु आउन पाएकोमा 'बिछट्टै' खुसी व्यक्त गरे ।
Photo by : Suman Luitel
'नेपालमा आएर सांगीतिक कार्यक्रम प्रस्तुत गर्ने पहिलो पश्चिमा गायक हुन पाउँदा म बिछट्टै गौरवान्वित छु,' एडम्सले भने । यो नै पश्चिमा संगीतप्रेमीहरू नेपालीहरूका लागि अन्तिम कार्यक्रम भने नहुने पनि उनले प्रस्ट पारे । 'आशा छ, आजको यो कन्सर्ट तपाईंहरूसामु प्रस्तुत हुने अबका थुप्रै (पश्चिमा) सांगीतिक कार्यक्रमहरूमध्येको पहिलो हुनेछ,' उनले भने ।
आफ्ना गीत र प्रस्तुतीहरूमार्फत दर्शकहरूलाई जुरुक्कै उचालेका ब्रायनले काठमान्डुकी एउटी 'भाग्यमानी' युवतीलाई चाहिँ स्टेजमा आफ्ना हातैले उचाले । पुरानो बानेश्वरकी वृन्दा सिंहले स्टेजमै गएर ब्रायनसँगै 'बेबी ह्वेन यु आर गन आई रियलाइज आई एम इन लभ' -पि्रय, तिमी गएपछि मैले आफू प्रेममा परेको महसुस गरेँ) गीत गाइन् ।
'प्लिज फर्गिभ मी' (मलाई माफ गरिदेऊ, म तिमीलाई माया नगरी रहन सक्दिनँ) गीत गाएपछि स्टेजबाट हराएका ब्रायन लगत्तै एउटा प्रस्तावसहित देखा परे । 'कन्सर्टको यो त्यस्तो भाग हो जहाँ म सही पनि हुनसक्छु, गतल पनि ठहरिन सक्छु,' ब्रायनले भने, 'तपाईंहरूमध्ये एकजनालाई स्टेजमा बोलाएर 'बेबी ह्वेन यु आर गन' सँगै गाउन चाहन्छु ।' अनि उनले हात उठाएका दर्शकहरूलाई 'पक्का हो ? सबै शब्दहरू आउँछ ? हैन भने स्टेजबाट धकेल्छु है' भन्दै आश्वासन लिन खोजे । एक जना विदेशी त फलामे बारै नाघेर स्टेजतिर दौडिए । तर उनलाई प्रहरीहरूले समातेर दर्शकदीर्घातिर फ्यालिदिए । प्रहरीले त्यसो गरिरहँदा ब्रायन छ फिटको स्टेजमा उभिएर दर्शकको आश्वासन लिनै व्यस्त थिए । केही क्ष्ाणमै उनले 'लु, त्यो गुलाबी टीसर्ट लगाउने केटी आऊ' भन्दै एउटीलाई बोलाए ।
अनि त हत्तपत्त खडा गरिएको भर्‍याङ चढेर मैदानकी वृन्दा फुत्तै स्टेजमा उक्लिइन् । आत्मविश्वासले पूर्ण रूपमा भरिएकी जस्ती देखिने वृन्दाले नडराई, हाँसीहाँसी ब्रायनका केही प्रश्नको उत्तर दिइन् । जस्तो ः  तिम्रो घर कहाँ हो ? काठमान्डुमा चाहिँ कहा हो ? तिमी के गछ्र्यौ ?
'ब्याङ्कमा काम गर्छु,' ब्याङ्क अफ काठमान्डुकी २७ वर्षे कर्मचारीले चिच्याउँदै भनिन्, 'ब्याङ्कर हुँ म । आई विल रक ।' (तपाईंसँगै गाएर म रमाइलो गर्छु ।)
गीत गाएपछि आफूलाई ग्वाम्लाङ्ग अँगालो हालेकी वृन्दालाई गितार बोकिरहेका ब्रायनले जुरुक्क उचाले । चार साथीहरूसँग रंगशाला पुगेकी वृन्दालाई आफ्नो तस्बिर छापिएका पाँच वटा टीसर्ट दिएपछि ब्रायनले नेपाली युवतीको प्रस्तुतिको प्रशंसा गरे ।
'मैले त्यसरी ब्रायनसँगै गाउन पाउँला भन्ने आशा गरेकी थिएँ,' ब्रायनले दिएको सेतो टीसर्ट (काला उनले साथीहरूलाई दिइन्) लगाएकी वृन्दाले नपत्यारिलो ढंगमा कान्तिपुरसँग भनिन् । ब्रायनका सबै गीत र 'प्लिज फर्गिभ मी' विशेष रूपमा मन पराउने वृन्दाले छ कक्षामा पढ्दादेखि उनका गीत सुन्न थालेको बताइन् । इलाइट कोएड स्कुलमा पढेर काठमाडौं विश्वविद्यालयबाट एमबीए र त्रिभुवनबाट समाजशास्त्रमा स्नातकोत्तर गरेकी युवतीले ब्रायनसँग गाएर 'नेपालको नाम राखेको महसुस गरिरहेको' कान्तिपुरलाई बताइन् ।
साँझ पौने आठ बजे स्टेजमा उत्रेर गाउन थालेका गायकले लगातार अढाई घन्टा प्रेम, सम्बन्ध र जीवनबारेका गीतहरू गाए । थुप्रै गीतहरूमा ब्रायनलाई सँगै गाएर साथ दिएका दर्शकहरूले चम्किला मोबाइल फोन देखाउँदै हात हल्लाउँदा रंगशालाको छाता नभएको दर्शक दीर्घा ताराहरूले भरिएको हल्लिएको आकाश जस्तो देखिएको थियो । त्यो दृश्यले गायकको ध्यान विशेष तानेको थियो । कार्यक्रमको अन्त्यमा गितारको साटो हाते क्यामेरा लिएर स्टेजमा उभिएका गायकले दर्शकहरूलाई भने, 'लौ म फिल्म खिच्दै छु । तपाईंहरूको पूर्ण सहयोग चाहिन्छ । मोबाइल फोनहरू अँठ्याएर हात हल्लाउनुहोला । म नेपाल यस्तो छ भनेर विश्वलाई देखाउन चाहन्छु ।'
ब्रायनको त्यो पछिल्लो वाक्यमा बुझ्नेले दुइटा अर्थ पाउन सक्थे । एक, उनले नेपाली दर्शकको छवि सौम्य पाए । अर्को, ती सबै मोबाइल फोन दैनिक चौध घन्टा जाने बिजुली बल्लबल्ल आएको बेला चार्ज गरिएका थिए जसले नेपालको वास्तविकता झल्काउँथे ।
नेपाली श्रोतामाझ विशेष रूपमा पि्रय 'समर अफ सिक्स्िटनाइन' (उनान्सत्तरी सालको त्यो ग्रीष्म) गाएपछि दर्शकले ठूलो स्वरमा 'वान्स मोर' भने । एउटा क्ष्ाण स्टेजको बायाँपट्ट िदौडिएर आएका ब्रायनले स्टेजमै ढेपिएर उभिएका केही पत्रकार, फोटोग्राफर र आयोजकहरूलाई आफूले बजाइरहेको गितार छुन दिएका थिए । त्यस्तै, अर्को लोकपि्रय गीत 'लेट्स मेक अ नाइट टु रिमेम्बर' को एउटा पूरै वाक्य दर्शकहरूले एकै स्वरमा गाउँदा पूरै रंगशाला गुञ्जायमान भएको थियो । एकपटक ब्रायनले पूर्णकारको चन्द्रमा देखाउँदै भने, 'तपाईंहरूले चन्द्रमा देख्नुभएको छ ? क्यानाडामा हामी यस्तो चन्द्रमा देख्दा के गर्छौं, तपाईंहरूलाई थाहा छ ?' लगत्तै उनले लामो स्वरमा 'ऊऊऊ' गर्दा मायालाग्दो कुकुर कराएको आवाज निकाले जसले दर्शकमा उनीप्रति थप भावनाको सिर्जना गरायो ।
स्टेजमा आउनुअघि रंगशालामै सोल्टी होटलबाट ल्याइएको खाना खाएका ब्रायनले त्रिभुवन विमानस्थलमा आफूलाई गरिएको स्वागतबाट खुसी भएको प्रस्ट पारेका छन् । 'एअरपोर्टमा भव्य स्वागत' भन्दै एउटा तस्बिर उनले सामाजिक संजाल वेबसाइट ट्वीटरमा प्रकाशित गरेका छन् । विमानस्थलबाट प्रहरी स्कर्टिङमा सोझै सोल्टी गएका एडम्स त्यहाँ केही समय आराम गरेर रंगशाला पुगेका थिए ।
निजी विमान बिग्रेपछि ढाकाबाट डेढ घन्टा ढिलो विमान बंगलादेशको प्लेनमा आएका एडम्सलाई स्वागत गर्नेहरू झुक्किए । आयोजकले स्वागतका लागि निम्तो नदिए पनि उत्साहित भै खाँदा बोकेर विमानस्थलको भीआईपी कक्ष पुगेका कर्मचारी र प्रहरीले ब्रायनलाई नभई उनका सहयोगीको शिरमा माला र खादा हालेका थिए । आयोजकका अनुसार, ब्यान्ड सदस्यलगायतको भीडको बिचमा आउँदै गरेका बेला कर्मचारी र प्रहरीले अघिल्तिर खाली हात हिँडिरहेका सहयोगीलाई खादा पहिर्‍याएका थिए । कालो ह्याट लगाएका र झोला बोकेका ब्रायनपछिल्तिर थिए । स्वागत अर्कैले पाएपछि ब्यान्ड सदस्यहरूबीच हाँसो चलेको थियो ।
आयोजकको निम्तो नपाई विमानस्थलभित्र उच्च प्रहरीका परिवार र छोरीहरू विमानस्थलको सुरक्षा हेर्ने डीआईजी रमेशविक्रम शाहका साथ अध्यागनमै पुगेका थिए । अध्यागनमा केही बेरको भिसा प्रक्रियाको काम भैरहँदा प्रहरीका छोरीहरू र पत्नीले ब्रायनसँग फोटो सेसन गरेका थिए । विमानस्थलबाट बाहिरिँदै गर्दा ब्रायनको तस्बिर खिच्न सञ्चारकर्मीबाहेक ट्याक्सी चालक  र पाहुना लिन पुगेका होटलका कर्मचारीले पनि उत्साहित हँुदै खिचेका थिए ।
उनलाई विमानस्थलबाट आयोजकले सानो जापानी कार कम्पनी मित्सुवोकाको हातले बुनिएको र सन् ५० को दशकमा बेलायतमा लोकपि्रय मोडलमा आधारित गाडीमा सोल्टी पुर्‍याएका थिए । ब्रायनको सवारीमा उक्त कार प्रयोग गरी शनिबारैदेखि नेपाली बजारमा ल्याइएको सेल्सबेरी मोटरका सुशील श्रेष्ठले बताए । गाडीलाई कन्सर्ट आयोजक ओडिसी नेपालका निर्देशक सीमान्त गुरुङले हाँकेर सोल्टीसम्म पुर्‍याएका थिए । ब्रायनको सुरक्षामा डीएसपीको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको प्रहरीले बताएको छ । 
प्रकाशित मिति: २०६७ फाल्गुन ८ 

