पैदल यात्रीलाई सडक पार गर्न चाहिने यस्ता सवै कुराको व्यवस्था नगरि हचुवाको भरमा केहि दिनको सूचना जारी गरि जनतालाई दुख दिन कानुनको कुन धारामा व्यवस्था गरेको छ ?
कानुनको पालना नगर्नेलाई
कारवाहि गरिनु पर्छ । यसमा कसैको द्धिमत हुनै सक्दैन । तर कानुनलाई कसैलाई कारवाही
गर्न केहि निश्चित आधार त पक्के चाहिन्छ होला । यहाँ मैले जोड्न खोजेको प्रसंग
जथाभावि सडक पार गर्ने सर्वसाधरणलाई पक्राउ गरि जरिवाना गर्ने विषयको हो । मुख्य
कुरा त काठमाण्डौमा रहेका सवै सडकमा पैदलयात्रीहरु हिड्न मिल्ने पेटी छैनन । भएका
कतिपय ठाउँमा पेटीको हालत राम्रो छैन । अनि राम्रा हालतमा भएका ठाउँमा सडक पार
गर्नका लागि निश्चित ठाउँमा जेव्रा क्रस छैनन । पैदल यात्रीलाई सडक पार गर्न
चाहिने यस्ता सवै कुराको व्यवस्था नगरि हचुवाको भरमा केहि दिनको सूचना जारी गरि
जनतालाई दुख दिन कानुनको कुन धारामा व्यवस्था गरेको छ ?