sisnupani deusi |
धेरैले भन्छन् सिस्नुपानी नेपालले तिहारलाई खूब रमाइलो बनाउँछ। विभिन्न संघसंस्था र सञ्चारमाध्यमहरूले तिहार आउनुअगाडिदेखि हाम्रा कार्यक्रमका बारेमा सोधखोज गर्ने र समाचार बनाउने गर्छन्। अन्तर्वात्र्ााहरू लिने गर्छन्। यसो हुनु खुसीको कुरा हुनुपर्ने हो। टेलिभिजनमा अनुहार देखाउन पाउनु, रेडियोहरूमा अन्तर्वात्र्ाा दिन पाउनु, पत्रपत्रिकामा फोटो छापिनु, समाचार छापिनु मजै हुनुपर्ने हो।
यस वर्ष पनि खेल्यौँ हामीले देउसी। यस वर्षको देउसी विगत वर्षहरूभन्दा झनै प्रखर, चर्चित र प्रशंसित भयो। धेरै सञ्चारमाध्यमले हाम्रोे देउसीलाई विशेष प्राथमिकताका साथ प्रकाशन-प्रसारण गरे। हामीले खूब स्याबासी पायौँ। यसबाट के प्रस्ट हुन्छ भने देश झन् खत्तम भयो। सरकार झन् निकम्मा भयो। दलहरू अझै खत्तम भए। नेताहरू झन् अक्षम र असफल भए। हामीले हाम्रो देउसीको सफलताबाट अनुमान गर्यौँ हामी दिनदिनै अधोगतितिर उन्मुख छौँ।
हामीलाई थाहा छ, हामी राम्रो काम गररिहेका छैनौँ। उज्यालोको महापर्व तिहारमा वर्षैपिच्छे हामी अँध्यारोको गीत गाउन बाध्य छौँ। देशको दुर्गतिको कथा सुनाइरहेका छौँ, नेताहरूलाई कुरीकुरी गररिहेका छौँ।
हामी पनि 'झिलीमिली झिलीमिली देउसिरे' भन्न चाहन्छौँ। हामी 'भन भन भाइ हो देऊ शान्ति' र 'देऊ सरकार' भन्दै सधैँ तपाइर्ं नेताहरूसँग देशका लागि सुख, शान्ति र स्थायी सरकारका लागि भिख मागिरहन चाहन्नौँ। हामी पनि तिहारमा ताता रोटी खान चाहन्छौँ। 'चिप्लो बाटो, लड्दैपड्दै आयौँ हामी' भनेर मीठो लयमा देउसी खेल्न चाहन्छौँ। हामीलाई पनि आउँछ मादल बजाउन। हामीलाई पनि आउँछ 'यसै घरका परेवा पन्छी उड्दाखेरी आकाशै ढाकून्, यसै घरका गाईवस्तु फुकाउँदा खेरी खर्कै ढाकून्' भनेेर भट्याउन। ती सबै छाडेर रातरातभर िनसुती सरकार, नेता र राजनीतिक दलहरूभित्रका विकृति र विसंगति खोतल्न र छन्द मिलाउन हामीलाई केले प्रेरति गररिहन्छ? तपाईं नेताज्यूहरूकै हर्कतले। आफैँले छानेका, आफैँले मानेका आफ्नै पि्रय नेताहरूलाई यसरी व्यंग्य गर्दै गीत कथुर्ने हामीलाई रहर थियो होला त !
'म त यस्तो होइन दाइ, यै मादलले पागल बनायो' भनेर कणर्ालीका कलाकारहरूले गाएजस्तै हामी पनि यस्ता कहाँ थियौँ र दाइ हो ! तपाईं नेताहरूका कर्तुतहरूले पागल बनाएर यसरी प्रत्येक तिहारमा हामी आफू हाँसेको र दुनियाँलाई हँसाएको अभिनय गर्दैछौँ तर वास्तवमा आफू रुँदै र दुनियाँलाई रुवाउँदैछौँ।
तीन-चारवटा पार्टीका दस-बीस जना नेताहरूलाई बाँधेर सिस्नुपानी हान्न हामी सक्दैनौँ । त्यसैले, हामी ६ सय १ को ताँतीमाथि एकमुष्ठ व्यंग्य सोझ्याउन बाध्य छौँ। 'सिक्रीले बाँध्छन् - सभासद्, बिक्रीमा ल्याउँछन् - सभासद्, सुँगुरभन्दा मोटा - सभासद्, एक करोड गोटा - सभासद्' भनेर सबै सभासद्हरूमाथि कटाक्ष हान्छौँ। कतिपय निरीह र इमानदार सभासद्माथि यसरी अन्याय गररिहँदा हामीलाई पाप लाग्दैन?