पत्रकारको पार्टी



अखण्ड भण्डारी



'तपाईंको अध्यक्ष उम्मेदवार को ?'
'बल्खुले निर्णय गर्छ !'
'तपाईंको नि ?'
'खोइ, सानेपाले कसलाई बनाउँछ !'
'अनि, तपाईंको चाहिँ ?'
'त्यो त पेरिसडाँडालाई मात्र थाहा छ !'
अचेल पत्रकार-पत्रकार भेट भयो भने यस्तै प्रश्नोत्तर चल्छन् । किनकि, पत्रकार महासंघको चुनाव नजिकिँदै छ । पत्रकारमाझ यसको गर्मी निकै बढेको छ । तर, अध्यक्षसहित मुख्य पदाधिकारीमा को-को उम्मेदवार हुनेछन् भन्ने स्वयं उठ्नेलाई पनि थाहा छैन । कारण- व्यावसायिक पत्रकारको साझा चौतारी भनिएको यो संस्थाको नेतृत्व छान्न 'टिकट' दिने निकाय अरू नै छन् । आफूलाई प्रतिस्पर्धी भनेर प्रचारमै उत्रिइसकेका पत्रकार पनि राजनीतिक मुख्यालयले प्यानलमा पार्छ कि पार्दैन भन्दै मुख ताकिरहेका छन् । परेनन् वा पारिएनन् भने उठ्ने रहर त्यत्तिकै त्यागे पनि हुन्छ ।
उम्मेदवार बन्न चाहने हामी अचेल पत्रकारमाझ भोट माग्न होइन, पार्टी नेताका दैलामा टिकट थाप्न धाइरहेका छौं । हामी व्यावसायिक हौं भन्छौं तर दलको बैठकले गरेको निर्णयका आधारमा मैदानमा लड्छौं । स्वतन्त्र भनेर गफ लाउँछौं तर नेतृत्वमा पुग्न राजनीति र त्यसका खेलाडीको फेर समाउँछौं ।
राजनीतिक परिवर्तन र खुला वातावरणले हाम्रो देशमा सबैभन्दा फस्टाएको व्यवसाय सम्भवतः आमसञ्चार नै हो । छोटो समयमै यहाँ गतिला पत्रपत्रिका, ठूलठूला टेलिभिजन हाउस, छ्याप्छ्याप्ती रेडियो
भए । गोजीको मोबाइलदेखि काखको कम्प्युटरसम्म समाचारका साथी भइसके । पत्रिका, रेडियो र टेलिभिजनको कुरा त धेरै माथि पुगिसक्यो । ती सबै माध्यममा समाचार भर्ने आधार भएका हामी पत्रकारको जमात अब सानो छैन । अहिले पत्रकारिता विषय नराखेका स्कुल-क्याम्पस कमै होलान् । पढेर, परेर वा गरेर सबै किसिमले हामी पत्रकार भएका छौं । यो अवस्थामा पनि हामी आफूलाई पूर्ण व्यावसायिक बनाउन सक्दैनौं भने अरूलाई दोष दिनु व्यर्थ छ ।
यो माहोलमा सबैको संगठन भनिने महासंघको वास्तविकता अलि निराशाजनक छ । राजनीतिक दलका भ्रातृसंगठनको लघुउद्योग भएकैले यसमा सदस्यता दिँदा व्यावसायिकभन्दा 'भोट बैंक' रोजिन्छ । कति व्यावसायिक पत्रकार यसका सदस्य छैनन् -कतिले त हुनु इज्जतिलो ठान्दैनन्) भने धेरै अपत्रकार यसमा मज्जैले घुसेका छन् । कतिपय ठाउँमा पहुँचवालाले परिवारका सबै जनालाई सदस्य बनाएका छन् । यसको अग्रभागमा राजनीतिक दलमा क्रियाशील व्यक्ति छन् । त्यसैले पनि यो दलहरूको भ्रातृसंगठनको साझा खलो बनिरहेको छ । त्यसमा नारिएर दाइँ गरिरहेका छन् केही सोझासीधा पत्रकार । उनीहरू मात्र हरेक तीन वर्षमा भोट हाल्ने मेसिन बन्दै आएका छन् । 
लोकतान्त्रिक गणतन्त्र भएको देशमा दल विशेषमा आस्था राख्नु अस्वाभाविक होइन । चुनावमा कुनै दलको कुनै व्यक्तिलाई मत दिनु नाजायज मानिँदैन । त्यो अधिकारै हो । त्यसको मतलब हरेक पेसा-व्यवसायको साँचो राजनीति, राजनीतिक दल र त्यसका नेता हुनैपर्छ भन्ने छैन । अर्काका कुरा अर्कैका लागि प्रकाशन/प्रसारण गर्ने माध्यम भएकाले हामी पत्रकार तटस्थ हुनुपर्छ भन्ने अपेक्षा समाजले गर्छ । राजनीतिक नेताहरूसमेत 'तपाईंहरू स्वतन्त्र र तटस्थ हुनुस्' भनेर सुझाव
दिन्छन् । तर सधैं उपयोग गर्छन् । हामी पत्रकार त्यस्तै ! व्यावसायिक भन्ने फुइँ हाँक्छौं तर निणर्ायक क्षणमा तिनै दलको पाउपूजा गर्न पुग्छौं । पत्रकार महासंघको अध्यक्ष, महासचिवजस्ता पदको टिकट एमाले, कांग्रेस र माओवादीका मुख्यालयबाट बाँडिनु राजनीतिको कस्तो परिपाटी हो ? अनि यति 'गरिमामय' ठानिएको पेसागत संगठनमा प्रतिस्पर्धा गर्ने हामी पत्रकार टिकटको भीख माग्दै बल्खु, सानेपा र पेरिसडाँडा धाउनु कहाँसम्मको दरिद्रता हो ?
पत्रकार महासंघकै निर्देशिकामा राजनीतिक दलमा क्रियाशील व्यक्तिलाई सदस्यता नदिने र भएकाको पनि नवीकरण नगर्ने प्रावधान राखिएको छ । व्यवहारमा भने ठीक उल्टो छ । राजनीतिक दलले सिफारिस नगरेको व्यक्ति जत्रै पत्रकार भए पनि सदस्यता पाउन गाह्रो छ । पार्टीका सोझै भ्रातृसंगठनका रूपमा पत्रकारका संस्था छन् । तिनमा कार्यरत नै महासंघका पनि हर्ताकर्ता हुन् । अनि, कसरी रोक्न सम्भव छ महासंघमा राजनीतिको भेल ?    
वास्तवमा महासंघ व्यावसायिक पत्रकारको सिर्जनशील थलो बन्नुपथ्र्यो । तर राजनीतिक दलहरूको औजार बनेको छ ।  कतिपय शाखामा दलगत प्यानल बनेकै कारण व्यावसायिक पत्रकार पार्षदमै ढालिएका छन् । सदस्यता दिँदा जुन दलको बाहुल्य छ, उसले कार्यकर्ता खोज्दै भर्ती गरेको छ । पार्टी जिल्ला कमिटीमा रहेका व्यक्ति त महासंघका सदस्य कति छन् कति, दलका केन्द्रीय सदस्यसमेत यसमा घुसेका छन् । व्यापारीदेखि मजदुरसम्म, कलकारदेखि सञ्चार संस्थाका कुचीकारसम्मले यसमा सदस्यता पाएका छन् । अनि, यसलाई कसको साझा संगठन भन्ने ? 
कुनै नेता बैठकबाट निस्कँदा पत्रकारले घेर्छन् । नेता भने कुइनाले घँचेट्दै गाडीमा छिर्छन् र हेपेको शैलीमा अघि बढ्छन् । भात-पानी माया मारेर ढोका कुरेका पत्रकार र फोटो पत्रकार जिल्ल परेर र्फकन्छन् । यहाँ किन यस्तो हुन्छ ? किनकि अधिकांश हामी पत्रकारभन्दा कार्यकर्ता बनेका छौं । राजनीतिकर्मीले यसलाई इज्जतिलो पेसाका रूपमा हेर्न सकेका छैनन् । उनीहरूलाई कतै हामीले त्यो वातावरण दिइरहेका त होइनौं ? आफ्नो स्तर राख्न नसकिरहेका त छेनौं ?
त्यसैले जबसम्म हामी पत्रकार राजनीतिका अगाडि धनुष्टंकार भइरहन्छौं, तबसम्म चौथो अंग भनेर फुर्ती लाउनु बेकार छ ! जबसम्म महासंघका पदाधिकारीको टिकट बल्खु, सानेपा र पेरिसडाँडाबाट पाइरहन्छौं, तबसम्म 'स्वतन्त्र' र 'व्यावसायिक' विशेषण झुन्ड्याउनु बेकार छ !

