इतिहास विस्रनेले बर्तमानलाई बुझ्न सक्दैनन र भविष्य बनाउन सक्दैनन् । यो
यर्थाथ हो । किन कि इतिहास हाम्रो आधार हो । आधार विना कुनै पनि वस्तुको
यर्थाथ सम्भव छैन । तर नेपाली नेताहरुले यो कुरा बिरसीएका छन् अहिले ।
त्यसैले त यहाँ समयमै न संविधान बन्न सकेको छ न लामो समय वितिसक्दा पनि
शान्ति प्रकि्रया टुंगोमा पुगेको छ ।
मुलुकमा प्रजातन्त्र हट्यो र नयाँ लोकतन्त्र आयो । राजा फालिए र गणतन्त्र आयो । जनतामा नयाँ आशा पलायो । तर मुलुकको बागडोर हाक्ने र सत्ता साचालन गर्ने हाम्रा नेता तीनै पुराना रहे । जसको मस्तिष्कमा नयाँ सफ्टवेयर छैन । त्यहि पुरानो बोतलमा नयाँ र_िक्स राख्ने काम मात्रै भयो । फलत जनता निरास हुँदैछन् । विश्वमा यस्ता धेरै परिवर्तनहरु भएका छन् । जसले त्याहाँको समग्र व्यवस्थालाई नै उथलपुथल बनाइदिएको छ । तर पनि ती मूलुकमा इतिहास मेटिदैन । बरु ती इतिहासलाई थप दहि्रलो बैज्ञानिक आधार दिइन्छ । तर नेपालको सन्र्दभमा त्यो ठ्याक्कै विपरित छ । कुनै परिवर्तन हुना साथ हामी त्योसँग जोडिएका पुराना इतिहास मेटाउन उद्य्त हुन्छौ ।