देश र जनताको पक्षमा कैयौँ वर्ष भूमिगत बसेर कति नेता-कार्यकर्ताले आफ्नो जीवन बलिदान गरेर देशमा प्रजातन्त्र ल्याउन कत्रो उत्सर्ग गरेको जनताको प्यारो पार्टी एमालेलाई 'भाले हो कि पोथी हो यो पत्ता लगाई हालौँ न, बल्खु दरबार खाली पारी बोइलर पालौँ न !' भनेर छेड हान्दा के हाम्रो मुटु कटक्क भएन होला र !
१२ वर्षसम्म जनयुद्ध लडेर जनताको शासन ल्याउन भनी आपmना असंख्य कार्यकर्ताको बलिदान दिएको, मुलुकबाट राजतन्त्र फ्याँकेर गणतन्त्र ल्याउन मुख्य भूमिका खेलेको देशकै सबैभन्दा ठूलो पार्टीलाई 'राजावादी, फटाहा, जाली माओवादीमै अटाए, गौरवशाली पार्टीको झन् गौरव बढाए' अथवा 'राजावादीे चोखिँदैछन् माओवादी भाँडामा, कुनदिन चढ्छिन् हिमानी नि पेरसि डाडाँमा' भनेर वाण हान्न बाध्य हुँदा हामीलाई चाहिँ पीडा भएन होला?
लेखक/कलाकारको मन त साह्रै कोमल र भावुक हुन्छ। यस्तो मनमा कसरी आयो होला यस्तो क्रूर कल्पना ः 'हत्याराले बालबालिका अपहरण गर्दैछन्, नेता किन कैल्यै अपहरण पर्दैनन्?' के हाम्रा नेता अपहरणमा परे भने हामीलाई चैन हुन्छ होला !
यति मात्रै होइन, सिस्नुपानीका मेरा साथीहरूले तथाकथित हात्तीवन बैठक बसिरहेकै बेला यी पंक्तिहरू पनि गाउन कर गररिहेका थिए। तर, बैठकको निर्णय बाहिर नआई पूर्वाग्रह राख्नुहुन्न भनेर हामीले गाएनौँ। यी पनि गाउनुपरेको भए हामी अझै रुने थियौँ यस वर्षको देउसीमा।
पन्ध्र-सोह्र जुवाडे हात्तीवनमा पसेछन्
चौबीस घन्टै नउठी घुँडा धसेछन्।
म्यारजि खेले, बाघचाल खेले, खेले अरे चेस
पालैपालो गरी अब खान्छन् अरे देश !
कहिले रसिोर्ट धुलिखेल कहिले जान्छन् हात्तीवन
नौटंकी हुन् नाटक गर्न हिँडिरहन्छन्।
पिए होलान् झम्के झोल हाने होलान् घुस्सा
हात्तीवनमा हात्ती आयो हात्ती आयो फुस्सा !
हामी यस्तो कष्टपूर्ण यात्रा रोक्न चाहन्छौँ। हामी मुक्ति चाहन्छौँ यस्तो दुःखद कर्मबाट। नेताहरू हो, हामीलाई मुक्ति दिनूस् ! हामीलाई भोकै मार्नूस्, हाम्रो व्यंग्यलाई भुत्ते पार्नूस्। हाम्रो देउसीलाई प्रभावहीन बनाइदिनूस्। देशको दुर्दशाको वर्णन गर्दागर्दै हाम्रो जुनी यसै खेर जान लाग्यो। हामी मरेपछि पनि हाम्रो आत्माले शान्ति नपाउने भयो। हाम्रो बास नर्कमा हुने भयो। हामीलाई नर्कबास हुनबाट बचाउनूस्। हे नेतागण ! मन्त्रिपरष्िाद्मा, सिंहदरबारमा, सम्मेलन केन्द्रमा, कालापत्थरमा, हात्तीवनमा, ठाउँठाउँमा अपानवायु छाडेर यस देशलाई दुर्गन्धित नबनाउनूस्। यस देशलाई सुमार्ग दिनूस् ।
No comments:
Post a Comment