ब्रायन बुढाले नचाए

बुढ्यौली उमेरका गायक ब्रायन एडम्सले शनिवार नेपाली दर्शकहरुलाई करिव २ घण्टा विन्दास पाराले नचाए ।

मेरका हिसावले पाच दशक काटिसके । यहि उमेरलाई नै आधार मान्ने हो भने यो बुढेसकालमा प्रबेश गरिसकेको अवस्था हो । तर जब उनको हातले गिटार समाउँछ र उनी गाउन थाल्छन विश्वास गर्नै गाह्रो पर्छ कि उनी एकाउन्न बर्षका भैसके भनेर । किन कि उनको प्रस्तुति यति फुर्तिलो र जोशिलो हुन्थ्यो लाग्यो कुनै सोह्रबर्षे केटाले हामीलाई ब्रायनको नक्कल गरेर गित सुनाइरहेको छ । तर यो कुनै छलकपट थिएन । हाम्रो अगाडी विश्वविख्यात गायक ब्रायन एडम्स उपस्थित थिए । आफना गित संगितबाट नेपालीलाई मनोराजन दिलाउनकै लागि आएका । जोसिलो र फुर्तिलो पाराले दर्शकलाई उर्फान सक्ने खुविकै कारण सायद यो समयमा पनि उनी विश्वका धेरै संगित प्रेमिका लागि मुर्धन्य छन् । हो तिनै बुढ्यौली उमेरका गायक ब्रायन एडम्सले शनिवार नेपाली दर्शकहरुलाई करिव २ घण्टा विन्दास पाराले नचाए ।

म अंगे्रजी गित त्यत्ति धेरै त सुन्दिन तर ब्रायन आडम्सका केहि गित मेरालागि सदावहार छन् । गायक संगितकार रचनाकार तथा गिटारिष्टका रुपमा समेत ख्याति कमाएका ब्रायन नेपालमा कन्स्रटका लागि आउने रे यो हल्ला सुन्न थाले देखि नै समर अफ सिक्टी नाइन का गायकलाई नजिकै बाट नियाल्ने भित्रि इच्छा मैले पनि पालेको थिए । आज त्यो इच्छा पुरा भएको छ । बेलुकी पौने आठ बजे देखि नौ पैतालिस सम्म करिव २ घण्टा तिनै बुढाले गित सुनाए अनि हामी तन्नेरी हात हल्लाई हल्लाई नाच्यौ । दशरथ रंगशालामात्रै होइन त्यसको आसपासको क्षेत्र पनि पुरै आडम्सको संगितले गुाजयमान भयो । अत्याधुनिक लाइटिङ र अन्तराष्ट्रिय स्तरको साउण्ड सिस्टम जडान गरिएको रंगशालामा ब्रायनका हजारौ फ्यानहरुको उपस्थिती थियो ।

कालो सर्ट र ज्याकेट अनि जिन्स पहिरनमा थिए । जुन उनको फेभरेट कलर पनि हो । अन्तर्राष्ट्रिय रुपमा ख्याति कमाएका ब्रायन जुन जोशमा गित गाउँथे उनीबाट करिव १० फुटको दुरीमा रहेका हामी साथीहरु त्यहि जोसमा नाच्थ्यौ । कार्यक्रममा आडम्सले आफना चर्चित लुक इन्टु माई आइज प्लिज फरगिभ मि हियर आइएम र लेट्स मेक अ नाइट रिमेम्बर जस्ता आधा दर्जन बढी गित सुनाए । अझ रमाइलो कुरा त उनले प्रस्तुतिकै क्रममा एउटा गितमा दर्शक दिर्घामा रहेकी नेपाली युवति बृन्दा लाई बोलाएर आफैसँग गाउन लगाए ।

आडम्सको प्रस्तुति शुरु हुनुपूर्व नेपालको पहिलो सांगितिक समूह नमस्ते मंगोलियन हार्ट र रवीन एण्ड लुजाले आ आफ्नो प्रस्तुतिबाट दर्शकहरुलाई वार्म अप गरेका थिए । कार्यक्रममा अतिथि केसीले राष्ट्रिय गान गाएकी थिइन् ।

गित संगितका अतिरिक्त फोटोग्राफिका समेत शौखिन आडम्सले स्टेजबाटै गित गाउँदा गाउँदै भिडियो र तस्विर समेत लिन भ्याए । प्यारफिट र ग्रउण्डमा रहरको दर्शकले मोवाई बालेर आडम्सका गितमा झुमेको दृष्य निकै चित्तार्कषक थियो । कार्यक्रममा युवाहरु मात्रै उपस्थित थिएन । राष्ट्रिय जीवनमा महत्वपूर्ण योगदान पुर् याएका कलाकार संगितकर्मि लगायतका थुप्रै हस्तिहरु पुरै अवधिभर आडम्सका गितमा झुमिरहे । स्टेज छाडेर हिड्न खोज्दा दर्शकको वान्स मोर पाएर बुढाले दुई दुई पटक रोकिएर गित सुनाए । काठमाण्डौको चिसो वातावरणलाई आडम्स बुढाले आज साँच्चै तताए त्यसैले त जान्ने नजान्ने सबै हात हल्लाउँदै कम्मर मर्काउदै विन्दास पाराले नाचिरहे

Friday, February 18, 2011

Bryan Adams hit songs lyrics collection

Look into my eyes

Look into my eyes
You will see, what you mean to me
Search your heart , search your soul
And when you find me there, you'll search no more

Don't tell me it's not worth trying for
You can't tell me it's not worth dying for
You know it's true, everything I do, I do it for you

Look into your heart , you will find
There's nothing there to hide
so, take me as I am, take my life
I would give it all, I would sacrifice

नेपालमा ब्रायन एडम्स

कृष्ण भट्टराई

'समर अफ सिक्स्टी नाइन', 'कट्स लाइक अ नाइफ' तथा 'एभि्रथिङ आई डु' जस्ता गीत आफ्नो आई पोडमा सुनिरहेका श्रोताहरू यो साता असाध्यै खुसी छन् । सञ्चारमाध्यम तथा विद्युतीय उपकरणमा मात्र सुन्न तथा हेर्न पाइएका गायक ब्रायन एडम्स आफ्नै आँखाअघि उभिएर यिनै गीत गाइरहेको देख्न पाउने भएपछि उनका युवा प्रशंसकहरूमा अहिले खुसीको लहर छाएको छ । ओडीसी नेटवर्कको आयोजना तथा जे पीआर इभेन्ट्सको व्यवस्थापनमा भोलि शनिबार राजधानीका दशरथ रंगशालामा विश्वप्रसिद्ध गायक ब्रायन एडम्स एकल गायन कार्यक्रममा सहभागी हुँदैछन् । नेपालका लागि आफ्नो पहिलो सांगीतिक कार्यक्रममा सहभागी हुन एडम्स भोलि शनिबार बिहान आफ्ना ४० भन्दा बढी संगीतकर्मीसँगै आफ्नै निजी विमानबाट काठमाडौं अवतरण गर्दैछन् ।

जेपीआर इभेन्ट्सले यू ट्युबमा समावेश गरेको भिडियोमा छोटो केश राख्न रुचाउने ५१ वर्षीय क्यानडियन गायक तथा संगीतकारले आफ्ना संगीतकर्मीसँग उभिएर बोलेका छन्, 'हाई, म ब्रायन एडम्स । हामी फेब्रुअरी महिनामा नेपाल आउँदैछौं । तपाईंहरूलाई त्यही भेट्ने वाचा गर्छौं ।'

विश्वप्रसिद्ध गायकलाई काठमाडौंसम्म ल्याउने कार्य आयोजकहरूका लागि कम चुनौती पूर्ण भने छैन । ओडिसी नेटवर्कका सुरेशजंग रायमाझीका अनुसार दुई साताअघि एडम्सका पर्सनल म्यानेजर रोई ल्याम्ब तथा एडम्सका प्रोडक्सन म्यानेजर रिचार्ड क्रोमले सांगीतिक कायर् क्रम आयोजनास्थल दशरथ रंगशाला, एडम्स बस्ने पाँचतारे होटल, काठमाडौंको सुरक्षा व्यवस्था आदि सबै निरीक्षण गरेर चित्त बुझाएपछि मात्र ब्रायन एडम्स काठमाडौं आउने पक्का भएको हो ।

ब्रायन एडम्सको कार्यक्रमलाई भव्य बनाउन आयोजक संस्थाले भारतबाट आवश्यक साउन्ड सिस्टम तथा स्टेज सजावटका सामग्रीहरू ल्याइसकेका छन् । कार्यक्रमलाई आकर्षक बनाउन रंगशालाभित्रका विभिन्न स्थानमा २० बाई २० का चारवटा एलसिडी स्क्रिन राखिनेछन् ।

राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर भोलि फागुन ७ गते ब्रायन एडम्सको सांगीतिक कार्यक्रम आयोजना गर्ने दौडधूपमा ओडिसी नेटवर्क तथा जेपीआर इभेन्ट विगत तीन महिनादेखि सक्रिय छन् । '२ हजार, ३ हजार तथा ६ हजार रुपैयाँको टिकट नेपाली दर्शकहरूलाई बेचेर कायर् क्रम सफल बनाउनु वास्तवमै चुनौतीपूर्ण छ,' आयोजक संस्थाका रायमाझी भन्छन्, 'नेपाल पर्यटन वर्ष-२०११ लाई हामीले तथा हामीलाई यो अवसरले राम्रो साथ दिइरहेको छ ।' रायमाझीका अनुसार ब्रायन एडम्सको कन्सर्ट हेर्नका लागि टिकट काट्नेहरूमा नेपाल भ्रमणमा रहेका विदेशीहरूको संख्या पनि उल्लेख्य छ । 'जापानीहरूको एउटा ठूलो समूह फेब्रुअरी १९ तारिखकै दिन काठमाडौं अवतरण गर्दैछन्, रायमाझी भन्छन्, 'उनीहरू नेपाल भ्रमणका क्रममा ब्रायन एडम्सको कन्सर्टमा समेत सहभागी हुने लक्ष्यका साथ नेपाल आउन लागेका हुन् ।'

सुरक्षाको राम्रो व्यवस्था

ब्रायन एडम्स काठमाडौं आउने पक्का भएलगत्तै सांगीतिक कार्यक्रम सुरक्षित रूपमा सम्पन्न गर्ने ठूलो जिम्मेवारी आयोजकसमक्ष आएको छ । आयोजकले कन्सर्टका लागि झन्डै २ हजारभन्दा बढी सुरक्षाकर्मी तैनाथ हुनेछन् । 'हामीलाई नेपाल प्रहरीले ठूलो सहयोग गर्दैछ, आयोजक संस्थाका सीमान्त गुरुङका अनुसार कार्यक्रमलाई सुरक्षित बनाउन निजी क्षेत्रको सुरक्षा गार्डको समेत प्रयोग गरिँदैछ ।' गरुड सेक्युरिटीले प्राइभेट सुरक्षाको जिम्मा लिएको छ । कन्सर्टलाई व्यवस्थित गर्न रंगशालाभित्र तथा बाहिर दुई दर्जनभन्दा बढी सीसीटीभी जडान गरिएका छन् । कार्यक्रम आयोजनास्थललाई तीन भागमा विभाजन गरेर सुरक्षा प्रदर्शन गरिनेछ । रंगशालाभित्रै पाँच सयभन्दा बढी सरकारी सुरक्षाकर्मी खटिनेछन् । रंगशालाको वरिपरि करिब १ हजार नेपाल प्रहरी, सशस्त्र तथा ट्राफिक प्रहरीले सहकार्य गर्दैछन् । कन्सर्टमा स्टेज सुरक्षा, स्टिल रेखा तथा दर्शक चेक गरी तीन समूहमा निजी सुरक्षाकर्मी खटाइनेछ । ब्रायन एडम्सका निजी सुरक्षाकर्मीहरूसँग पनि नेपाली सुरक्षाकर्मीले सहकार्य गर्नेछन् । उच्च टिकट मूल्यका कारण पनि कन्सर्टमा होहल्ला गर्ने समूहको संख्या बढी नहुने अनुमान आयोजकहरूको छ ।

दोहोरो अवसर

पर्यटन वर्ष-२०११ को अवसर परेकाले कन्सर्टमा नेपाली पर्यटनमा सहयोग गर्ने दाबी आयोजक जेपीआर तथा ओडीसी नेटवर्कको छ । कन्सर्टका लागि ब्रायन एडम्स भोलि शनिबार बिहान काठमाडौं ओर्लर्नेछन् । काठमाडौं ओर्लिएलगत्तै उनी सोझै होटल जानेछन् । दुईदिने ने पाल बसाइपछि उनी आइतबार अपराह्न फर्किनेछन् । काठमाडौं बसाइका क्रममा उनलाई हेलिकप्टर चार्टर गरेर हिमाली भेगको अवलोकन गराउने योजनासमेत बनाइएको छ । फोटोग्राफरका रूपमा समेत चर्चित ब्रायन एडम्सले माउन्टेन फ्लाइटको क्रममा कैद गर्ने हिमाली क्षे त्रका तस्बिरले विदेशमा नेपालको राम्रो प्रचार-प्रसार हुने अनुमान आयोजकको छ ।

कन्सर्टका दर्शक

रंगशालामा १८ हजार दर्शक अटाउने क्षमता छ । आयोजकहरू पनि यही संख्याको हाराहारीमा टिकट बिक्री गर्दैछन् । रंगशालाको प्यारापिट निर्माण भएको धेरै भैसकेकाले पनि आयोजक १८ हजारभन्दा बढी दर्शकलाई रंगशालामा नछिराउने पक्षमा छन् । कन्सर्टका लागि गत माघ १ गतेदेखि टिकट बिक्री प्रारम्भ भएको हो । मनकामना बैंक, भाटभटेनी सुपर मार्केट, दरबारमार्गका विभिन्न आउटलेट्स, नाङ्लो बेकरी क्याफे आदि स्थानमा भोलि शनिबार बिहानसम्म टिकट बिक्री गरिनेछ । दिउँसो २ बजे रंगशालाको मुख्य द्वार खुल्नुअघिसम्म पनि रंगशालाको मुख्य प्रवेशद्वारमा काउन्टर सेलमार्फत टिकट बिक्री गरिनेछ । कन्सर्टका दिन रंगशालाका सबै गेट खोलिनेछन् । विश्व प्रसिद्ध गायकको नेपालमा पहिलो कन्सर्ट हुन लागेकोमा पर्यटन व्यवसायीहरूसमेत उत्साहित छन् । पर्यटन व्यावसायिक योगेन्द्र शाक्य भन्छन्— 'यसले नेपालको पर्यटन प्रवर्द्धन गर्नेछ । यो कन्सर्ट कर्पोरेट हाउसका लागि पनि आफ्नो प्रचार प्रसार गर्ने ठूलो अवसर हो ।' आयोजक ओडिसीका निर्देशक सीमान्त गुरुङ भने यो कन्सर्टलाई नेपालकै गौरवका रूपमा चित्रण गर्छन् । 'हामी यो कन्सर्टप्रति उत्साहित छौं, गुरुङ थप्छन्— 'यो कार्यक्रम सफल भएपछि नेपालमा विदेशी कलाकार ल्याउने कामलाई हामी निरन्तरता दिन्छौँ ।'

पार्किङको व्यवस्था

कन्सर्टका दिन अर्थात् भोलि शनिबार काठमाडौंका ट्राफिक व्यवस्थालाई सहज बनाउन ट्राफिक प्रहरीले ठूलो भूमिका निर्वाह गर्दैछ । कन्सर्ट हेर्न भेला हुने दर्शकका सवारी साधनहरू टुँडिखेल, खुलामञ्च, रंगशालाको वरिपरिको स्थान, युनाइटेड वल्र्ड टे्रड सेन्टर, काठमाडौं मल, सिभिल मल आदि स्थानमा पार्किङ गर्ने व्यवस्था मिलाइएको छ । 'भोलि रंगशालासँगैका सडकहरूमा एकतर्फी सवारी चलाउने विषयमा ट्राफिक प्रहरीसंग सहकार्य गर्दैछौं, आयोजक रायमाझी भन्छन्— 'ट्राफिक प्रहरीबाट सकारात्मक आश्वासन पाएका छौं ।'

सात बजेदेखि ब्रायनको कन्सर्ट

भोलि शनिबार दिउँसो २ बजे नै दशरथ रंगशालाका ढोकाहरू खोलिनेछन् । दिउँसो ४ देखि साढे ५ बजेसम्म डिजे सेसन सञ्चालन गरिनेछ । साँझ ५ बजेदेखि ७ बजेसम्म तीनवटा नेपाली सांगीतिक समुहले गीत-संगीत प्रस्तुत गर्दैछन् । मंगोलियन हार्ट, १९७४ एडी तथा नमस्ते ब्यान्डले नेपाली दर्शकहरूलाई नेपाली गीत गाएर मनोरञ्जन गराउनेछन् । साँझ ७ देखि ९ बजेसम्म ब्रायन एडम्सले आफ्ना लोकप्रिय गीत -संगीत प्रस्तुत गर्नेछन् । दिनेश डिसी तथा माल्भिका सुब्बाले कन्सर्टमा उद्घोषण गर्दैछन् ।


को हुन् ब्रायन एडम्स ?

५१ वर्षअघि क्यानाडामा जन्मिएका ५ फिट ८ इन्च अग्ला ब्रायन एडम्स रक गायक मात्र नभै संगीतकार तथा गीतकार समेत हुन् । लेखक तथा समाजसेवीका रूपमा समेत आफ्नो छवि बनाएका ब्रायन फोटोग्राफर समेत हुन् । सन् १९८० को दशकमा 'ब्रायन एडम्स' शीर्षकको पहिलो गीतिसंग्रहबाट सांगीतिक क्षेत्रमा लागेका ब्रायन एडम्स 'समर अफ सिक्स्टी नाइन', 'एभि्रथिङ्स आई डु' तथा 'प्लिज फर्गिभ मी' जस्ता गीतमार्फत विश्वभरिका दर्शकमाझ लोकप्रिय छन् । ३२ वर्षदेखि निरन्तर रूपमा सांगीतिक क्षेत्रमा सक्रिय रहेका ब्रायन एडम्सले अमेरिकन म्युजिक एवार्डसहित विश्वकै प्रतिष्ठित संगीत पुरस्कार ग्रामी एवार्डसमेत जितिसकेका छन् । उनका २० भन्दा बढी एकल गीतिसंग्रह सावर् जनिक भैसकेका छन् । उनको 'रेकलेस' शीर्षकको चौथो गीतिसंग्रह सर्वाधिक बिक्री भएको एल्बम थियो । उक्त संग्रह विश्वभरिमा ६ करोडदे खि १० करोडको संख्यामा बिक्री भएको बताइन्छ । तीन वर्षअघि २००८ मा बिल बोर्डको पचासौँ वर्षगाँठमा प्रकाशित एउटा सूचीमा उनी ३८ औं स्थानमा परेका थिए ।

Thursday, February 17, 2011

बाटो उस्तै छ शान्ता दिदी !


Saturday, February 12, 2011

गृह, विष्ट र दलित


खगेन्द्र संग्रौला
धेरै पहिले 'घर' शीर्षकको कथा लेखेको थिए“। आफै“ले बिर्सेको त्यो कथा मलाई अहिले गुप्तवासमा रचिएको सात बु“दे गा“ड कोराकोरले सम्झायो। कथामा विष्टबराजुहरूको विभेदकारी र अमानवीय नीतिशास्त्रले अछुतको दर्जामा राखेर अमान्छे बनाइएको दलित गृहशिल्पी छ। ऊ घर बनाउ“छ र रंगरोगन गरी त्यसलाई चिरिच्या“ट्ट सि“गार्छ। विष्ट मालिक पूजाआजा गरी घर चोख्याएर त्यसमा थपक्क भित्रिन्छ। अलि दिनपछि दलित शिल्पी बा“कीबक्यौतो ज्याला लिन आउ“छ र फटाफट घरभित्र पस्छ। विष्टको वर्चस्वको छाया“मा आफ्नो श्रम, सीप, पसिना र यत्नद्वारा निर्मित घरमा पस्नु हुन्न भन्ने उसलाई हेक्का नै हु“दैन। घरमालिक तै“ले मेरो घरलाई बिटुलो बनाइस् भनेर गृहशिल्पीलाई कुट्छ। शिल्पी दलित घर मैले बनाएको हो, मैले टेक्दा यो घर कसरी बिटुलो हुन्छ भनेर सरल र निर्दोष तर्क गर्छ। ऊ फेरि कुटिन्छ र लखेटिन्छ। र, शिल्पी दलितको बा“की ज्याला विष्टीय शुद्धताको आगोमा जलेर भस्मखरानी हुन्छ।
लाग्छ, अहिले नवीन कथाको विष्टको भूमिकामा झलनाथ खनाल छन्। माओवादीले अति गोप्य, अति छिटो र अतिशय चामत्कारिक विधिले झलनाथलाई सप्रेम आलिंगन गर्दै सरकार बास बस्ने घरको खाका बनायो। सनातनी विष्टीय संस्कारको झझल्को दि“दै झलनाथले पूजाआजा गरे, घरको परिवेश चोख्याए र ग्रहशान्ति गरी सानका साथ उनी नवनिर्मित शासकीय घरमा भित्रिए। र, उनले बकाइदा सिंहासन आरोहण गरे। अहिले 'गृह'बिना म कालत्र गृह प्रवेश गर्दिन भनेर माओवादी लिन्ठिंङ सिंहदरबारको उदास र उजाड आ“गनमा उभिएको छ। झलनाथ छलद्वारा 'गृह'समेत कब्जा गर्ने सुरले मेरो कथाको विष्टझै“ भित्र गद्दीमा गजधम्म विराजमान छन्। कथाको प्रताडित र दमित दलितझै“ माओवादी बाहिर किंकर्तव्यविमूढ छ। ऊ सन्तप्त छ। अलपत्र छ ऊ। झलनाथको निकट विगतको चरित्रको पर्वाहै नगरी आ“खा चिम्लेर माआवादीले उनलाई काखी च्याप्यो। बेहोसीको लडहमा फसिहाले, सके अब बरा माओवादी गणको भूमिका विष्ट झलनाथगणको आ“गनको झाडुवाल हुनुमै सीमित रहला। आखिर विभेदरहित गणतन्त्रको घोषणापछि पनि दलितगणको हालत यस्तै त छ।
राजनीति फा“टको विष्ट–दलितको यो नया“ कथा कुटिल रहस्यका पत्रहरूले जेलिएको छ। एमाले महलको छापा भन्छ — रक्षा, गृह र अर्थ अशुद्ध माओवादीलाई किमार्थ नदिन आफ्नो दलका शुद्ध ब्राह्मण त्रयको चयन गरेको झलनाथैले हो। बैठकको अध्यक्षता उनैले गरे, मन्त्री भइखाने तीन थान नाम उनैले उच्चारण गरे। र, समर्थनको थप्पडी पनि उनैले बजाए। माधव–केपीको डरको नतिजा थियो त्यो। अहिले माधव–केपी झुन्ड मखलेल मुद्रामा भन्दो छ — अरू त के, बिटुलो माओवादीलाई गृह दिनु हुन्न भन्ने पवित्र वचन पनि झलनाथैका मखारविन्दबाट प्रकट भएको हो। सात बु“देको डोलामा झलनाथलाई बोकेर माओवादीले गृह बनायो, अहिले गृहविहीन भएर ऊ दिग्भ्रमित भएको छ।
म्ानवचरित्र मौसमझै“ परिवर्तन हु“दैन। मौसम निश्चित समयक्रममा जाडोबाट गर्मी र गर्मीबाट जाडोमा परिवर्तन हुन्छ। यो क्रम नित्य छ। यो अवश्यम्भावी छ। तर, मानवचरित्रको परिवर्तनको क्रम अनिश्चित छ। मानवचरित्र असलबाट खराबमा अलि छिटो परिवर्तन हुन्छ। तर, खराबबाट असलमा परिवर्तन हुन न त सजिलो छ न छिटो नै। पुष्पकमल दाहाललाई झलनाथले कटवाल काण्डमा नग्न भेषमा आफ्नो चरित्रको सार देखाइदिएका थिए। त्यो हिजैको कुरा न हो। तर, लघुस्मृति भएका दाहाललाई त्यसको हेक्का रहेन। उनले आवेगको वशमा परी कर्म गरे अथवा झो“कैझो“ले ‰याप् दिए। अहिले अल्पविचार, लघुस्मृति, अल्पदृष्टि र अल्पसंयमको फल उनका गलामा गा“डझै“ फलेको छ। त्यो झलनाथीय कमालको फल हो।
बहदलीयतामा 'म' हुन्छ र 'ऊ' हुन्छ। सात बु“दे स्रेस्ताका रचनाकारले 'म'लाईमात्र देखे, 'ऊ'लाई देखेनन्। अथवा प्रलोभन वा प्रतिशोध वा दम्भवश 'ऊ'लाई वास्ता गरेनन्। झलनाथले केपी–माधवलाई देखेनन्, दाहालले क्युरियो कांग्रेसको पर्वाह गरेनन्। झलनाथले आफ्नै पार्टीको समग्र सम्मति जरुरी ठानेनन्, दाहालले आफ्नै पार्टीको सिंगो समर्थन जोड्न जा“गर लाएनन्। र नै त सम्भावित विवाद र नतिजाको पर्वाह नगरी सात बु“दे स्रेस्तामा तिनले आलोपालो गरी आफै“ प्रधानमन्त्री र उच्चस्तरीय संयन्त्रको 'बोस' बन्ने कथा राखे। बेढङ्गे कथा र त राखे तर आखिरमा त्यही कथाले पोलेर यिनको स्रेस्ता गोपीक्या“च हुने लक्षण देखापरिसकेको छ। हिजो सत्तामा माधवीय भेषमा कांग्रेसको एमाले सरकार थियो। त्यसले शान्ति र संविधानको कामलाई गति दियो कि अगतिको भड्खरोमा जाक्यो परिणाम नाङ्गा आ“खाअगाडि छर्लङ्गै छ। अहिले उही थोत्रो दृष्टान्तलाई पछ्याउ“दै झलनाथीय भेषमा माओवादीको एमाले सरकार बनाउन खोजियो। जे हिजो नालायक ठहरिएको थियो त्यही आज कसरी लायक ठहरिएला र? हिजो क्युरियो कांग्रेसले माओवादीलाई सत्ताबाट पाखा पारेको थियो र समयको रथ गतिहीन भएथ्यो। आज उही कांग्रेसलाई पाखा पारेर उही उच्चाटलाग्दो कथा दोहोर्‍याउने यत्न गरियो। त्यसैले सायद यो कथा हा“डीघोप्टेको जस्तो नियति झेल्न अभिशप्त होला।
प्रधानमन्त्रीको गद्दी 'सहमतीय' राजनीतिका परमभक्त झलनाथको चिर सपना थियो। जब गद्दी निकट देखियो सहमतिको उनको रटना सहजै विस्मृत भयो। तर आश्चर्य, दाहालले हिजो कटवाल काण्डमा आफूलाई थाङ्नो उपहार दिने उनै झलनाथलाई निष्कलंक, निष्पाप र कञ्चन देखे। बनिया“सितको व्यवहारमा बनिया“ काइदा नै आसपी लेनदेनको अस्सली मानक हो। प्रधानमन्त्रीको गद्दीमा अपलक दृष्टि थमाएर झलनाथले दाहाललाई भने होलान् — त्यो भव्य आसन मलाई, बा“की झिनामसिना आसनजति सबै कमरेडलाई। दाहालले पत्याए। एमालेमा फगत चौथाइ एमालेको हैसियत भएका झलनाथको छेवैमा उनीतिर तरबार उजाएर रौद्ररूपमा उभिएका केपी–माधवको भयकारी चित्र दाहालका आ“खामा परेन। न त निर्वाचनबाट नांगा हात लिएर घर फर्कने रामचन्द्र पौडेलहरूको भयङ्कर प्रतिक्रियाको नै तिनले आकलन गरे। तिनलाई लाग्यो होला — हामी जे गर्छौ“, इहलोकमा स्वतः सदर भइहाल्छ। बस्, हाम्रा खेलाडीलाई यही एकपाखे सोचाइले बिगार्‍यो।
अब झलनाथीय सरकार माधव सरकारकै कार्बनकपी त होला। माधवले जे गरेथे, झलनाथले सके त्यही गर्लान्। केपी–माधवको इच्छाबमोजिम झलनाथ पत्करझै“ लत्रिए र तिनले तिनलाई भने — बात सही हो कमरेड, रक्षामन्त्रालय एमालेलाई, गृह एमालेलाई, अर्थ एमालेलाई! माओवादीलाई थाङ्नो, एमालेलाई सत्ता! झलनाथको अप्रकट वाणीसमक्ष लत्रिएर माओवादीले जो मर्जी ख्वामित् भनिदिएको भए सके स्थानीय विकास र परराष्ट्र मन्त्रालय पनि तिनले एमालेकै झोलीमा पार्थे होलान्। यो लोकले देखिजानेको र भोगिजानेका झलनाथीय गणितको कमाल हो! कथित सहमति त केबल कपटकारी साधन हो, साध्य सिंहदरबारमा माधव नेपालको छेवैमा झलनाथको फोटो झुन्ड्रयाउनु हो। हिजो कांग्रेसका कृपाले निमित्त नायकरूपी माधवलाई प्रधानमन्त्रीको गद्दी प्राप्त भएथ्यो। त्यो गद्दीप्रति झलनाथको डाहा थियो। त्यसैले उनले सहमतिको कोर्रा हल्लाएर त्यसलाई ढाल्न दरो योगदान गरे। आज माओवादीको कृपाले झलनाथलाई उही विनाशकारी गणितीय गद्दी प्राप्त भयो। हिजोको गणितीय गद्दी अपवित्र थियो किनभने गद्दीमा माधव थिए। आजको गणितीय गद्दी पवित्र छ किनभने गद्दीमा झलनाथ विराजमान भएका छन्। सत्तालिप्सा, अवसरवाद, नैतिक क्षयीकरण र लज्जाहीनताको यसभन्दा डरलाग्दो दृष्टान्त अरु के नै पो होला र?
विष्ट–दलितको यस कथामा झलनाथ परे फगत निर्मित कर्ता। यिनको निर्माता माओवादी हो। यो गाईजात्राको जसअपजसको माउ अधिकारी माओवादी नै हो। चिनिएका विष्टलाई जानीजानी बोक्दा दलित माओवादीलाई फेरि थाङ्नो प्राप्त भयो। भाग्यको लेखान्तर हो, खोजेर पाइएको थाङ्नो उपभोग गरौ“। खै, अरू के नै पो भन्न सकिन्छ र?

मुबारकले फोनबाटै तलाक दिए


समुन्द्र पौडेल, तनहुँ, माघ २८- सम्बन्ध विच्छेद गर्नका लागि वर्षौदेखी अदालत धाउने धेरै छन्। तर तनहुँकी एक महिला श्रीमानले फोनबाटै तलाक दिएपछि अन्यौलमा परेकी छिन्। तनहुँ दुलेगौडा–८ गल्छिना मस्जिद चोक निवासी २७ वर्षीय सल्मा अलीलाई श्रीमान्ले फोनबाटै तलाक दिएपछि न्यायको खोजी गर्न थालेकी छिन्।
 दुबईमा कार्यरत श्रीमान् मुबारक अलीसंग फोनमा कुरा गर्न खोज्दा ११ वर्ष अगाडी विवाह बन्धनमा बाधिएकी सल्मालाई श्रीमान्ले उल्टै फोनबाटै तलाक दिएको घोषणा गरे। उनले भनिन्, 'फोनमा सलाम बालेकुम भन्दा उनले आजदेखी त मेरो छैनस् भन्दै तलाक भन्यो।' उनले भनिन, 'प्रेम विवाह गरेको श्रीमान्ले तलाक भन्ने वित्तिकै फोन फाले।'
घरायसी सामान्य विवादका कारण ३ वर्ष देखी नबोलेका श्रीमान्ले एक्कासी तलाक दिएपछि सल्मा अन्यौलमा परेकी हुन्। 'इस्लाम कानुनमा ३ पटक बोलेपछि त्यो नै अन्तिम हुन्छ।' सल्माले रुदै भनिन, 'मैले सुन्न नसकेर फोन फाल्दा ससुराले पुनः फोन गरेर गाउँले सामु तलाक दिएको घोषणा गर्न लगाए।' उनले आफू अन्यायमा परेको भन्दै न्यायका लागि सबैसंग आग्रह गरेकी छिन्। 'सासुले देशमा कानुन बनाउँदै हुनुहुन्छ।' उनले भनिन्, 'म भने आफै अन्यायमा परेकी छु।' मुबारक अली एमाले समानुपातिक सभाषद हसिना बेगमकी देबरका छोरा हुन्।
परिवारका सदस्यले आफूमाथी अन्याय गरेको उनले आरोप लगाइन्। उनले भनिन्, 'मेरा कुनै पनि गल्ती छैन्।' मुबारक अली १२ वर्षदेखी दुबईमा कार्यरत छन् भने उनकी श्रीमती परिवारको पालनपोषणका लागि करिब ३ वर्षदेखी दुलेगौडा बजारमा ठेलामा चप्पल बिक्री गर्दै आएकी छिन्। सल्मा र मुबारकका १० र ४ वर्षका दुई छोरी छन्।
इस्लाम कानुनमा तालकको छुट्टै प्रक्रिया भएको मुस्लिम संघ नेपालका निवर्तमान केन्द्रिय सचिव शेख हनिफ (गोरा) मियाले बताए। 'कसैले एकतर्फी तलाक दिदैमा तलाक हुदैन्।' उनले भने, 'दुबै पक्षका अभिभावकको रोहबरमा ३ पटक तलाक भन्दा बल्ल तलाक हुन्छ।' उनले इस्लाम कानुको तलाक प्रक्रिया नबुझेकै कारण थुपै महिलाले पीडा खेप्नुपरेको बताए। 'इस्लाम पुरुषले मात्रै तलाक दिएर तलाक हुने न त सरकारी व्यवस्था छ न त इस्लाम कानुनमै।' उनले भने, 'तलाक नबुझ्दा धेरै इस्लाम महिलाले दुःख पाएका छन।'